ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

वन्यजन्तु संरक्षणमा सफलता

by चितवन पोष्ट
२०७० फाल्गुन ७, बुधबार ०४:१२ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

दुर्लभ वन्यजन्तुको तस्करी नियन्त्रणमा विश्वव्यापी चुनौती बढिरहेका बेला नेपालमा गैँडा संरक्षणमा सफलता मिलेको संकेत देखिन थालेको छ । चितवन राष्ट्रिय निकुञ्जले केही वर्षयता संरक्षण कार्यमा प्रभावकारी काम गरेको देखिएको छ । निकुञ्जले सोमबार शून्य चोरीशिकार वर्ष मनाएपछि अहिले संरक्षणसम्बन्धी सक्रियता बढ्नुका साथै ठोस उपलब्धि पनि हासिल भएको पाइएको छ । चितवन निकुञ्जमा गत वर्षको फागुन ५ गते चोरीशिकारीले मारेको खागविहीन गैँडा फेला परेपछि त्यसयता चोरीशिकारीबाट गैँडा नमरेको संरक्षण अधिकारीहरुले पुष्टि गरेका छन् । गैँडा शिकारीबाट नमरेको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको सक्रियतामा २०६८ पुस १९ मा पनि शून्य शिकार वर्ष मनाइएको थियो । पहिलो शून्य शिकार वर्ष मनाएपछि सोही वर्षको चैत्र २० मा निकुञ्जभित्र एउटा गैँडा मारिएको थियो । त्यसपछि संरक्षणकर्मीहरुमा चिन्ता र चुनौती बढेको थियो ।
चैतमा मारेको गैँडा एक वर्ष नबित्दै गत वर्षको फागुनमा पनि एउटा गैँडा मारिएपछि निकुञ्ज प्रशासनले सुरक्षा कडा बनाएपछि फेरि शून्य शिकार वर्ष मनाउने अवसर मिलेको हो । २०५८ सालमा नेपालमा चोरीशिकारीले एक वर्षमा ३७ वटा गैँडा मारेपछि गैँडा संरक्षणमै गम्भीर प्रश्न उठेकोे थियो । त्यसपछि निकुञ्जले चोरीशिकारविरूद्ध सुराकी बढाउँदै संरक्षणमा व्यापक जागरण ल्याएको थियो । गैँडा शिकारविरूद्ध स्थानीयको जागरूकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढ्न थालेको थियो । निकुञ्जले गत एक वर्षभित्र गैँडा मार्ने गिरोहका ४४ जनालाई पक्राउ गरेको थियो । गैँडा तस्करी गर्ने भरियादेखि अन्तर्राष्ट्रिय तहका कारोबारीहरुलाई गिरफ्तार गरिएपछि चोरीशिकार शून्यमा झार्न सम्भव भएको हो । यसको श्रेय संरक्षणकर्मी, निकुञ्ज प्रशासन र चितवनवासीको संरक्षण जागरणलाई दिनुपर्छ ।
निकुञ्जको पछिल्लो गणनाअनुसार नेपालभर ५३४ गैँडा छन्, जसमध्ये ५०३ गैँडा चितवन निकुञ्जमा छन् । गैँडा संरक्षणमा चुनौती बढेपछि निकुञ्जमा १२३ ठाउँमा सुरक्षा पोस्टहरु स्थापना गरिएको छ । यससँगै प्रविधिको प्रयोगले पनि गैँडाको चोरीशिकार शून्यमा झार्न सम्भव भएको संरक्षण अधिकारीहरुको अनुभव छ । निकुञ्जमा हवाई गस्तीदेखि मानवरहित ड्रोन तथा तालिमप्राप्त कुकुरको परिचालनबाट पनि संरक्षण कार्यले सफलता पाएको हो । निकुञ्जमा वन्यजन्तुको सुरक्षार्थ ११ सय सेना खटिनुका साथै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तु तस्करीविरूद्ध देखाएको सक्रियताले यो सफलता मिलेको हो । अहिले संरक्षणमा देखिएको सफलतालाई जारी राख्दै अन्तर्राष्ट्रिय जगत्मा वन्यजन्तु संरक्षणमा नेपाललाई नमुना मुलुकका रुपमा परिचित गराउन हामी सबैको ऐक्यबद्धता जरूरी छ ।

Related Posts

Chitwan Post

परराष्ट्रमन्त्रीको भारत भ्रमणले दिएको सन्देश

Chitwan Post

सुरक्षित भ्रमणको अपेक्षा

नियमित योग गर्न सरोकारवालाको जोड

योग गरौँ, स्वस्थ रहौँ

Discussion about this post

अन‌ि यो पनि

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त
प्रमुख समाचार

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

हेटौँडा । सत्तारुढ नेकपामा देखिएको विवाद केन्द्र हुँदै प्रदेश तहदेखि स्थानीय तहसम्म देखिएको छ । नेकपाको विवादको सुरुवाती चरणदेखि नै...

Read more
बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

बागमती प्रदेशका पत्रकारको मोजो तालिम अयोध्यापुरीमा सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

चेपाङ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

सौराहामा पर्यटकीय बसपार्क बनाउन जग्गा सर्वे सुरु

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

‘खाना खाने पैसा छैन, उपचार कसरी गर्ने ?’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In