भरतपुर । चितवन उद्योग संघको आयोजनामा भरतपुरमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनीमा सोमबार ह्ेल्भी टास्कअन्तर्गतका सीप तथा रोजगार विषयमा अन्तक्र्रिया भएको छ । प्रदर्शनी स्थलमा भएको कार्यक्रममा देशमा बढ्दो बेरोजगारी तथा उद्योगीहरुमा हुँदै गइरहेको दक्ष कामदारहरुको अभावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले औद्योगिक क्षेत्र बढ्दै गएपनि दक्ष कामदारको अभावले गर्दा उद्योग संचालनमा कठिनाइ पर्दै गएको बताउनुभयो । उहा“ले कामदारको अभावले गर्दा एउटा उद्योगले अर्को उद्योगका कर्मचारी चोर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
कार्यक्रममा उद्योग संघका उपाध्यक्ष विष्णुहरि अधिकारीले दक्ष कामदार बनाउनका लागि सीप सिकाउने कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । उहा“ले दक्ष कामदारको संख्या बढाउन सके उद्योग संचालनमा सहज हुने बताउनुभयो ।
हेल्भी टास्क नेपालका प्रतिनिधि बलराम पौडेलको प्रमुख आतिथ्यता एवं गोष्ठी सेमिनार संयोजक सूर्यप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शिवदत्त भट्टराई, भरतपुर नगरपालिकाका प्रतिनिधि, जिल्ला विकास समितिका सूचना अधिकृत बलराम लुईंटेल, उवासंघ चितवनका चुननारायण श्रेष्ठ, चितवनका उद्योगी व्यवसायीलगायतका विभिन्न संघसंस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
Discussion about this post