ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अनाथ बालिकाहरुलाई संस्कृत शिक्षा

by चितवन पोष्ट
२०७० फाल्गुन ७, बुधबार ०४:०७ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
देवघाट । चितवनमा अनाथ बालबालिकालाई आश्रय दिनु सामन्य विषय भइसकेको छ, तर देवघाटमा रहेको रामजानकी बालिका आश्रमले अनाथ बालिकाहरुलाई आश्रय मात्र दिएको छैन कि उनीहरुलाई संस्कृत शिक्षासमेत प्रदान गरेको छ ।
लोककल्याण सेवा प्रतिष्ठानद्वारा सञ्चालित बालिका आश्रममा ११ जना अनाथ बालिकाहरुलाई आवासीय सुविधासहित अध्ययन गराइएको छ । नेपालमा महिलाहरुले संस्कृत शिक्षा अध्ययन गरी सफलता पाउनेको संख्या न्यून छ । महिलाले संस्कृत शिक्षामा पनि वेद पढ्नु हँुदैन भन्ने गलत मान्यता छ । तर आश्रममा रहेका बालिकाहरुले संस्कृत शिक्षासँगै वेद शिक्षा पनि पढिरहेका छन् ।
‘बालिकाहरुलाई संस्कृत शिक्षासँगै आधुनिक शिक्षा पनि प्रदान गरेको छौँ’  आश्रमकी अध्यक्ष सावित्री टण्डनले भन्नुभयो, ‘बालिकाहरुलाई दुवै शिक्षा प्रदान गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । आश्रमले संस्कृत शिक्षाअन्तर्गत गुरूकुल र वेद शिक्षा बालिकाहरुलाई प्रदान गरिरहेको छ । ती बालिकाहरु नजिकै रहेको सीता–राम संस्कृत माध्यमिक विद्यालयमा विभिन्न कक्षामा अध्ययन गरिहेका छन् ।
विद्यालयमा संस्कृतसँगै आधुनिक शिक्षाको पनि पढाइ हुने गरेको छ । अभिभावकको बेवास्ताका कारण सडकमा पुग्न बाध्य भएका बालिकाहरु आश्रममा आश्रित रहेको अध्यक्ष टण्डनले बताउनुभयो । बालिकाहरुलाई सस्ंकृत शिक्षा प्रदान गर्न जोड दिएको आश्रमले एउटा शिक्षक आश्रममै राखेर बालिकाहरुलाई संस्कृत शिक्षा पढाउने व्यवस्था मिलाएको अध्यक्ष टण्डनले बताउनुभयो ।
आश्रममा बिताउने अधिकांश समय बालिकाहरुले संस्कृत शिक्षा पढ्ने गरेका छन् । दाताको सहयोगमा सञ्चालित आश्रममा १० वर्षभन्दा मुनिका बालिकाहरु रहेका छन् । ‘बालिकाहरुले संस्कृत शिक्षा पढ्न नपाएको बेला यो शिक्षा पढाउन जरूरी देख्यौँ’ अध्यक्ष टण्डनले भन्नुभयो, ‘अन्य गुरुहरुले बालकलाई मात्र गुरूकुल शिक्षा पढाउने गरेको भएपनि आफूहरुले बालिकालाई पनि गुरूकुल शिक्षा पढाउन सुरू गरेको बताउनुभयो ।’
आश्रममा रहेका ११ जना पढ्नमा तेज रहेको भन्दै उहाँले उनीहरुलाई संस्कृत शिक्षा पढाएरै पण्डित बनाएर कथा वाचन गर्न सक्ने बनाउने बताउनुभयो । आश्रममा रहेका सबै बालिकाहरु परिवारविहीन भएकाले उनीहरुको माइती घर नै आश्रम रहेको अध्यक्ष टण्डनको भनाइ थियो ।
‘बालिकाहरुको माइती घर नै यही हो’ उहाँले भन्नुभयो, ‘उनीहरुलाई यहीबाट विवाह दान गर्ने हो । सहयोग जुटाएर भएपनि आश्रम सञ्चालकले बालिकाहरुलाई राम्रो आवासीय सुविधा प्रदान गरिरहेको छ । हामीले बालिकाहरुलाई केहीको पनि अभाव हुन दिएका छैनौँ’ आश्रमकी प्रधान संरक्षक भगवती उपाध्यायले भन्नुभयो, ‘हामीले आँटेका छौँ भगवानले पु¥याउनुभएको छ । दुई वर्ष अघिदेखि सञ्चालन भएको आश्रम आर्थिक अभावका कारण सञ्चालनमा कठिनाइ हुने गरेको छ ।
अभिभावक नभएका बालिकाहरुलाई आश्रय दिएको भन्ने सुनेपछि सहयोग आउने गरेको संरक्षक उपाध्यायले बताउनुभयो । उहाँले पछिल्लो समय विभिन्न अवसरहरुमा सहयोग गर्न आउनेको संख्या वृद्धि हुन थालेको बताउनुभयो । आश्रममा ४० जनाका क्षमता भएपनि आर्थिक अभावका कारण अन्यलाई ल्याउन नसकिएको संरक्षक उपाध्यायले बताउनुभयो ।

Related Posts

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

गुरूङ दम्पतीको नर्सरी व्यवसाय : लगानी १२ लाख, कमाइ मासिक डेढ लाख

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

कावासाेतीमा माेटरसाईकल दुर्घटना दुई जनाकाे निधन

साहूबाट चर्को व्याजदरमा ऋण लिने चलन हट्दै

गैँडाको आक्रमणबाट निधन भएका परिवारलाई राहत

Discussion about this post

अन‌ि यो पनि

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !
समाज

गुरूङ दम्पतीको नर्सरी व्यवसाय : लगानी १२ लाख, कमाइ मासिक डेढ लाख

रत्ननगर । चितवनको रत्ननगरमा सुरू गरिएको नर्सरी व्यवसायबाट एक दम्पतीले मनग्य आम्दानी गर्न सफल भएका छन् । गोरखाबाट पाँच वर्षअघि...

Read more
दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

चितवनमा रगतको चरम अभाव : एनआरएनएले दिएको घुम्ती बस अझै चलेन

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

दुई हप्ताभित्र चितवनमा कोरोनाविरूद्ध खोप !

चितवनमा लाइसेन्स कार्यालयको प्रक्रिया अघि बढ्यो

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

कावासाेतीमा माेटरसाईकल दुर्घटना दुई जनाकाे निधन

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In