भरतपुर । नेपाल पत्रकार महासंघ चितवन शाखाको आइतवार बसेको कार्यसमितिको वैठकले फागुन २१ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । महासंघ शाखाका अध्यक्ष जनक अर्यालको अध्यक्षतामा बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न समितिहरु गठन गरेको छ ।
अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष जनक अर्यालको संयोजकत्वमा कार्यसमिति र सल्लाहकारसमेत रहेको मूल आयोजक समिति गठन गरिएको छ ।
यसैबीच पत्रकार गोविन्दराज विनोदीको संयोजकत्वमा पत्रकार डीआर पोखरेल र अधिवक्ता राजकुमार श्रेष्ठ सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको छ । हरेक अधिवेशनमा शाखाले प्रदान गर्दै आएको तिलचन्द साँखी पत्रकारिता पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तिको छनौट गरी कार्यसमितिमा सिफारिस गर्न उपाध्यक्ष रमेशकुमार पौडेलको संयोेजकत्वमा सल्लाहकार कृष्ण गिरी र सभासद ईश्वर जोसी रहेको समिति गठन गरेको छ ।
अधिवेशनका लागि आर्थिक व्यवस्थापन गर्न कोषाध्यक्ष कृष्णचन्द्र भट्टराईको संयोजकत्वमा होमनाथ सापकोटा, विश्वास पौडेल, नारायण अधिकारी, शालिग्राम नेपाल, शान्ता अधिकारी, नवराज ढकाल र सूर्यप्रकाश कँडेल रहेको आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
भोजन व्यवस्थापन समितिमा कार्यसमिति सदस्य प्रविण दत्त संयोजक र सदस्यहरुमा सन्तकुमार चौधरी, अमृता गुरुङ, ईश्वरी अधिकारी रहेका छन् । मञ्च व्यवस्थापन समितिमा कार्यसमिति सदस्य मोहन बस्याल संयोजक र प्रतिमा सिलवाल सदस्य रहेका छन् ।
अतिथि स्वागत सत्कार समितिको संयोजकमा अध्यक्ष जनक अर्याल र सल्लाहकारहरु कृष्ण गिरी र दिनेशकुमार थपलिया रहेका छन् । स्टेशन तथा मायाको चिनो व्यवस्थापन समितिको संयोजकमा कार्यसमिति सदस्य विनोदबाबु रिजाल र सदस्यमा मदन विश्वकर्मा रहेका छन् ।
सचिवालय व्यवस्थापन समितिको संयोजकमा सचिव राधेश्याम खतिवडा र सदस्यमा सविता श्रेष्ठ रहेका छन् । यसै अधिवेशनका अवसरमा शाखाको भवन उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
Discussion about this post