भरतपुर । अमर जनशक्ति कलेज पटिहानी भरतपुरमा जारी अन्तर कलेज राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्री मेडिकल कलेजलाई टाइब्रेकरमा ५÷४ गोल अन्तरले पराजित गर्दै अमर जनशक्ति कलेज सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवैतर्फबाट २÷२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
प्रतियोगिताअन्तर्गत आज मंगलबार वोष्टन कलेज र सप्तगण्डकी बहुमुखी क्याम्पसबीच खेल हुनेछ । अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पसको आयोजनामा जारी फुटबल प्रतियोगिताको विजेताले ७५ हजार रूपैयाँ र उपविजेताले ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । प्रतियोगिता फागुन ११ गतेसम्म चल्ने छ ।
Discussion about this post