ADVERTISEMENT
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
९ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

महिला पनि दोषमुक्त छैनन्

by चितवन पोष्ट
२०७० फाल्गुन ८, बिहीबार ०३:५८ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

-सन्तोष भुसाल
भर्खर गएको प्रेमदिवस (भ्यालेन्टाइन्स डे) को सेरोफेरोमा मायाप्रेमसँग जोडिएका अनेकौँ प्रसंग सुन्दासमेत यस विषयमा केही नलेख्ने सोच बनाएको थिएँ । कारण, प्रेमदिवसलाई मह¤व नदिऊँ भन्ने थियो । तर, धनगढीमा एक प्रेमीले प्रेमिकालाई विष खुवाएर हाँस्दै भागेको समाचारले भर्खर गएको प्रेम–प्रसंगलाई फेरि छुन पुग्यो । एकअर्काको हितका निम्ति गरिने भनिएको प्रेमले हत्याको रुप लिएको सन्दर्भमा यसबारेमा केही नलेखी रहन सकिनँ । हरेक वर्ष फेब्रुअरी १४ मा पश्चिमा देशहरुमा मनाउने गरेको प्रेमदिवस पचासको दशकदेखि नेपालमा पनि मनाउने क्रम प्रत्येक वर्ष तीव्र गतिमा मौलाउँदै गएको देखिन्छ ।
मायाको व्याख्या र दायरा निकै फराकिलो हुन्छ । माया सबै जीवात्माको अन्तरसम्बन्धमा हुन्छ । हुन त, प्रेमदिवसको सन्दर्भमा मायाप्रेमको चर्चा गर्नेहरुले समग्रमा परिवार र मानव जातिबीचको प्रेमलाई पनि जोड्ने गरेको सुनिन्छ । तर, हरेक बर्ष फेब्रुअरी १४ मा मनाइने प्रेमदिवसले सबै जीवात्माको अन्तरसम्बन्धलाई नभएर विपरीत लिंगीबीचको सम्बन्धलाई नै प्रतिनिधित्व गर्दछ । जसबारे स्पष्ट हुन प्रेमदिवस (भ्यालेन्टाइन्स डे) मनाउने चलन कसरी चल्यो भन्ने बुझ्न आवश्यक हुन्छ ।
रोमका सन्त भ्यालेन्टाइनको सम्झनामा प्रेमदिवस मनाउने गरिएको हो । भ्यालेन्टाइन्स डेको पछाडि एउटा दुखद इतिहास रहेको पाइन्छ । (सैनिक) प्रेमीहरुको विवाह गराइदिएका कारण मृत्युदण्ड पाएका सन्त भ्यालेन्टाइनको सम्झनामा मनाइने प्रेमदिवसका दिनमा सुरू भएको प्रेम–सम्बन्धले हालका युवाप्रेमीहरुको आफ्नै जीवन समाप्त हुने अवस्था किन आउँछ भन्नेतर्फ सबै युवायुवती तथा अभिभावकहरुको ध्यान जान आवश्यक छ ।
नेपालको सन्दर्भमा फेब्रुअरी १४ लाई प्रेमदिवसका रुपमा मनाउन हुँदै हुँदैन भन्ने होइन, तर हिन्दू धर्मावलम्बीहरुले पनि फेब्रुअरी १४ लाई नै प्रेमदिवसका रुपमा मनाउनुपर्दछ भन्ने छैन । हिन्दू संस्कार, संस्कृति र चाडहरुजस्तै प्रेमदिवसलाई पनि मह¤व दिने प्रचलन बढ्दै गएको छ, तर प्रेमदिवसलाई कसरी मनाउने भन्ने कुनै निश्चित प्रक्रिया भएको भने पाइँदैन । युवायुवतीहरु र मायाप्रितीका बारेमा कलम चलाउने साहित्यकारहरुको भनाइमा माया गर्ने पक्षले माया पाउने पक्षलाई आफूले माया गर्छु भनेर भन्ने दिन हो रे, फेब्रुअरी १४ । तर, म भने निकै अन्योलमा पर्ने गरेको छु । माया गर्ने वा गरिने कुरा हो कि भन्ने वा भनिने कुरा हो ?
यदि माया गरिने कुरा हो भने माया पाउने पक्षले स्वतः त्यसको अनुभूति गर्नुपर्ने होइन र ? अनि मायाप्रेमका कुरा गर्नेहरु र मायाप्रेममा जोडिएकाहरुले निकै प्रयोग गर्ने शब्द हो, ‘चोखो माया’ । यो चोखो माया भनेको चाहिँ के हो त ? चोखो माया भनेर कुनै पनि स्वार्थरहित वा यौनरहित मायालाई इंगित गर्ने गरेको पाइन्छ । अनि मायामा प्राप्ति होइन, त्याग हुनुपर्दछ भनेको पनि सुनिन्छ । यदि यौनबिनाको मायालाई चोखो माया भनिएको हो भने केटा र केटीको बीचमा नै प्रेम–सम्बन्ध किन कायम हुन्छ ? अनि, त्यो प्रेम–सम्बन्धलाई विवाहमा नै परिणत गर्ने प्रयास किन गरिन्छ ? विवाह गर्नु पनि एकले अर्कोलाई प्राप्त गर्नु नै त हो ।
बरू, भर्खर तन्नेरी हुँदै गरेको एक युवा वा युवतीले कुलतमा लागेर चुरोट तान्दै गरेको वा अन्य यस्तै गलत काम गर्दै गरेको अवस्थामा उसलाई जोकोहीले पनि हानेको चड्कनमा हुन सक्छ, निस्वार्थ माया । जुन चड्कन गलत काम गर्नेका लागि तत्काल पीडादायक हुन्छ, तर त्यो चड्कन हान्नेको निम्ति भने कुनै लाभदायक हुँदैन । तत्काल पीडादायी भएता पनि कालान्तरमा त्यस चड्कन खानेले नै त्यसको फाइदा पाएको हुन्छ ।
प्रेमीले प्रेमिकालाई मारेर हाँस्दै भागेको ताजा घटनातर्फ फर्किऊँ । उक्त घटनाको कहानी यस्तो रहेछ । एक बलराम भनिने युवकले दुई युवती बिमला र पूर्णिमासँग प्रेम–सम्बन्ध राखेको रहेछ । जब दुवै युवतीबीच उक्त कुरा खुल्यो अनि मात्र ती युवतीले थाहा पाए, युवकले यौनसम्पर्कका लागि मात्र प्रेमको नाटक गरेको रहेछ । त्यसपछि दुवै युवतीले उसलाई विवाह गर्न दबाब दिन थाले, युवक संकटमा फस्न पुग्यो । जुन संकटबाट मुक्ति पाउने नाममा बलरामको कुबुद्धिले एकपछि अर्काे युवतीको हत्या गर्नेसम्मकोे विकल्प देखेछ । जसअनुसार बिमलाको हत्या गरी पूर्णिमासँग विवाह गर्ने आश देखाएर बमलाको हत्यामा पूर्णिमाको समेत साथ पाएछ र दुई जना मिली बिमलालाई झुक्याएर पासोमा पारी हत्या गरेछन । उसको कर्तुत यतिमा मात्रै रोकिएन र फेरि पूर्णिमालाई पनि सिध्याउने प्रपञ्च रच्न भ्याएछ । बिमलाको हत्या गरिसकेपछि अब विवाह गरौँ भन्ने पूर्णिमाको प्रस्तावलाई पनि अस्वीकार गरी दुवै जना एकसाथ मर्ने कुरामा मञ्जुर भएको नाटक गरेछ र पहिला पूर्णिमालाई विष सेवन गर्न लगाई आफूचाहिँ हाँस्दै भागेछ । बलरामले प्रहरीसँगको बयानमा आफूले यौनसम्पर्कका निम्ति मात्र प्रेमको नाटक गरेको स्वीकार गरेछ ।
यस घटनालाई सरसर्र्ती हेर्दा र सतही विश्लेषण गर्दा युवकलाई बेइमान, दुष्ट र हिंस्रक मनोवृत्तिको भन्दै उसलाई खराब चरित्रको कोटीमा दर्ज गर्दा कुनै दुई मत नहोला । तर, अल्लि गहिरिएर सोच्दा यस घटनामा युवकजति दोषी युवतीहरु नहोलान्, तर युवतीहरु पनि दोषमुक्त भने देखिँदैनन् ।
प्रेममा परेकाहरु भन्ने गर्छन्, माया असल चरित्र भएकालाई गरिन्छ । तर, यहाँ जब केटाले दुई केटीसँग प्रेमको नाटक गरेको थाहा भयो, त्यसपछि पनि त्यही केटासँग जीवन बिताउनु पर्ने सोच किन आयो, दुवै केटीहरुमा ? केटाले दुईतिर प्रेमको नाटक गरेको थाहा भैसकेपछि केटाको चरित्र त त्यहीबेला नै उदांगो भैसकेको थियो ।
त्यस्तो दुईतिर प्रेमको नाटक गर्ने बेइमानलाई त युवतीहरुले तिरस्कार गर्नुपर्ने थिएन र ? फेरि एक जनालाई मारेर तिमीलाई बिहे गर्छु भन्दा त्यस्तो प्रस्तावमा सहमत भई हत्यामा नै सघाउने दोस्री युवतीको सोच पनि त हिंस्रक रहेछ । दुईतिर प्रेमको प्रयास गर्ने वा प्रेम–सम्बन्ध राख्ने बेइमान, कपटी र हत्यारालाई सघाउने र आफ्नो जीवनसाथी बनाउन चाहने केटीचाहिँ के दोषमुक्त हुन्छन् त ? यो त एक प्रतिनिधि घटना मात्र हो । समाजमा यस्ता धेरै बलरामहरु छन् र त्यस्तालाई संरक्षण दिने र प्रोत्साहित गर्ने काम जानीजानी वा अन्जानमा धेरै युवतीहरुबाट नै हुन पुगेको छ ।
कतिपय अवस्थामा महिलाले समाजमा आफ्नो चरित्रमाथि नै प्रश्नचिन्ह लाग्ने भयले आफूलाई झुक्याउने केटाका बारेमा भन्न नसकेका अवस्था छन् भने कतिपय अवस्थामा आफ्नो कर्तुत सार्वजनिक हुने भयले आफूले झुक्याएको केटीलाई नै विवाह गर्न केटा स्वयं बाध्य भएका उदाहरण पनि छन् । तर, यस्ता प्रवृत्ति भएका युवकहरुले मायाको नाममा युवतीको नै साथ पाइरहेका हुन्छन् । महिला हिंसा तथा यौन हिंसामा संलग्न युवाहरुलाई नै साथ दिने युवतीहरु समाजमा प्रशस्तै छन् । कतिपय अवस्थामा अन्जानमा त कतिपय अवस्थामा आधुनिक बन्ने होडमा यस्ता बेइमान, चरित्रहीन र यौन पिपासुहरुलाई साथ दिइरहेका हुन्छन् युवतीहरु ।
यस्ता फटाहाको जालमा किन फस्छन् त युवतीहरु ?
आजकल युवतीहरु आफ्नो प्रेमी चतुर, साहसिक र मर्द होस् भन्ने चाहन्छन् भन्ने कुरा बेलाबेलामा गरिएका विभिन्न सर्वेक्षणलाई उल्लेख गर्दै पत्रपत्रिका तथा अनलाइनमा समाचार आएका हुन्छन् । जसको प्रभाव धेरै युवतीहरुमा परेको हुन सक्छ र उनीहरुको रोजाइमा पनि त्यस्तै किसिमको युवक पर्दछन् । अझै आजकल त ‘रफ एण्ड टप’ केटा मन पर्छ भन्ने युवतीहरु पनि प्रशस्तै भेटिन्छन् । यहाँ बुझ्नुपर्ने के छ भने जो चतुर, साहसिक र मर्द हुन्छ उसैले ढाँट्न, झुक्याउन र फसाउन सिपालु पनि हुन्छ । अनि हत्या, बलात्कारजस्ता हर्कत गर्न समेत ऊ पछि पर्दैन । रोजाइ जस्तो हुन्छ, भोगाइ पनि त्यस्तै हुने न हो ।
जबर्जस्ती हुने गरेका यौन हिंसाका घटनालाई त महिलाले बाहिर ल्याउँछन्, तर मायाप्रेमलाई माध्यम बनाएर हुने गरेका यौन हिंसालाई स्वयम् महिलाले नै संरक्षण र प्रोत्साहन गरेका धेरै उदाहरण हामीमाझ छन् । त्यसैले, महिला हिंसा तथा यौन हिंसामा संलग्न यौन पिपासुहरुलाई प्रश्रय दिने काम कतै हामीबाट पनि भएको त छैन भनेर सबै नारी जातिले गम्भीर भएर सोच्ने कि ?

Related Posts

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

सत्तरी वर्षसम्म राजनीतिक अस्थिरता

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

नेता तथा कार्यकर्ता सधैँ मालामाल, जनता सदैव कङ्गाल !

महाराजको श्रीपेच

महाराजको श्रीपेच

Discussion about this post

अन‌ि यो पनि

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता
राजनीति

प्रतिनिधिसभा पुनःस्थापना भए प्रतिगमन हुन्छ : नेकपाका नेता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं सरकारका वरिष्ठ मन्त्रीहरुले मुलुकका अस्थिरता आउन सक्ने स्थितिमा बाध्यात्मकरुपमा प्रतिनिधिसभा...

Read more
खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

खैरहनी नगरपालिकाको ६ महिनामा ६ करोड राजस्व संकलन

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

भरतपुर महानगरको सिटी हल निर्माणको काम धमाधम

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

रत्ननगरमा बालविवाहविरुद्ध प्रतिबद्धता

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

संसद् विघटनविरुद्ध इच्छाकामनामा काँग्रेसको विरोध सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In