भरतपुर । पृथ्वी उच्च मावि जुटपानीलाई १÷० ले हराउँदै सप्तगण्डकी बहुमुखी क्याम्पस जारी अन्तर कलेज राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा सप्तगण्डकी बहुमुखी क्याम्पसका लागि खेलको ४० आंै मिनेटमा प्रताप लामाले निर्णायक गोल गरेका थिए । आज शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा बालकुमारी कलेज नारायणगढ र अमर जनशक्ति पटिहानीबीच प्रतिस्पर्धा हुने खेल संयोजक निरज भट्टले जानकारी दिनुभयो ।
Discussion about this post