ADVERTISEMENT
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१६ फाल्गुन २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कृष्ण अधिकारी हत्या प्रकरणः ‘तँ मर्ने भइस्, मेरो के चिन्ता !’

by चितवन पोष्ट
२०७० फाल्गुन ५, सोमबार ०३:१६ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

–केशव भट्टराई

रत्ननगर । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणबारे थप अनुसन्धान गर्न चितवन आएको मानवअधिकारवादी टोलीसँग रत्ननगर १३ स्थित नन्दप्रसाद अधिकारीका आमाले सोधिन, ‘मेरो छोरा–बुहारीको अवस्था कस्तो छ बाबु ?’ ७८ वर्षीय गौरीमायाको प्रश्न सुनेर अधिकारकर्मी रचना ढकालले कुनै उत्तर दिन सकिनन् ।

न्यायको भीख माग्दै ११५ दिनदेखि आमरण अनसनमा बसेका अधिकारी दम्पती नन्दप्रसाद र गंगामायाको अवस्था अत्यन्त गम्भीर बन्दै गइरहेको जानकारी गराएपछि गौरीमायाले अश्रुधारा बगाउँदै भनिन्, ‘नातिको शोकमा डुबेर हजुरबुबा पोहोरसाल बित्नुभो । मभन्दा पनि छोराबुहारी चाँडै मर्ने भए ।’

‘नानी, मलाई पनि सँगै लगेर छोराबुहारीसँग भेट गराइदिनूस्’ गौरीमायाको कारुणिक वेदना बुझेर मानवअधिकारकर्मी सुदीप पाठकले मोवाइलमा कुरा गर्ने वातावरण मिलाइदिए । अनसनकारी छोरासँग भक्कानिँदै उनले भनिन्, ‘अब यत्तिकै होला बाबु, मैले तेरो मुख देख्न नपाउने भएँ । मेरो जिन्दगानी रुँदैमा जाने भयो । न्याय–निसाफ पाइनस्, तेरो पनि त्यत्तिकै जाने भयो ।’

वातावरण स्तब्ध बन्यो । उपस्थित भएकाहरु भावुक बने । अनसनकारी नन्दप्रसादले आमासँग के सोधे कुन्नी ? गौरीमायाले जवाफ दिइन्, ‘तँ नै मर्ने भइस्, मेरो के चिन्ता लिन्छस् ?’

अधिकारकर्मी पाठकले छोराबुहारीले न्याय पाउँछन् आमा भनेर आश्वासन दिइरहेका थिए । ‘चाँडै मेरो छोराबुहारीलाई निसाफ दिलाइदिनु मर्नुअघि मेरो अन्तिम इच्छा नै यही छ’ गौरीमायाले अधिकारकर्मीहरुलाई भनिन् ।

नन्दप्रसादकी माइली बहिनीले दाजुसँग कुरा गर्दै भनिन्– ‘श्वास फेर्न गाह्रो भइरहेको छ रे, मैले पनि दाजुभाउजूलाई देख्न नपाउने भएँ ।’ सान्त्वनाका शब्दबाहेक अधिकारकर्मी तथा यस पत्रकारसँग कुनै जवाफ थिएन ।

कृष्णप्रसादको हत्यारामाथि कारबाहीको माग राखी प्राण त्याग गर्न लाग्दासमेत अधिकारी दम्पतीले न्याय पाउन सकेका छैनन् । सरकार रमिते बनिरहेको छ । दलहरु बोल्न सकेका छैनन् । प्रहरी प्रशासन अनुसन्धान अघि बढिरहेको बताउँछ । अधिकारवादीहरु दबाब दिइरहन्छन् । पत्रकार लेखिरहन्छन्, तर अधिकारी दम्पतीले न्याय पाएका छैनन् ।

गोरखा फुजेल–७ घर भएका कृष्णप्रसाद आफ्ना हजुरबुबा÷आमालाई भेट्न रत्ननगर–१३ स्थित जयमंगलामा आएका थिए । तत्कालीन माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते रत्ननगरको पर्सौनीबाट अपहरण गरी कयरखोलामा पासविक यातना दिएर हत्या गरपछि बकुलहरचोकमा ल्याएर फालेका थिए । एसएलसी परीक्षा दिएर चितवन आएका कृष्णप्रसादलाई तत्कालीन माओवादीले गुप्तचरको आरोपमा हत्या गरेको थियो ।

अधिकारी परिवारले घटनापश्चात् हत्याको कारण सार्वजनिक गर्न माओवादी नेतृत्वलाई आग्रह गरे पनि उति बेलैदेखि चुनौती दिँदै निर्दोष कृष्णप्रसादका हत्यारालाई कारबाही गरी न्याय दिलाउन दौडधूप गरेको थियो, तर माओवादीले घटनाको वास्तविकता सार्वजनिक गर्न सकेन । कृष्णप्रसादका परिवारले जिल्ला प्रहरी कार्यालयमा हत्याका संलग्नहरुको किटानी जाहेरी दिए पनि सरकारले कुनै चासो दिएन । त्यसयता गोरखाबाट विस्थापित हुन पुगेका उनीहरु नौँ वर्षदेखि पटकपटक अनसन बसे पनि माग कार्यान्वयन हुन सकेको छैन ।

प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा बनेको तत्कालीन मन्त्रिपरिषद्ले माग पूरा गर्ने लिखित सहमति जनाएपछि अघिल्लो पटक ४८ दिनको लामो अनसन तोडेका थिए । तर, सहमतिअनुरुप हत्यारालाई कारबाही नभएको भन्दै पुनः अधिकारी दम्पतीले अनसन थालेका हुन् ।

अधिकारी दम्पतीको स्वास्थ्यअवस्थाका बारेमा जिज्ञासा राख्दा कृष्णप्रसादका दाजु नुरप्रसादले अनसन कुनै हालतमा नतोडिने बताएका छन् । उनले आमाबाबुको अवस्था गम्भीर भएको जनाउँदै सरकार र दलहरुले सिद्धान्त किन्ने प्रयास गरेकोमा आपत्तिसमेत जनाएका छन् । उनले भने ‘उधारोमा कारोबार(सहमति) हुँदैन, बाआमा अव पूर्वअवस्थामा आउन पनि सक्नुहुन्न । उहाँहरुको कंकाल (हाड र छाला) मात्र बाँकी छ । उहाँहरु विधिको शासन र न्याय स्थापित गर्न त्याग, तपस्या र बलिदानी दिइरहनुभएको छ । यो अरबौँ मूल्यमा पनि सम्झौता हुन सक्दैन ।’

यसअघि सरकारले उधारो सहमति गरेकोमा नुरप्रसाद आक्रोशित बनेका छन् । अधिकारी दम्पतीको उपचारमा संलग्न वीर अस्पतालका प्रबन्ध निर्देशक डा. बुलन्द शर्माले अधिकारी दम्पतीको अवस्था खतरोन्मुख रहेको बताएका छन् । ‘डाक्टरहरुले अनुसन्धान गरिरहनुभएको छ, स्वास्थ्यस्थिति रिपोर्ट आएपछि सार्वजनिक गर्छौँ’ उनले जानकारी दिए ।

अधिकारी हत्या प्रकरणसम्बन्धी पछिल्लो उपलब्धिका सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रद्युम्न कार्कीले अनुसन्धान प्रक्रिया सुक्ष्म ढंगले अघि बढिरहेको जानकारी दिएका छन् । प्रहरीको निस्क्रियता देखिएको गुनासोका सम्बन्धका उनले भने– ‘नागरिक समाज र राजनीतिक दलबाट घटना सम्बन्धमा सहयोग नपाउँदासमेत हामीले घटनालाई अनुसन्धानकोे दायरामा ल्याएका छौँ । र, यसबीचमा थप रहस्यहरु खुलेका छन् । त्यो डिआईजीको नेतृत्वमा बनेको आयोगमार्फत् केन्द्रीय प्रवक्ताबाट सार्वजनिक गर्दैछौँ ।’ आफ्नो साधन स्रोतले भ्याएसम्म अनुसन्धान प्रक्रिया पूरा गरेको उनको भनाइ छ ।

यसअघि चितवन प्रहरीले प्रहरी नायव उपरीक्षक सञ्जय राउतको कमाण्डमा जिल्लामा अनुसन्धान प्रक्रिया थालेको थियो । प्रहरीले अधिकारीले किटानी जाहेरी दिएका आरोपीबाहेक थप तीन जनाको संलग्नता भएको र यसबाट अरु थप रहस्य खुल्नसक्ने जनाएको थियो । प्रहरी निरीक्षक कार्कीले यस सम्बन्धमा थप सहयोगका लागि स्थानीयसँग आग्रह गरेका छन् ।

घटनाको अनुसन्धान गरिरहेका अधिकारकर्मी सुदीप पाठक भन्छन्, ‘यस घटनामा धेरै मान्छेको संलग्नता छ । छिट्टै यसको टुङ्गो लाग्छ ।’ अधिकारी दम्पतीले न्याय पाएको हेर्न आतुर रहेको कृष्णप्रसादका फूपाजु लोकनाथ दाहालको भनाइ छ ।

Related Posts

मावनअधिकार उल्लंघनका दोषीलाई आममाफी नहुने

द्वन्द्व प्रभावित परिवार निराश

Chitwan Post

बाल सङ्गठन चितवनमा पौडेलको नेतृत्व

Chitwan Post

वन पैदावार उद्योग व्यवसायी सङ्घमा श्रेष्ठ

Discussion about this post

अन‌ि यो पनि

मावनअधिकार उल्लंघनका दोषीलाई आममाफी नहुने
समाज

द्वन्द्व प्रभावित परिवार निराश

रुपन्देही । तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष बितेको छ ।...

Read more
Chitwan Post

बाल सङ्गठन चितवनमा पौडेलको नेतृत्व

Chitwan Post

वन पैदावार उद्योग व्यवसायी सङ्घमा श्रेष्ठ

Chitwan Post

चितवनमा ३५ जनाले गरे रक्तदान

बस दुर्घटनामा दुई जनाको मृत्यु, १९ जना घाइते

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In