भरतपुर । नेपाल प्रेस युनियन चितवन शाखाको बुधबार सम्पन्न भेलाले नेपाल पत्रकार महासंघ चितवन शाखाको आसन्न निवाचिनलाई लक्षित गरी पत्रकारितासँग आवद्ध संघसंस्थाहरुसँग सहमति, एकता र सहकार्य गर्ने निर्णय गरेको छ ।
शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले फागुण १७ गते एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने र महासंघको निवार्चनमा आफ्ना उम्मेदवारलाई निर्वाचन गराउनका लागि अघि बढ्ने निर्णय गरेको छ ।
नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक दीपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा युनियन चितवनका निवर्तमान अध्यक्ष बसन्त पराजुली, सल्लाहकारहरु दिनेशकुमार थपलिया, महेन्द्रराज श्रेष्ठ, गणशेखर शर्मा, शारदा पौडेललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Discussion about this post