ADVERTISEMENT
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ बैशाख २०७८, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सहयोगको लागि क्यान्सरपीडितको याचना

by चितवन पोष्ट
२०७० फाल्गुन ५, सोमबार १४:५४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । व्लड क्यान्सरबाट पीडित बनेका घ्याल्चोक गाविस–१ गोरखाका २० वर्षीय सरोज गुरूङ केही सातादेखि वीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।
आर्थिक रुपमा निर्धन र असहाय उनी थप उपचारका लागि सहयोगको याचना गरिरहेका छन् । डा. साजन थापाले उनलाई एएमएल–एम ४ नामक व्लड क्यान्सर भएको रिपोर्टमा उल्लेख गरेका छन् ।
अहिले उनलाई दैनिक किमो र रगत दिइरहनुपर्ने भएकाले उपचार खर्च जुटाउन गाह्रो परेको सरोजकी श्रीमती अञ्जलीले बताएकी छन् । ‘अहिलेसम्म चारलाख रूपैयाँभन्दा बढी खर्च भइसक्यो । डाक्टरले उपाचारका लागि थप १२ लाख रूपैयाँ लाग्ने बताएका छन् । नाजुक अवस्थाका हामीले यतिधेरै रकम जुटाउन सक्ने अवस्थाका छैनौँ’, अञ्जलीले पत्रकारसँग दुखेसो पोखिन् ।
सरोजका बुबा उदयबहादुरको पाँच वर्षअघि नै निधन भइसकेको छ । उनको परिवारमा आमा, बहिनी र श्रीमतीमात्र छन् । आम्दानीको कुनै बाटो नभएकाले उनका परिवारले सवैसँग सहयोगको याचना गरेका हुन् । सरोज सात महिनाअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । काम गर्ने क्रममा १० दिन लगातार ज्वरो आएर दुवै आँखामा रगतको धब्बा देखेपछि कम्पनीले उपचार गर्न लैजाँदा ब्लड क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि नेपालमै उपचार गरे ठीक हुन्छ भनेर कम्पनीले घर पठाइदिएपछि उनी बाँच्ने आशामा उपचार गराइरहेका छन् ।
क्यान्सर अस्पतालको व्लक २ अन्तर्गत वार्ड १ को १६ नं. बेडमा उपचार गराइरहेका सरोजको जीवन बचाउन चाहने दाताहरुले अस्पताल कम्पाउडमै रहेको नारायणी डेभलपमेन्ट बैंकको ००२०००२८०१ ‘एसडी’मा सहयोग रकम जम्मा गर्न सकिन्छ । सरोजलाई प्रत्यक्ष रुपमा भेटेरै पनि सहयोग रकम हस्तान्तरण गर्न सकिने छ । जसका लागि ९८०३४९९०१२ मा सीधा सम्पर्क गर्न सकिनेछ ।

Related Posts

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

Discussion about this post

अन‌ि यो पनि

चितवनमा कोरोना सङ्क्रमित बढ्दै, ९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न अनुरोध
प्रमुख समाचार

एकैदिन २३५१ सङ्क्रमित, छ जनाको मृत्यु

काठमाडौँ । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

Read more
हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

हरिहर मन्दिरको धर्मशालाका लागि आर्थिक सहयोग

Chitwan Post

अद्वैतको विशेष सत्संग सम्पन्न

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

चेपाङ महिलालाई आयआर्जनका लागि बीउ पुँजी वितरण

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

प्रहरी निरीक्षक थापा प्रदेशकै सर्वोत्कृष्ट

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : [email protected]

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In