नवलपरासी । नवलपरासीको बर्दघाटबाट प्रहरीले सोमबार होटल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ ।
बर्दघाट २ चिसापानीमा रहेको न्यू शीतलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको हो ।
होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटल सञ्चालक रेशम कोइरालासहित चार महिला र छ पुरूष गरी १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।