भरतपुर । भरतपुरमा जारी अन्तर कलेज राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा सप्तगण्डकी बहुमुखी क्याम्पस सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा बोष्टन कलेज भरतपुरलाई ५–१ गोल अन्तरले पाखा लगाउँदै सप्तगण्डकी सेमिफाइनलका पुगेको हो । प्रतियोगिताअन्तर्गत आज बुधबार वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक र कर्मचारीबीच मैत्रिपूर्ण खेल हुने खेल संयोजक निरज भट्टले जानकारी दिनुभयो ।
सेमिफाइनलका खेल बिहीबारबाट सुरू हुने भट्टले जानकारी दिनुभयो । अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा जारी फुटबल प्रतियोगिताको विजेताले ७५ हजार रूपैयाँ र उपविजेताले ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता फागुन ११ गतेसम्म चल्नेछ ।
Discussion about this post