ADVERTISEMENT
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१३ फाल्गुन २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

३८० जनालाई सीपमूलक तालिम

by चितवन पोष्ट
२०७० फाल्गुन ५, सोमबार १४:५६ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । रोजगार कोषको सचिवालय र हेल्भेटास स्वीस इन्टरकर्पोरेसन नेपालले सन् २०१४ मा चितवनका ३८० जनालाई सीपमूलक तालिम दिने भएको छ । नेपाल सरकारअन्तर्गत स्थापित रोजगार कोषको सचिवालयले जिल्लामा रहेका १८ देखि ४० वर्षसम्मका युवाहरुलाई तालिम प्रदान गर्नेछ । विभिन्न संस्थामार्फत कोषले चितवनमा तालिम दिन लागेको इम्प्लोइमेन्ट फण्डका टोली नेता बलराम पौडेलले जानकारी दिए ।
रोजगार कोषले प्रत्येक युवाहरुलाई तालिम अवधिभर ५० हजार रुपैयाँ लगानी गर्ने र रोगजारीको लागि तालिम दिने पौडेलले बताए । जसअन्तर्गत कोषले अति विपन्न तथा विशेष अवस्था भएका युवाहरुका लागि चितवनमा जुनियर प्लम्वर, आर्क वेल्डर, विल्डिङ इलेक्ट्रिसियन, सहायक व्यूटिसियन र सामुदायिक पशुपालन सहायक विषयमा १४० युवालाई तालिम दिइ रोजगारको लागि सहयोग गर्ने छ ।
त्यस्तै, कोषले रोजगारी सिर्जनाका लागि लघुउद्यम कार्यक्रमअन्तर्गत इलेक्ट्रिकल तथा इलेक्ट्रिोनिक्स, टेलरिङ र गार्मेन्ट, निमार्ण, स्वास्थ्य र कृषि क्षेत्रका २४० जना युवालाई सीप प्रदान गर्नेछ ।
कोषले सन २०१४ मा नेपालभर १६ हजार युवाहरुलाई सीपयुक्त तुल्याउने लक्ष्य लिएको जसअन्तर्गत १२ हजार युवालाई सिप र रोजगारी तथा ४ हजार युवालाई युवा लघुउद्यमी बनाउने जनाएको छ । सनः २००७ मा स्थापना भएको कोषले सन् २००८ देखि रोजगारमूलक तालिम प्रदान गर्दै युवाहरुलाई स्वरोजगार बनाउँदै आएको छ ।
जसअन्तर्गत सन् २०१३ सम्ममा ७० हजार युवालाई स्वरोजगार तालिम दिएको टोली नेता पौडेलले जानकारी दिए । जसमध्ये ५४ प्रतिशत महिला रहेका छन् ।  कोषले १८ देखि ४० वार्षसम्मका युवाहरुलाई १२१ प्रकारका तालिम दिँदै आएको छ ।
कोषले चितवनमा हालसम्म तीन हजार २०० युवाहरुलाई रोजगार मुलक तालिम प्रदान गरिसकेको छ । यसरी कोषले प्रधान गरेको तालिम लिएका करिब ७२ प्रतिशत युवा रोजगारीमा रहेको एक अनुसन्धानले देखाएको छ । डेभलपमेन्ट भिजन नेपाल नामक संस्थाले गरेको अध्ययनले सन् २००८ देखि सन २०१० सम्म तालिम लिएका ६७ प्रतिशत र सन् २०११ र २०१२ मा तालिम लिएका ७२ प्रतिशत युवा रोजगारीमा रहेको देखाएको हो ।

Related Posts

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

Discussion about this post

अन‌ि यो पनि

छतबाट लडेर एक विद्यार्थीको मृत्यु
समाज

छतबाट लडेर एक विद्यार्थीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको...

Read more
अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

अमेरिकी आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

खोपले काम गरेन, भटाभट मरे कुखुरा

खोपले काम गरेन, भटाभट मरे कुखुरा

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

काभ्रे प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

नारायणगढ–बुटवल सडक : निर्माण भए २२ कल्भर्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In