ADVERTISEMENT
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
४ बैशाख २०७८, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कृषि यान्त्रीकरणको तयारी अन्तिममा

by चितवन पोष्ट
२०७० फाल्गुन ८, बिहीबार ०३:४६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नारायणगढ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको प्रथम राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । यही फागुन ९ गतेदेखि ११ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा आयोजना हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो ।
कृषि मन्त्रालय, कृषि विभाग, कृषि इन्जिनियरिङ निर्देशनालय, कृषि अनुसन्धान परिषद्को कृषि इन्जिनियरिङ महाशाखा र नेपाल उद्योग महासंघको कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा हुन लागेको मेलामा कृषिसम्वन्धी यन्त्रहरुको प्रदर्शन गरिने आयोजक समितिका सदस्यसचिव मधुसुधनसिंह बस्न्यातले जानकारी दिए ।
प्रदर्शनीमा ६० वटा संघसंस्थाका १३० वटा स्टल रहने छन् । जसमा करिब ५०० किसिमका कृषि यन्त्रहरु प्रदर्शन गरिने बस्न्यातले बताए । प्रदर्शनीमा १५ देशमा उत्पादित यन्त्रहरु समावेश गरिनेसमेत उनले जानकारी दिए ।
नेपालका कृषकहरुलाई विभिन्न देश तथा स्थानमा प्रयोग हुँदै आएका कृषि यन्त्रहरुको बारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए । ७५ वटै जिल्लाका कृषकहरुलाई सहभागी गराउने उद्देश्यले कृषि पशुसेवा विभाग तथा मन्त्रालयले जिल्ला प्रत्येक जिल्लाका कृषि कार्यालय तथा पशु सेवा कार्यालयलाई प्रदर्शनीको अवसरमा पारेर कृषक भ्रमणका लागि ल्याउन पत्राचार गरिसकेको सदस्यसचिव बस्न्यातले जानकारी दिए ।
प्रदर्शनीमा कृषि यान्त्रीकरण विषयमा प्रतिष्पर्धात्मक सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने भएको छ । यस्तो प्रदर्शनी पहिलो पटक आयोजना गर्न लागिएकोले सबै कृषकले यसबाट फाइदा पाउने उनको भनाइ छ ।
यसको सफलतापछि यस्तो प्रदर्शनीलाई अन्य क्षेत्रहरुमा पनि गर्दै लैजाने योजना बनिरहेको बस्नेतले बताए । प्रदर्शनीको उद्घाटन कृषिसचिव जयमुकुन्द खनालले गर्ने छन् ।

Related Posts

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

‘प्रसारणलाइनको समस्याले विद्युत् सेवा प्रभावित’

Discussion about this post

अन‌ि यो पनि

रसमय जीवनको रहस्य (ती दिनहरु)
विचार

रसमय जीवनको रहस्य (ती दिनहरु)

जन्मदेखि मृत्युसम्मको अवधिलाई मान्छे सुखद बनाउन चाहन्छ, व्यवस्थित र सहज बनाउन चाहन्छ । यही चाहना र इच्छालाई सहीरुपले जीवन व्यवहारमा...

Read more
पत्रकार महासंघ चितवनको पदभार ग्रहण

पत्रकार महासंघ चितवनको पदभार ग्रहण

Chitwan Post

अवैध मालसामान बरामद

Chitwan Post

हुरीबतासले धादिङमा लाखौँको क्षति

Chitwan Post

अपाङ्गले बनाएका फाइबरका सामग्री सिजी ल्यान्डमार्कमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In