ADVERTISEMENT
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ माघ २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

तालिवानसँगको शान्तिवार्ता स्थगित

by चितवन पोष्ट
२०७० फाल्गुन ७, बुधबार ०४:१३ गते
in विश्व
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

    पाकिस्तान । पाकिस्तानमा तालिवानसँग सरकारले करिब दुई हप्ताअघि सुरू गरेको शान्तिवार्ताको अन्त्य भएको घोषणा गरिएको छ । सो वार्ता सङ्कटमा परेको समाचार सोमबारै सार्वजनिक भएको थियो ।
पाकिस्तान सरकारले मङ्गलबार तालिवानहरुसँगको शान्तिवार्ता सरकारका तर्फबाट रद्द भएको जानकारी गराएको एक जना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
सो समाचारपछि पाकिस्तानी अधिकारीहरुले तालिवानसँगको वार्ता एकतर्फ रद्द भएको जानकारी गराएको ती सुरक्षा अधिकारीले मङ्गलबार बिहान जानकारी दिएका छन् ।
यसैबीच, मङ्गलबार बिहानीपख मात्र तालिवानहरुले पाकिस्तानको उत्तरी द्वन्द्वग्रस्त क्षेत्रमा रहेको एक सैनिक पोष्टमा हमला गरी एक जना पाकिस्तानी सैनिकको हत्या गरेका छन् ।
सरकारले तालिवानसँगको वार्ताको औचित्य समाप्त भएको सार्वजनिक जानकारी गराएको केही समयअघिमात्र तालिवानहरुले सो चौकीमा हमला गरेका छन् ।
सोमबारै पनि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सो वार्ताको अर्थ नरहने बताउनुभएको थियो । उहाँले पाकिस्तानी जनतालाई हत्या, हिंसाबाट मुक्त गर्नका लागि आफूले सुरू गरेको पहललाई तालिवानहरुले व्यर्थ तुल्याइदिएको बताउनुभएको थियो ।
तालिवानहरुले आफ्नो नियन्त्रणमा रहेका २३ जना पाकिस्तानी सैनिकको हत्या गरेकाले यो जघन्य अपराध भएको भन्दै सरकारले तालिवानसँग वार्ता नगर्ने जानकारी प्रधानमन्त्री सरिफले दिनुभएको थियो । अपहरण गरेका २३ सैनिकको हत्या भएकोमा प्रधानमन्त्री नवाज सरिफले गम्भीर अपराध भएको भनी भत्र्सना गर्नुभएको थियो ।
उत्तरपश्चिमी मोहमन्द जिल्लाको तेहरिक–ए–तालिवान पाकिस्तानले आइतबार राति उनीहरुले चार वर्षअगाडि अफगान सीमानजिकै अपहरण गरेका २३ अर्धसैनिक व्यक्तिलाई मारेको दाबी गरेको छ ।
प्रधानमन्त्री सरिफको कार्यालयले जारी गरेको विज्ञप्तिमा यस्ता घटनाले शान्ति प्रवद्र्धन गर्ने लक्ष्य राखिएको हालको काममा अवरोध उत्पन्न भएको भन्दै वार्ता नहुने स्पष्ट गरेको छ ।
सोमबार नै सो शान्तिवार्ता हुने भनिएकोमा त्यसको सम्भावना नरहेको आशङ्का पनि व्यक्त गरिएको थियो । सरकारले अहिले शान्तिवार्ता टोली नै भङ्ग गरेको छ ।
पाकिस्तानमा सात वर्षअगाडि सुरू भएको विद्रोहमा हालसम्म सात हजार व्यक्तिको ज्यान गइसकेको छ । प्रधानमन्त्री सरिफले शान्तिवार्ताका माध्यमबाट समस्या समाधान गर्न तालिवानसँग वार्ताको पहल गर्नुभएको थियो ।
पाकिस्तान सरकारको तर्फबाट राखिएका वार्ताकारहरुले सोमबार दुःखद तथा भत्र्सनायोग्य हत्या भएको भन्दै वार्ता उद्देश्यहीन हुने भएको बताएका थिए ।
सरकारी प्रमुख वार्ताकार इर्फान सिद्दिकीले सोमबार नै एक विज्ञप्ति प्रकाशन गरी वार्ताका बारेमा लिइने आवश्यक कदमका बारेमा मङ्गलबार छलफल गर्न बैठक बोलाइएको बताउनुभएको थियो ।
सोहीबमोजिम उहाँले मङ्गलबार बैठक बोलाउनुभएको र सोही बैठकमार्फत नै वार्ता स्थगित गरिएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । रासस÷एएफपी

Related Posts

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

चीनले बनायो पाँच दिनमा १५ सय आइसोलेसन सेन्टर

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

भारतमा एक करोड पाँच लाख ५७ हजार बढी संक्रमित

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In