गर्भ–कथा
-डा. बालकृष्ण थापा
विभिन्न काल, समयमा लेखिएका निबन्धहरुलाई एउटै मालामा उनेर एउटा किताब निकाल्ने इच्छा त धेरैअघि नै जागेको थियो । तर, जनआन्दोलन–२ मा चितवन र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले खेलेको भूमिकाका साथै क्यान्सर अस्पतालको एक काल ः एक खण्ड, क्यान्सर अस्पताल र छिमेकीको सम्बन्ध, अनिल सिंखडा घटना र पाठहरुलगायत मार्मिक, रोचक र ऐतिहासिक दस्तावेजको नमुना प्रकाशन, प्रमुखअतिथि, विशेष अतिथिसमेतले विमोचन गरी किनेर अध्ययन गर्नुभएको ‘चिरफार’ निबन्धसंग्रह प्रकाशन गर्ने जा“गर यति नै खेरचाहिँ खासै थिएन । नरबहादुर खाँडले अस्पतालको शैयामा रहनुभएको बेला मलाई घचघच्याउनुभएको थियो– ‘जसरी भए पनि क्यान्सर अस्पतालका बारेमा तपाईं बोल्नुप¥यो, चुप लाग्नुभएन । यसलाई माया गर्नेहरुको संख्या दिनानुदिन घट्दो छ र डाहा गर्नेहरुको संख्या बढ्दो छ । म त मर्न परे पनि यही मर्छु भनेर उता छोडेर यहीँ आएको छु ।” म कोरिया गएको बेला उहाँले हामीलाई छाड्नुभएछ । मेरो पूर्वसोचअनुसार एउटा सँगालो बनाएर पाण्डुलिपि वरिष्ठ साहित्यकार तथा राजनितिज्ञ प्रदीप नेपालज्यूलाई केही समयअगाडि पठाएको थिए“ ।
केही हप्ताअगाडि नेपाल चिकित्सक संघका वर्तमान अध्यक्ष डा. अञ्जनीकुमार झाले ‘जनआन्दोलनमा हामीले जे ग¥यौँ, त्यसका केही फोटाहरु छन् ? काठमाडौँबाट निस्केको सिडीमा हाम्रो त केही पनि रहेनछ, इतिहास त बचाउनु प¥यो नि” भन्नुभएपछि मलाई अलि हतारो लाग्यो र उहा“लाई भने म एउटा किताबै निकाल्छु । मैले प्रदीप नेपालज्यूलाई सम्झाए“, माघको सुरूमा किताब निकाल्नु प¥यो । मेचीको पानी र माटो महाकालीमा मिलाउने साहित्यिक सद्भाव यात्रामा झापादेखि धनगढी हुँदै कन्चनपुरसम्मका साहित्यकारहरुलाई पाण्डुलिपि देखाउ“दा हौसला मिल्यो । डीआर सरले जसरी भए पनि माघ १६ मा किताब तयार गर्नुहोस्, कार्यक्रममा विमोचन गर्नुपर्छ भनेपछि अलि हतारमा यो निबन्धसंग्रह निकालियो । कतै–कतै शुद्धाशुद्धिमा समस्या त परिहाल्यो । प्रदीप नेपालज्यूले ‘लाज र इमान भएको मान्छेका अनुभूति’ भनेर भूमिका लेखिदिनुभयो । बालकृष्ण थापा पेसाले चिकित्सक हुनुहुन्छ, त्यो पनि हालसम्मै ज्यानमारा ठहरिएको रोगको शत्रु, अर्थात् न्यूरो सर्जन । भर्खर न्यूरो सर्जरी गरेर आएका डाक्टर बालकृष्ण थापासँग बाह्र वर्षपहिलेको प्रथम भेटमा उहाँकै सल्लाहमा एउटा उपचार प्रक्रियामा आफू प्रवेश गरेको र सानो जीउडाल सानै अनुहारका युवा डाक्टरको खोजीलाई मनमनै निरन्तरता दिइराखेको उल्लेख गर्नुभएको छ, आप्mनो भूमिकामा ।
उहा“ अगाडि लेख्नुहुन्छ“ ‘आप्mनो डाक्टरलाई साहित्यिक सहकर्मीका रुपमा पाउ“दा खुशी लाग्ने कुरो एकदमै स्वाभाविक थियो । पहिलो पृष्ठ पल्टाए“, मैले आप्mना किताबहरुमा समर्पण राख्ने ठाउ“मा लेखिएको थियो– ‘दुई खुट्टा टेक्दैमा मानिस होइँदैन । मान्छे हुनलाई कम्तीमा दुईवटा गुण चाहिन्छ, ती हुन्– लाज र इमान ।’
अनौठो लाग्यो अनि रमाइलो पनि । यसलाई व्यङ्ग्य मान्न पनि सकिन्छ, किनभने वर्तमान नेपालमा माथि भनिएका दुई गुण भएका मानिसहरुको संख्या असाध्यै न्यून छ । अझ पढालिखाहरुमा त यी गुणहरुको खडेरी नै परेको छ । यसलाई उपदेश मान्न पनि सकिन्छ, किनभने यसले बाटो बिराउन खोजेकाहरुलाई जनमार्गतिर फर्किन सहयोग पनि गरेको छ । मेरो निष्कर्षमा चाहिँ जीवन बचाउने डाक्टरको कलमबाट निस्किएको हुनाले यसलाई जीवनदायी औषधि मान्नु सबैभन्दा बढी उपयुक्त हुन्छ, किनभने, बालकृष्ण थापाको लेखनशैलीको विशेषता रहेछ यो । आफ्ना सबै निबन्धको पुछारमा उहाँले लामो लेखनीको निष्कर्ष राख्नुभएको छ । ती निष्कर्षहरुमा पनि एकरुपता अथवा उपदेशिक मान्यता मात्रै छैन, कतै ती साँच्चीकै उपदेशका रुपमा पस्किइएका छन्, धेरै सुझाव अनि थोरै दिक्दारीको भाकामा पनि पोखिएका छन् । दिक्दारीभित्र आक्रोश त हुने नै भयो ।
माघ १६ सहिद दिवसको दिन । ‘हाम्रो सिर्जना’ पत्रिका परिवारले पोखराका साहित्यिक हस्ती प्रा.डा. रविलाल अधिकारीलाई दशरथ चन्द पुरस्कार वितरण, ‘चिरफार’ निबन्धसंग्रहको विमोचन र ‘हाम्रो सिर्जना’को सार्वजनिकीकरणको कार्यक्रम तय गरेको थियो, उद्योग वाणिज्य संघ नारायणगढको सभाहलमा । अनौठो तरिकाले १६ गते मञ्चमा १६ वटा कुर्सी, हलको अघिल्लो पंक्तिमा १६ जना अतिथि । अर्को अनौठो, प्रमुखअतिथि र विशेष अतिथिलगायतले विमोचन गरिएको ‘चिरफार’ किनेर अध्ययन गर्नुपर्ने अनुरोध । त्यसपछि, हलमा उपस्थित धेरैले आफ्नो प्रति सुरक्षित गरिहाल्नुभयो । अनि, धेरैको वाक्य सुनियो– हामीले साहित्यिक कृति भनेर सित्तैमा लिन र दिन ह“ुदैन । पढ्ने बानी नबसेको कारण नै यही हो, किनेपछि माया लाग्छ र पढिन्छ अनि जोगाइन्छ पनि ।
अभि भण्डारीद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता डीआर पोखरेलले गर्नुभएको थियो । झापाका हरिचरण बानियाँ प्रमुखअतिथि र प्रा. आनन्ददेव भट्ट विशेष अतिथि रहनुभएको उक्त कार्यक्रममा चितवनका करिब–करिब सबैजसो साहित्यिक हस्तीहरुको उपस्थिति थियो । गजलकार धनराज गिरीको उपस्थिति वास्तवमै रोचक रहन्छ नै । कार्यक्रम तीन चरणमा विभक्त थियो, स्रष्टा सम्मान तथा पुरस्कार वितरण, कृति विमोचन र ‘हाम्रो सिर्जना’ पत्रिकाको सार्वजनिकीकरण । हरिहर सविता र हरिहर खनालद्वारा सम्मानित स्रष्टाका बारेमा बोल्ने क्रममा सम्मानित स्रष्टाको योगदान र पुरस्कार पाउन योग्य रहेका बृहद् तर्कहरुले उहाँको उचाइ बढाएको थियो, स्रोतामाझ ।
पुरस्कार राशि १५,००० आजको जमानामा ठूलो होइन, सम्मान ठूलो हो । कृतिका बारेमा वरिष्ठ साहित्यकार केदार खनालले बहुत मिहिन ढंगले गहन रुपमा समालोचनासहितको समीक्षा गर्नुभयो, वास्तवमा ‘चिरफार’ निबन्धसंग्रहको चिरफार नै गरिदिनुभयो । निबन्धात्मक र साहित्यिक रुपमा मात्र होइन, त्यत्तिकै भावना र भावुकतामा पनि । मैले उहा“लाई धन्यवाद दिँदा उहाँले भावनात्मक रुपमा भन्नुभयो– किताब पढेपछि थाहा भयो, तपाईंका हर सासमा क्यान्सर अस्पताल रहेछ । क्यान्सरभित्र मायालुहरुको खडेरी परेको बेला पनि कलकलाउ“दो विरूवा जमेर बा“चेको रहेछ । धन्यवाद छ केदार सर, क्यान्सर अस्पतालप्रतिको माया दर्शाई दिनुभएकोमा । हुन त, धेरै पहिले पनि क्यान्सरका चिकित्सकलाई बाहिर प्राक्टिस गर्न दिने विषयमा यहाँले बहुतै ध्यानाकर्षण गराउ“दै क्यान्सर अस्पतालप्रतिको चासो राख्नुभएको हो । तर, त्यतिखेरको समयमा सायद म ठीक थिए“ सर । क्यान्सर अस्पताल डाक्टरविहीन नगराउन त्यो आवश्यक थियो । अन्यथा, माफ गर्नु नै हुनेछ ।
कार्यक्रम सकिएपछि खानपान र पुस्तक किन्ने काम भैरहेको थियो । गफगाफ चल्नु स्वाभाविक हो । अनि, कतिपय चाहिँ पढ्दै थिए प्रदीप नेपालज्यूको भूमिका– प्रस्तुत संग्रहमा सबैखाले औषधिहरु राखिएका छन् । चितवनको एउटा चोकबाट आरम्भ भएको यो निबन्धयात्रा म्यानमार (बर्मा) र कोरियासम्मको फन्को मारेर आउँछ । यति हुँदाहुँदै पनि यसलाई ती फन्कोहरुमा बुझ्नु उपयुक्त हुँदैन । सबै निबन्धहरु चितवन, क्यान्सर उपचारविधि र चितवनवरपरका साहित्यिक गतिविधिमा केन्द्रित रहेका छन् । अझ खोलेर भन्ने हो भने यो चिरफारलाई चितवन जिल्लाको जनआन्दोलन भाग–२ को चिरफार भनिदिँदा पनि हुन्छ । निबन्धकै भाकामा भन्ने हो भने जनआन्दोलन भाग–२ मा भरतपुरे सत्याग्रही आन्दोलनको दस्तावेज र भरतपुर क्यान्सर अस्पतालका कर्मचारीहरुको भूमिका भनिदिँदा अन्यथा हुँदैन । भरतपुर क्यान्सर अस्पतालका कर्मचारीहरु आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिरहँदा पनि आफ्नो सेवाग्राही कर्मलाई छोडेका रहेनछन् । यसलाई कर्मचारी समुदाय, कुनै पनि आन्दोलनमा संलग्न हुँदाको सकारात्मक शिक्षाका रुपमा लिनु राम्रो हुन्छ । र, ‘चिरफार’मा ठाडो राजनीतिक चर्चामात्र छैन, चितवनको राजनीति र साहित्यिक गतिविधिमा कहिल्यै बिर्सन नहुने आनन्ददेव भट्टको तस्वीर खिचेजस्तो भाषाको परिचय पनि यहाँ छ ।
प्रदीप नेपालज्यूले अगाडि लेख्नुभएको छ– आफ्नो चिरफारमा डाक्टर थापाले व्यक्तिको जिम्मेवारी, समूहको दायित्वका बारेमा मह¤वपूर्ण कुराहरु पस्किनुभएको छ । दायित्व भनेको कुनै एउटा ठूलो मान्छेको मात्र हुँदैन, साना भनिने नागरिकहरुले पनि आफ्नो हिस्साको जिम्मेवारी वहन गर्नुपर्छ भन्ने सन्देश प्रस्तुत निबन्धसंग्रहको एउटा मह¤वपूर्ण शिक्षा हो भन्ने मलाई लाग्दछ । ‘थारुहरुलाई सलाम’ शीर्षकको चाहिँ उल्लेख गर्न मन लाग्यो, किनभने यसमा राष्ट्रियताको पक्षपोषण गरिएको छ । मुलुकको बौद्धिक समुदायको निम्छरोपनमाथि प्रहार गरिएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि शिक्षित व्यक्तिले अर्काको दौराको पुच्छर नसमाउने हो भने नेपाल अहिलेको भन्दा सुन्दर एवम् समृद्ध हुन्छ भन्ने सन्देश यो निबन्धसंग्रहले दिएको छ ।
यति गहन विचार र अभिव्यक्तिसहित आप्mना भावनाहरु राखिदिनुहुने वरिष्ठ साहित्यकार, राजनीतिज्ञ सञ्जय थापा, उर्फ प्रदीप नेपालज्यूलाई मुरीमुरी आभार र धन्यवाद दिन चाहन्छु ।
यस निबन्धसंग्रहमा खासगरी क्यान्सर अस्पताल, यसका छिमेकी र छिमेकीसँगको यसको सम्बन्ध, यससँग सम्बन्धित केही घटनाक्रमहरु लगायत यस अस्पतालका राष्ट्रिय योगदानसहित न्यूरो सर्जरीको यात्रा, ब्रेन ट्युमरमा भिडियो एक्स–रे को प्रयोग तथा साहित्यकारहरु मोदनाथ प्रश्रित, आनन्ददेव भट्टसँग सम्बन्धित निबन्धहरु पनि समाविष्ट छन् । एक सय अठचालीस पृष्ठ भएको पुस्तकको आवरणमा जनआन्दोलन–२ को चितवनको अभूतपूर्व जुलुसको झल्को छ भने सिरानमा लेखिएको छ– ‘दुई खुट्टा टेक्दैमा मानिस होइँदैन । मान्छे हुनलाई कम्तीमा दुईवटा गुण चाहिन्छ, लाज र इमान ।’
सबैले किन्न र सुरक्षित राख्न सकून् भनेर आकर्षक मोहडा भएको यो किताबको मूल्य पनि कम नै राखिएको छ । आफूलाई त आप्mनो सिर्जना राम्रो लाग्ने नै भयो, तर अहिलेसम्म आएको फिडब्याकमा किताब समग्रमा धेरै राम्रो भएको पाइएको छ, अरु त पाठकहरुले नै मूल्यांकन गर्नुहुनेछ । तर बिर्सनुहोला है, यस्तो ऐतिहासिक किताब पढ्न र जोगाएर राख्न ।
(न्यूरो सर्जन)
Discussion about this post