नारायणगढ । चितवनको कुरिनटारबाट गोर्खाको मनकामनासम्म सञ्चालन हुँदै आएको मनकामना केबलकार शनिबार बन्द गरियो ।
शनिबार अत्याधिक भिड हुने भए पनि सञ्चालकप्रति शोक व्यक्त गर्न शनिबार एक दिनका लागि केवलकार बन्द गरिएको हो । नेपालमै पहिलोपटक केबलकार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालिका सञ्चालक लक्ष्मणबाबु श्रेष्ठको निधन भएपछि उहाँप्रति शोक व्यक्त गर्न केवलकार बन्द गरिएको केवलकारका स्टेशन म्यानेजर डिएन कायस्थले जानकारी दिनुभयो ।
उहाँको ७७ वर्Èको उमेरमा यही फागुन १ गते निधन भएको थियो । लामो समयदेखि मृगौला रोगबाट पीडित उहाँको उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन भएको परिवारले जनाएका छन् । उहाँले २०५५ सालमा चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको बाटो छोट्याउँदै केवलकार स्थापना गर्नुभएको थियो ।
Discussion about this post