ADVERTISEMENT
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२५ फाल्गुन २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कांग्रेसले सभाध्यक्षमा एमालेलाई सघाउने

by चितवन पोष्ट
२०७० फाल्गुन ५, सोमबार १४:५३ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली काँग्रेसले नेकपा (एमाले)सँग भएको सात बुँदे सहमतिलाई अनुमोदन गर्दै सो सहमतिअनुरूप संविधानसभाको अध्यक्षको निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिने निर्णय गरेको छ । सभाध्यक्षको निर्वाचन आज मंगलबार हुँदैछ ।
साथै कांग्रेसले गृहमन्त्रालयमा आफ्नो अडान यथावत् राख्दै नेकपा (एमाले) लाई मन्त्रिमण्डलमा अविलम्ब सहभागी हुन पनि आह्वान गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकमा कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयनसहित मन्त्रिमण्डल गठनलाई अविलम्ब पूर्णता दिनेबारेमा छलफल भएको थियो ।
‘काँग्रेसले एमालेसँग गरेको लिखित सहमतिअनुरूप संविधानसभाको अध्यक्षमा एमालेका उम्मेदवारलाई मत दिने छ र सातबुँदे सहमतिप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको पनि जनाएको छ’ बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य एवम् मन्त्री डा. रामशरण महतले बैठकमा सातबुँदे सहमतिको पूर्ण कार्यान्वयनअन्तर्गत एउटा बुँदा संविधानसभाको अध्यक्षमा एमालेलाई समर्थन गर्ने पनि भएकाले सोअनुरूप एमाले उम्मेदवारलाई सघाउने र एमालेलाई अविलम्ब सरकारमा सहभागी हुन अग्रसरताका लागि आह्वान गर्ने निर्णय भएको बताउनुभयो । निर्वाचनबाट पहिलो र दोस्रो ठूलो दल बनेको काँग्रेस र एमालेले जनादेशअनुरूप संविधान तथा सरकारमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता गरेअनुरूप एमालेको समर्थनमा काँग्रेस संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचन भइसक्नुभएको छ ।
सातबुँदे सहमतिका बेला गृहमन्त्रालय आफूलाई दिने भद्र सहमति भएकामा काँग्रेसले त्यसलाई कार्यान्वयन नगरेको दाबी गर्दै एमाले सरकारमा सहभागी भएको छैन ।
प्रधानमन्त्री र काँग्रेसका नेताले समेत गृहमन्त्रालय एमालेलाई दिने सहमति नभएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
‘गृहबारे प्रधानमन्त्रीले सार्वजनिक रूपमै सहमति भएको छैन भनी सक्नुभएको छ, प्रधानमन्त्रीय पद्धतिलाई केन्द्रबिन्दुमा राखेर गृह काँग्रेसकै रहनुपर्छ र यसमा कुनै खालको सहमति हुन नसक्ने काँग्रेसको दृष्टिकोण हो,’ नेता अर्जुननरसिंह केसीले भन्नुभयो ।

Related Posts

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

Chitwan Post

भरतपुर समाचारः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान सुरु

Chitwan Post

महाधिवेशन सरे कांग्रेस समाप्त हुन्छ : नेता भण्डारी

Discussion about this post

अन‌ि यो पनि

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’
प्रमुख समाचार

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्युँताउने...

Read more
कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

कालिकाद्वारा समाजसेवामा सक्रिय तीन नारी सम्मानित

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

अखिल नेपाल महिला संघ रत्ननगरको प्रशिक्षण

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

नारी चेतनाको र्‍याली तथा वक्तृत्वकला

Chitwan Post

बन्द भएको १४ वर्षपछि चितवन कोल्ड स्टोरेज पुनः सञ्चालनमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In