भरतपुर । रक्तदान जीवनदान भन्ने मूल नारासहित गैंडाकोटको सामुदायिक सेवा केन्द्रमा मंगलबार बिहान सात बजेदेखि खुला रक्तदान कार्यक्रम हुने भएको छ । सामुदायिक केन्द्र र लायन्सचोक अफ बागेश्वरीको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो ।
सामुदायिक सेवा केन्द्रले यसअघि लागूपदार्थ नियन्त्रण, जनचेतना र सरसफाइसम्बन्धी विभिन्न कार्य गर्दै आएको संस्थाका आजीवन सदस्य होमबहादुर विश्वकर्माले बताए । २०६८ असोज २६ गते स्थापना भएको संस्थाले मानवीय सेवाको भावना जागृत गराउन र रक्तदानजस्तो पवित्र कार्यमा सरिक हुन सबैमा अनुरोधसमेत गरेको छ ।
Discussion about this post