नारायणगढ । चितवन उद्योग संघको आयोजनामा फागुन १ गतेदेखि भरतपुरमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७० को समय थप गरिएको छ । ८ गतेसम्मको लागि तय गरिएको प्रदर्शनी फागुन ११ गतेसम्मको लागि तानिएको छ ।
प्रदर्शनी सुरू भएको केही दिनसम्ममा मौसमले साथ नदिएपछि प्रदर्शक र दर्शकको आग्रहमा प्रदर्शनीको समय थप गरिएको संघका अध्यक्ष एवं प्रदर्शनी मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहा“ले मौसम सफा भएपछि दर्शकको चाप बढेकाले पनि प्रदर्शनीको समय तान्नु परेको बताउनुभयो ।
मौसम सफा भएपछि प्रदर्शनीमा दर्शकको भीड बढ्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रदर्शनीले गर्दा दर्शकको भीड बढ्दै गएको हो । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुतिले दर्शकलाई झुमाउने गरेको छ ।
प्रदर्शनी प्रचार–प्रसार समितिका संयोजक राजु पौडेलले दिनहुँ दर्शकको बाक्लो उपस्थिति रहेको बताउनुभयो । उहा“ले यसअवधिमा प्रदर्शनी अवलोकन गर्न छुटेकाहरुले अब थपिएको अवधिमा मनोरञ्जन लिन पाउने बताउनुभयो । बुधबार सातौं दिन अहिलेसम्मकै सर्वाधिक दर्शकहरुले प्रदर्शनी अवलोकन गरेका छन् ।
आयोजक उद्योग संघका अध्यक्ष एवं प्रदर्शनी मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद अधिकारीले दर्शकको उपस्थितिले आगामी दिनमा पनि प्रदर्शनी आयोजनामा थप बल प्रदान गरेको बताउनुभयो । दर्शकको उपस्थिति उत्साहजनक भएपछि खुसी व्यक्त गर्दै संयोजक अधिकारीले अब बा“की रहेका दिनमा पनि यस्तै दर्शकको उपस्थिति रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रदर्शनीस्थलमा चर्चित राष्ट्रिय कलाकार, डान्सिङ स्टारका प्रतियोगी र रत्ननगर कलामन्दिरका कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहेको थियो । चर्चित गायक मिलन लामा, तिलक बम मल्लले दर्शक उचालेका थिए कला तथा सांस्कृतिक व्यवस्थापन समितिका संयोजक युवराज श्रेष्ठले आज बिहीबार राष्ट्रिय कलाकार मिलन लामा, कोमल ओलीको बेजोड प्रस्तुति रहने बताउनुभयो ।
Discussion about this post