ADVERTISEMENT
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गैंडाको चोरी सिकार ठप्पजस्तै

by चितवन पोष्ट
२०७० फाल्गुन ५, सोमबार १४:५८ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

कसरा । दुर्लभ वन्यजन्तुको चोरी तस्करी अहिले विश्वव्यापी समस्या बनेको छ । तर नेपालमा संरक्षण कार्य प्रभावकारी बन्दा पछिल्लो समय चोरी सिकार ठप्पजस्तै भएको छ । चितवन निकुञ्जले यो पटक पनि शून्य चोरी सिकार वर्ष मनायो ।
चितवन निकुञ्जमा गत वर्षको फागुन ५ गते चोरी सिकारीले मारेको खागविहीन मृत गैंडा फेला परेको थियो । त्यसयता चोरी सिकारीले गैंडा नमारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए ।
विसं. २०६७ पुस १९ यता कुनै पनि गैंडा चोरी सिकारीका कारण मरेका छैनन् भन्ने दावीका साथ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागकै सक्रियतामा पहिलो पटक ६८ सालको पुस १९ मा शून्य सिकार वर्ष (जिरो पोचिङ एयर) मनाइएको थियो । यस पटक पनि निकुञ्ज मुख्यालय कसरामा आयोजित छलफल कार्यक्रममा आगामी चुनौतीका बारेमा चर्चा भए ।
पहिलो शून्य सिकार वर्ष मनाएपछि चोरी सिकारीले विसं. २०६८ सालको चैत्र २० गते चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मारेका थिए । शून्य सिकार वर्षको कार्यक्रम मनाएको तीन महिना नहुँदै खागका लागि सिकारीले गैंडा मारेपछि संरक्षणकर्मीमा खिन्नता छाएको थियो ।
६८ सालको चैतमा गैंडा मारेको एक वर्ष नपुग्दै गत वर्षको फागुनमा चोरी सिकारीले फेरि गैंडा मारेपछि निकुञ्ज प्रशासनले सुरक्षा सक्रियता बढाएको थियो । जसका कारण विगत ३६५ दिनमा कुनै गैंडा नमरेको निकुञ्ज प्रशासनको दावी छ । चितवनमा नेपालकै सवैभन्दा धेरै ५०३ गैंडा छन् ।
नेपालभर ५३४ गैंडा छन् । विसं. २०५८ सालमा चोरी सिकारीले एकै वर्षमा ३७ वटा गैंडा मारेका थिए । गैंडा मारेमा वा त्यसको अंग बेचबिखन गरेमा ५० हजारदेखि एक लाख रूपैयाँसम्म जरिबाना, पाँचदेखि १५ वर्षसम्म जेल वा जेल र जरिवाना दुवै सजाय हुने कानुनी व्यवस्था छ । गैंडाको नाकमाथि हुने खागका लागि यसको अवैध सिकार हुने गर्छ ।
‘यो ३६५ दिनको अवधिमा गैंडा मार्ने ४४ जनालाई समाएका छौं । अन्तर्राष्ट्रिय तहसम्म खाग पु¥याउनेहरु गिरफ्तार भए । संरक्षणमा बढेको जनचेतना र स्थानीयको जागरूकताले पनि हामी सफल भएका हौँ’ चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिए । निकुञ्जले चोरी सिकारविरूद्ध सुराकी सञ्जाललाई मजबुद बनाएको उनले बताए ।
निकुञ्जमा हाल १२३ ठाउँमा पोष्टहरु रहेका छन् । त्यस्तै, प्रविधिको प्रयोग पनि बढाएको अधिकारीहरु बताउँछन् । ‘हवाइ गस्तीदेखि मानवरहित ड्रोन र तालिम प्राप्त कुकुर परिचालन गरेका छौं’ निकुञ्जमा तैनाथ नन्दाबक्स गणका प्रमुख चक्र शाहले भने । निकुञ्जमा नन्दा बक्ससहित रणदल गुल्म पनि तैनाथ छ । कुल ११ सय सेना निकुञ्जमा छन् ।
‘हाम्रो मात्रै नभएर समुदायको ठूलो सहयोगले अकल्पनीयजस्तो लाग्ने शून्य चोरी सिकार यहाँ सम्भव भएको हो’ शाहले भने । नोपलमा नियन्त्रणमा आए पनि विश्वका अन्य क्षेत्रमा चोरी सिकार निकै फष्टाएको छ । त्यसैले नेपालमा मिलेको सफलता अन्तर्राष्ट्रिय जगतका लागि खुसीको कुरा हुन सक्ने निकुञ्जका अधिकारीहरु बताउँछन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरका अनुसार सन् २०१३ मा दक्षिण अफ्रिकामा चोरी सिकारीका कारण एक हजार चार गैंडा मरे । त्यस्तै केन्यमा ५० र भारतको काजिरंगा नेशनल पार्कमा ३५ गैंडा मरेको उनले जानकारी दिए । यस्तो अवस्थामा नेपालमा चोरी सिकार रोकिनु यहाँ संरक्षण कार्य सुदृढ बनेको प्रमाणित हुने कुँवर बताउँछन् ।
नेपालमा कुनै बेला वर्षको ३७ वटासम्म गैंडा चोरी सिकारीका कारण मरेका थिए । ‘जहामीले निकुञ्जभित्रको सुरक्षा अवस्थालाई मजबुद बनाउँदै स्थानीयलाई पनि जागरूक बनाउँदै लग्यौं, त्यसपछि परिणाम राम्रो आउन लागेको हो’ प्रमुख संरक्षण अधिकृत कुँवरले भने । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो वन्यजन्तु तस्करीविरूद्ध पनि सक्रिय हुन थालेको छ ।

Related Posts

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Chitwan Post

घाँसदाउरा गर्नेलाई संरक्षणको पाठशाला

Discussion about this post

अन‌ि यो पनि

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने
कला

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन । चलचित्र पत्रकार संघ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको...

Read more
महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

महिलाहरुको आत्मनिर्भरताका लागि अचार उत्पादन

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

नेकपा फुट्दैमा लालपुर्जा वितरण रोकिँदैन : ज्ञवाली

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

देशभरका ६२ अस्पतालमा कोरोनाविरुद्धको १२० खोप केन्द्र

Chitwan Post

निर्माण सामग्री व्यवसायीको साधारण सभा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In