-गोविन्दकृष्ण श्रेष्ठ
आजको व्यस्त समयमा मानिसले सुरक्षाको पनि विभिन्न उपायको खोजी गर्दै आएको पाइन्छ । किनकि दुर्घटना, रोगव्याधि तथा अन्य विविध कारणले मृत्यु हुने कुरालाई ध्यानमा राखी आपूm रहे पनि नरहे पनि आफ्ना आश्रितले केही भए पनि आर्थिक राहत पाओस् भन्ने उद्देश्यले जीवन बिमाको अवधारणा तथा आवश्यकता महसुस हुँदै गएको पाइन्छ । सृष्टिको आदिकालदेखि नै मानिस मरणशील प्राणी भएकाले आफू र आफ्नो परिवारको प्राण रक्षा गर्न गाँस, बास र कपासका लागि आय आर्जन गर्नु परिवारको मूलीको प्रथम कर्तव्य हुन आउँछ । आधुनिक युग जति सुविधाजनक र सरल छ, त्यत्तिकै जोखिमपूर्ण पनि छ । मानिसको स्वास्थ्य सधैँ एकनास हँुदैन र कमाइ पनि निरन्तर नहुन सक्दछ । क्रमशः वृद्ध हुँदै जाँदा आर्जन गर्ने क्षमतामा पनि ह्रास हुँदै जान्छ र असामयिक निधन पनि हुन सक्छ ।
बाँचुन्जेल नपाइने, मरेपछि पाइने सम्पत्तिको के अर्थ ? ‘मरेपछि डुमै राजा’, आपूmले भुक्तानी गरेको रकम आफैँले उपभोग गर्न पाइँदैन भने बिमा किन गर्ने ? भन्ने जस्ता टिप्पणी जीवन बिमाको सन्दर्भमा सुनिने गरेको छ । यसरी बिमालाई मृत्युपछि मात्र पाइने सम्पत्तिका रुपमा विवेचना गरेर जीवन बिमा गर्न नचाहनेहरुको संख्या अधिक रहेको छ । नेपालको सन्दर्भमा जान्ने, बुझ्ने र बौद्धिक वर्गका मानिसहरु समेत जीवन बिमाप्रति लगानी गर्न इच्छुक देखिँदैनन् । लामो अन्तरालपछि लगानी फिर्ता पाइने र सम्पत्ति प्राप्त हुने अवस्थासम्म बुढेसकालले घेर्ने हुँदा त्यस्तो सम्पत्तिको उचित प्रयोजन नहुनेजस्ता कुतर्क तेर्साएर सुनौलो अवसरबाट टाढिइरहेको पाइन्छ ।
जीवन बिमामा गरिएको लगानीको प्रतिफल बाँच्दा र मृत्यु हुँदा पनि पाइन्छ । बिमालाई जीवनको आवश्यकता ठानेर सही समयमा बिमा गर्ने हो भने न लामो समयको अन्तराल कुर्नुपर्छ, न बुढ्यौलीको अनुभव गर्नुपर्छ । युवा अवस्थामै बिमाको लगानी प्राप्त गर्न सकिन्छ, त्यो पनि लगानीको उचित प्रतिफलसहित । त्यसैले, मूलीको आफ्नो भविष्यका लागि र आश्रितहरुका लागि समयमै सोचेर जीवन बिमा गर्न उपयुक्त देखिन्छ । जीवन बिमामा लगानी गर्दा बिमा गर्ने व्यक्तिको मात्र होइन, समस्त परिवारको व्यवस्थापन गर्न सकिन्छ । जीवन बिमा राम्रो आर्थिक योजना हो । बिमामा कुनै ठूलो रकम एकमुष्ट लगानी गर्नुपर्दैन । थोरै रकम निश्चित अवधिसम्म किस्ताबन्दीमा तिरे पुग्छ । पछि सोही रकम ठूलो आम्दानी बन्न पुगी पारिवारिक व्यवस्थापन गर्ने दह्रो आधार बन्न सक्छ । त्यसैले, जीवन बिमामा लगानी गर्ने हरेक व्यक्तिको आर्थिक भविष्य सुरक्षित हुन्छ ।
वास्तवमा आमनागरिकको आर्थिक सुरक्षाका लागि जीवन बिमा प्रभावकारी बनाउने दायित्व राज्यको हो । नागरिकलाई आर्थिक असुरक्षाको महसुस हुन नदिन र निर्बाध रुपमा जीवनयापन गर्ने मनस्थिति तयार गर्ने जीवन बिमाका लाभकारी कार्यक्रमहरु राज्यले ल्याउनै पर्ने हुन्छ । जीवन बिमा कम्पनीहरुलाई नागरिकको बिमा गर्ने अनुकूल कानुनी वातावरण तयार गर्ने दिशामा राज्यले कार्ययोजना ल्याउनुपर्छ । नागरिकको भविष्य, वित्तीय क्षेत्रको एउटा अंगको विस्तार र त्यसरी जम्मा हुने रकमका कारण ठूला पूर्वाधारलगायत लगानीको ढोका खोल्ने सम्भावनाका कारण पनि यो विषय प्राथमिकतामा पार्नुपर्छ ।
जीवन बिमाले देश, समाज एवं व्यक्तिका लागि एकैचोटि विभिन्न उद्देश्यको पूर्ति गर्दछ । यसले कल्याणकारी राज्यको अवधारणामा आधारित भई नागरिकको सामाजिक र आर्थिक सुरक्षा गर्ने दायित्वमा हिस्सेदारी मात्र गर्दैन कि जनताको बचतलाई दीर्घकालीन आधारभूत व्यवसायमा लगाई देशको आर्थिक समृद्धि र गतिशीलता प्रदान गर्न मद्दत पनि पु¥याउँछ । यसबाट उठेको रकम मात्र यस्तो रकम हो, जुन देशको पूर्वाधार विकासमा लामो समयका लागि लगानी गर्न सकिन्छ । यसर्थ, जीवन बिमा कलकारखाना, उद्योग, राष्ट्रिय अर्थतन्त्रको विकासको सूचक हो भन्नुमा दुई मत नहोला । झन् नेपालजस्तो पुँजीको अभाव रहेको अल्पविकसित देशका लागि त यसको धेरै मह¤व छ ।
एउटा सर्वसाधारण निम्न आय भएको कर्मचारी, कृषक, खुद्रा व्यापारी, शिक्षक, प्राध्यापक एवं मजदुर वर्गले पनि आफ्नो जीवन बिमा गरी भविष्यमा आइपर्ने आर्थिक समस्याबाट मुक्ति पाउन सक्छ । चिया, चुरोट, खैनी, सुर्ती आदि धेरै खाने बानीले र जाँडरक्सी, जुवातासमा आफ्नो पसिनाको कमाइ उडाउँदा एकातिर धन नाश हुन्छ भने अर्कोतिर यसले आफ्नो स्वास्थ्यसमेत बिग्रन्छ । आफ्ना छोराछोरीहरुको राम्रो भविष्यका लागि यस्ता कुरामा खर्च कटौती गरी बचत हुने रकमबाट जीवन बिमा गरेमा छोराछोरीको पढाइलेखाइ र सामाजिक रीतिरिवाज, विधि व्यवहार राम्ररी चलाउन सकिन्छ ।
जीवन बिमाप्रति राज्यको स्पष्ट दृष्टिकोण बन्न नसक्दा जनमानस बिमाप्रति आश्वस्त भएको देखिँदैन । जीवन बिमालाई राज्यले नीतिगत रुपमै सम्बोधन गरी दूरगामी कार्यक्रम ल्याउनुका साथै त्यस्ता कार्यक्रमको कार्यान्वयन र संरक्षणका लागि अग्रसर भई आर्थिक उन्नतिको मह¤वपूर्ण आधार जीवन बिमा हो भन्ने कुरालाई राज्यले आत्मसात् गरी बिमा कम्पनीहरुको नियामक संस्था बिमा समितिलाई सक्रिय बनाई बिमासम्बन्धी जनचेतना जगाउने कार्यका लागि बिमा कम्पनीहरुसँग उठाइने १% रकमलाई सही सदुपयोग गराउन राज्यले पहल गर्नुका साथै जीवन बिमालाई आमजनताको पहुँचमा पु¥याउन नीतिगत तहमै व्यवस्था गर्नु जरूरी छ, जसबाट आमजनता जीवन बिमाको लाभ लिन सफल हुनेछन् ।
बिमा व्यवसायीहरुका अनुसार यहाँका कतिपय कम्पनीले दिने बोनस भारतीय कम्पनीको भन्दा बढी छ । यस प्रकारको सत्यतालाई नियामक बिमा समिति र स्वयं कम्पनीले आफ्ना उत्पादनबारे सर्वसाधारणलाई जानकारी दिन नसकिरहेको यथार्थले भारतीय कम्पनीको बजार विस्तार बढिरहेको छ । वर्तमान अवस्थामा स्वदेशी प्रचारप्रसारमा खर्च नहँुदा भारतीय कम्पनीका प्रचार टिभीमा हेरी आकर्षित हुनेको संख्या घटेको छैन । यसैगरी, बिमालाई सर्वसाधारणले करले नभई जानेर, बुझेर अपनाउन सक्ने वातावरण निर्माण गर्नुका साथै बिमितलाई सुविधा थप्न र मृत्युपश्चात् प्राप्त हुने दाबी भुक्तानीमा लाग्ने कर हटाइनु पर्ने र कर छूटजस्ता प्रोत्साहनलगायत नीतिगत सुधार र नयाँ एवं विविध खालका पोलिसी ल्याउन कम्पनीहरुलाई उत्साहित गरी सुधार प्रक्रिया थाल्नु आजको आवश्यकता देखिन्छ ।
जीवन बिमा केवल परिवारको सुखको माध्यम मात्र नभएर देशको भावी पिँढीको सुरक्षासँग सरोकार राख्ने सामाजिक पद्धति पनि हो । यसर्थ, जीवन बिमा देशको सर्वाङ्गीण विकासका लागि अनिवार्य मात्र होइन, अपरिहार्य सर्त बनाउन जरूरी छ । किनकि, यसबाट व्यक्ति, समाज र राष्ट्र नै समृद्ध बन्छ । अतः जीवन बिमालाई जीवनकै एक अभिन्न अंगका रुपमा रुपान्तरण गर्ने सामाजिक अभियानका रुपमा लिई यसबाट लाभान्वित हुनका लागि सबै पक्ष सहभागी हुुनुपर्छ ।
अन्तमा,
यदि तपाईं बिमा गर्न गइरहनुभएको छ भने कुनै पनि संघसंस्था वा व्यक्तिको अनुचित प्रभावमा परी, नपढी वा नजानी बिमा समितिबाट बिमासम्बन्धी कारोबार गर्न स्वीकृति प्राप्त नगरेका संघसंस्था वा व्यक्तिहरुबाट बिमा नगर्न र नगराउन सर्वसाधारणको जानकारीका लागि बिमा समितिबाट समय–समयमा पत्रपत्रिकामा सूचना जारी गरी सचेत गराएको पाइन्छ । हालसम्म नेपालमा बिमा समितिमा ९ वटामात्र जीवन बिमा दर्ता भएको छ भने बिमा गर्ने समयमा बिमा समितिमा दर्ता भएको वा नभएको बुझी बिमा समितिले प्रकाशित गरेको अध्यावधिक बोनस दरअनुसार सर्वाधिक उच्चदर तुलनात्मक अध्ययन गरी सबैभन्दा ठूलो जीवन बिमा कोष भएको कम्पनी छानी भरपर्दो र विश्वासिलो जीवन बिमा अभिकर्ताबाट मात्र बिमा गर्न र गराउन हुन सम्पूर्ण चेतनशील दाजुभाइ तथा दिदिबहिनीहरुसँग अनुरोध गर्दछु ।
Discussion about this post