ADVERTISEMENT
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
५ बैशाख २०७८, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अकल्पनीय विमान दुर्घटना

by चितवन पोष्ट
२०७० फाल्गुन ५, सोमबार १५:१५ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

नेपाल वायुसेवा निगमको ‘९ एन एबीबी ट्विनअटर विमान’ आइतबार दिउँसो १ बजे पोखराबाट जुम्लाका लागि उडेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो । चालकले भैरहवातर्फ फर्कंदै गरेको बताए पनि जहाज ल्यान्डिङ गर्ने प्रयास सफल हुन सकेको थिएन । जहाजमा चालक दल र यात्रुसहित १८ जना सवार थिए । उनीहरुका परिवार तथा आफन्तजनले आइतबार राति अबेरसम्म सकुशल आउने आश गरे पनि कोही पनि फर्केर आएनन् । अर्घाखाँचीको ढिकुरा गाविसस्थित मसिनेको जंगलमा क्षतविक्षत अवस्थामा विमान खसेको थियो । विमान समुद्री सतहदेखि करिब सात हजार फिट उचाइमा दुर्घटनाग्रस्त भएको उद्धारमा रहेको नेपाली सेनाले जनाएको छ । अकल्पनीय जहाज दुर्घटनाको खबरले यतिबेला सबै देशवासीलाई मर्माहत बनाएको छ ।
मसिने लेकमा रहेको टेलिफोन टावरको उत्तरपूर्व २ सय मिटर तल खोँचमा दुर्घटनाग्रस्त जहाज भेटिएको थियो । स्थानीय युवा सोमबार बिहान हिउँ खेल्न जाने क्रममा करिब ६ बजे जहाजको सानो अवशेष फेला परेको थियो । त्यसैको आधारमा अन्य अवशेष पनि फेला परेको थियो । दुर्घटनामा चिकित्सक, पत्रकार, नेता, सैनिक अधिकारी, बैंकर, शिक्षक, पर्यटक र बालकलगायत परेका छन् । नेपाल वायुसेवा निगमको यही विमान २०४९ असार २१ मा पनि जुम्लामा दुर्घटनामा परेको थियो । तर, विमानमा रहेका सकुशल बाँच्न सफल भएका थिए । निगमसँग उडानयोग्य दुईवटामात्र ट्विनअटर विमान रहेकोमा अब एउटामात्र बाँकी छ भने अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज सञ्चालित छन् । अन्य जहाज इन्जिन बिग्रिएर थन्किएको वर्षौं भइसक्दासमेत मर्मत हुन सकेको छैन । मुलुकको प्रतिष्ठासँग जोडिएको विमान मर्मत र उडान सुरक्षाका विषयमा निगम संवेदनशील बन्न सकेको छैन ।
नेपाली विमानको उडान सुरक्षा कमजोर रहेको भन्दै युरोपेली संघले संगठनका सदस्य राष्ट्रमा उडान प्रतिबन्ध लगाएको थियो । उसले आफ्ना नागरिकलाई नेपाली विमान नचढ्न सचेत गराएको थियो । युरापेली संघको प्रतिबन्ध हटाउन नेपालले प्रयास गरिरहेकै अवस्थामा विमान दुर्घटनामा परेपछि उडान सुरक्षा कमजोर रहेको युरोपेली संघको भनाइ प्रमाणित भएको छ । उसो त, नेपालमा खराब मौसम र भौगोलिक अवस्थाका कारण पनि उडान खतरा बढिरहेको छ । विश्वका सबैभन्दा नराम्रा दसको सूचीमा त्रिभुवन विमानस्थल सूचीकृत भइसकेको छ । यतिविघ्न समस्या र चुनौती हुँदाहँुदै पनि बाहिरी मुलुकसँग जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा समेत सुधार हुन सकेको छैन । आगामी दिनमा उडान सुरक्षाबारे सरकारले गम्भीरतापूर्वक अध्ययन थाल्न जरूरी देखिएको छ । अर्घाखाँचीमा भएको अकल्पनीय विमान दुर्घटनामा निधन हुने चालक दलसहित सबै यात्रुलाई अलबिदा !

Related Posts

रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

Chitwan Post

प्रधानमन्त्रीको सम्बोधनले उठाएका सवाल

शुभ रहोस् नववर्ष !

शुभ रहोस् नववर्ष !

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

आइतबार १०९६ जनामा कोरोना पुष्टि, थप आठ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

Read more
रत्ननगर, राप्ती, कालिका र इच्छाकामनामा संक्रमित संख्या शून्य

कोरोना महाव्याधिबारे मतभेद हटाऔँ

कोरोनाका चार नयाँ भेरियन्ट फेला

“महामारी फैलियो, सावधानी छैन”

चितवनमा साउनयता २२ वन्यजन्तु मरे

नौ महिनामा मरे ३० गैँडा

भाषामा सीमातीत चीरहरण !

भाषामा सीमातीत चीरहरण !

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In