ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

युक्रेनमा रातभर भिडन्त, २५ को मृत्यु

by चितवन पोष्ट
२०७० फाल्गुन ८, बिहीबार ०३:५७ गते
in विश्व
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

किभ । युक्रेनमा मङ्गलबार व्यापक मात्रामा भिडन्त भएको समाचार छ । प्रहरी र प्रदर्शनकारीबीचको सो भीडन्तका क्रममा कयौँ व्यक्ति मारिएका छन् ।
सरकारविरोधी प्रदर्शनका क्रममा ती व्यक्तिको निधन भएको बताइएको छ । युक्रेनमा केही दिनयतादेखि सरकारका विरूद्धमा प्रदर्शन जारी रहेको छ । सो क्रममा मङ्गलबार रातभरि भिडन्त भएको थियो । सो भिडन्तका क्रममा २५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उक्त प्रदर्शनका क्रममा कम्तीमा पनि २४१ जना प्रदर्शनकारी पनि घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । अस्पतालमा भर्ना गरिएका प्रदर्शनकारीमा ७९ जना प्रहरी पनि रहेका छन् । मङ्गलबार राति निकै कडा भिडन्त भएको र कयौं नागरिक सख्त घाइते भएका बताइएको छ ।
युक्रेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अस्पतालमा भर्ना भएकामा केही पत्रकार पनि रहेका छन् । ठूलो सङ्ख्याका व्यक्ति घाइते भएका बताइएको छ । मारिनेमा केही प्रहरी पनि परेका छन् । तर, के–कति प्रहरी थिए भन्नेबारेमा भने केही खुलाइएको छैन ।
एक जना पत्रकार मारिए
यसैबीच सोही भिडन्तपछि भएको आक्रमणमा परी त्यहाँका एक जना पत्रकारको पनि ज्यान गएको समाचारमा जनाइएको छ । ती पत्रकारलाई गोली हानी हत्या गरिएको समाचार बुधबारका अखबारहरुमा छापिएको छ । उनलाई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।
युक्रेनमा रातभरि भिडन्त र गोली हानाहान भएको थियो । कडा रुपमा भएको सो आक्रमणपछि उक्त आक्रमणको समाचार सङ्कलन गरी ती पत्रकार घर फर्किंदै थिए ।
उनको हत्या भएको समाचार पत्रिकाको बुधबारको संस्करणमा छापिएको छ । अस्पताल भर्ना गरिएका उनको बुधबार बिहान मृत्यु भएको बताइएको छ ।
रसियाली भाषाको समाचार पत्रिकामा कार्यरत भ्याचस्लाभ वर्मेईको अस्पतालमा मृत्यु भएको हो । उनलाई भने सो आन्दोलनबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो ।
ट्याक्सीमा घर फर्किरहेका उनीमाथि ट्याक्सीमै आक्रमण भएको थियो । ट्राफिक बत्तीमा ट्याक्सी रोकिराखेको बेला अज्ञात व्यक्तिहरुले हमला गरेका थिए । सो विरोध प्रदर्शनका क्रममा पनि पत्रकारहरुको समूहलाई नै लक्ष्य गरेर बन्दुक प्रहार गरिएको थियो । त्यस क्रममा उनीहरु घाइते भएका थिए । रासस÷एएफपी

Related Posts

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In