ADVERTISEMENT
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१८ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

हवाई सुरक्षा मापदण्डबारे अध्ययन

by चितवन पोष्ट
२०७० फाल्गुन ७, बुधबार ०४:०८ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । चितवनको भरतपुर विमानस्थल वरपर हवाई सुरक्षाको मापदण्डबारे अनुसन्धान सुरू गरिएको छ ।
चितवन प्रशासन, भरतपुर विमानस्थलका प्रतिनिधि र भरतपुर नगरपालिकाको संयुक्त टोलीले हवाई सुरक्षा र मापदण्ड लागू भए÷नभएकोबारे अनुसन्धान सुरू गरेको हो ।
अनुसन्धान टोलीले एक महिनापछि प्रतिवेदन बुझाउने गरी काम थालिएको भरतपुर विमानस्थलका प्रमुख बच्चुराम श्रेष्ठले जानकारी दिनुभयो । मापदण्डविपरीतको भौतिक संरचनाका कारण हवाई सुरक्षामा चुनौती थपिएपछि यहाँ सरोकारवालाले चासो दिएका छन् ।
मापदण्डविपरीत दर्जनौँ घरहरू निर्माण भएपछि हवाई सुरक्षामा चुनौती बढेको भन्दै मापदण्ड लागू गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । विमानस्थलको मापदण्डभित्र पर्ने क्षेत्रमा तीन, चार तलासम्मका घर निर्माण भएकाले सुरक्षामा गम्भीर असर परिरहेको विमानस्थलका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
सुरक्षामा खतरा बढ्दै गएपछि चितवन प्रशासन, विमानस्थल प्रशासन र भरतपुर नगरपालिकाका अधिकारीहरूले सो क्षेत्रको अध्ययन तथा अनुगमन गर्न थालेका हुन् ।
विमानस्थलको दायाँबायाँ पाँच हजार ५०० मिटर वरपर र जहाज आउने–जाने दुई क्षेत्रमा १५÷१५ किलोमिटर क्षेत्रमा मापदण्ड लागू हुन्छ । तर यो क्षेत्रमा भरतपुर नगरपालिकाले पारित गरेको नक्साविपरीत नै घर बनेको पाइएको छ ।
नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार विमानस्थलबाट दायाँबायाँ १०० मिटर परसम्म १४ मिटरमात्र अग्लो भौतिक संरचना निर्माण गर्न पाइने छ । यस्तै, विमान आवतजावत गर्ने क्षेत्रमा विमानस्थलबाट ५०० मिटर परसम्म एक तलेभन्दा बढी उचाइको घर बनाउन नपाइने नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले बताउनुभयो ।
भरतपुर नगरपालिकाले दिएको अनुमति बेगर कानुनविपरीत भौतिक निर्माण भइरहेको नगरपालिकाका प्रमुख नारायण सापकोटाले बताउनुभयो । अनुगमनको प्रतिवेदनअनुसार मापदण्डको विषयमा ठोस निर्णय लिइने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In