ADVERTISEMENT
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
७ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

राष्ट्रपति, उपराष्ट्रपतिको अनुमोदन अन्योलमा

by चितवन पोष्ट
२०७० फाल्गुन ४, आईतवार ०३:५६ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा (एमाले) बीच मन्त्रालय बाँडफाँटमा उत्पन्न विवादका कारण राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन संविधानसभाबाट अनुमोदन गराउनेलगायत सहमति कार्यान्वयन गराउने  कार्य अन्योलमा परेको छ ।
दुई दलबीच गत माघ २६ मा भएको सातबुँदे सहमतिमा वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्ततता दिन संविधानससभाबाट अनुमोदन गर्ने तथा संविधानसभाबाट पारित संविधान सार्वजनिकीकरण भएपछि उक्त संविधान प्रारम्भ हुनुअघि संविधानसभा÷व्यवस्थापिका–संसद्बाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभाका अध्यक्ष एवं उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्ने उल्लेख छ ।
साथै बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ र ताजा जनादेशको मूल मर्म र भावनाबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान एक वर्षभित्र निर्माण गर्ने सहमति दुई दलबीच भएको थियो तर सरकार विस्तारको झमेलाका कारण संविधान निर्माणलगायत अन्य सहमतिको कार्यान्वयनमा प्रतिकूल असर पर्ने देखिएको छ ।
सो सहमतिका आधारमा काँग्रेस  सभापति एवं संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भएपछि गृह मन्त्रालयको जिम्मेवारी कुन दलले पाउने भन्ने विषयमा विवाद चर्केपछि अन्य सहमति अन्योलमा परेको हो । सरकार विस्तारमा ढिलाइ हुँदा संविधानसभाको अध्यक्षको निर्वाचनका कार्यक्रम पनि पछि परेको छ । राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट पुनः अनुमोदन गराउन अन्तरिम संविधानमा संशोधन गर्नुपर्ने हुन्छ ।
नेपालको अन्तरिम संविधान, २०६३ व्यवस्थाअनुसार नयाँ संविधान जारी नहुन्जेल राष्ट्रपति र उपराष्ट्रपति पदावधि कायम रहने छ । एमालेले संविधानसभाको अर्काे निर्वाचन भइसकेकाले ती पदमा पनि नयाँ निर्वाचन हुननुपर्ने अडान राख्दै आएको थियो । काँग्रेस त्यसको विपक्षमा उभिएको थियो । सोका कारण नयाँ सरकार गठनमा समेत ढिलाइ भएको थियो ।
सहमतिको कार्यान्वयनका लागि तत्कालीन सरकारका तर्फबाट व्यवस्थापिका–संसद्मा संविधान संशोधनको विधेयक प्रस्तुत गर्ने विश्वास एमालेका नेताहरुले गरेका थिए । काँग्रेसका नेताहरुले भने नयाँ सरकारले सो विधेयक प्रस्तुत गर्ने जनाउनुभएको थियो तर मन्त्रिपरिषद् विस्तार हुन नसकेका कारण सो संशोधनको विषय चर्चाबाट ओझेल पर्न थालेको छ । दुई दलको सहमतिलाई असंवैधानिक छ भन्दै संसद्मा तेस्रो र चौथो स्थानमा रहेका एमाओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विरोध गरिसकेका छन् ।
पूर्वसभामुख दमननाथ ढुङ्गाना तोकिएको समयमा संविधान बनाउन दुई दलबीच हुने सहमतिलाई सकारात्मक अर्थमा लिनुपर्ने ठान्नुहुन्छ । उहाँले रासससँग कुरा गर्दै राजनीतिक सहमतिका आधारमा सबै कार्य हुनुपर्ने बताउनुभयो । उक्त सहमतिबारे हालसम्म राष्ट्रपति कार्यालय पनि अनभिज्ञ छ । राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले सो सहमतिबारे कार्यालयलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले संविधान संशोधन भई सो सहमतिको कार्यान्वयन भएमा राष्ट्रपति कार्यालयलाई शिरोधार्य हुने छ भन्नुभयो ।
काँग्रेसका नेता डा प्रकाशशरण महत मन्त्रालय वितरणका बारेमा देखिएको असमझदारी अन्त्य नभई सहमति कार्यन्वयनका अन्य बाँकी बुँदाको कार्यान्वयन स्वाभाविकरूपमा पछि परेको बताउनुहुन्छ ।
नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली काँग्रेस र एमालेबीचको वर्तमान विवादलाई समाधान चाँडै हुने विश्वास व्यक्त गर्दै त्यसपछि अन्य कार्य अघि बढ्ने धारणा राख्नुहुन्छ । उहाँले सोमबारसम्ममा दुई दलबीच उत्पन्न विवादको टुङ्गोे लाग्ने अपेक्षा गर्नुभयो । रासस

Related Posts

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

कांग्रेसद्वारा सीमा विवाद सम्बन्धमा यथार्थ स्थिति सार्वजनिक गर्न माग

वडा स्तरमा हुने प्रदर्शनका लागि काँग्रेस चितवनले तोक्यो प्रतिनिधि

Discussion about this post

अन‌ि यो पनि

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते
प्रमुख समाचार

भण्डारा दुर्घटना : बस चालकको मृत्यु, १५ घाइते

भरतपुर । पुर्वी चितवनको राप्ती-५ भण्डारामा मंगलबार राति बस र ट्रक ठोक्किँदा बस चालकको मृत्युु भएको छ ।  ट्रक चालक...

Read more
भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

भण्डारामा बस र ट्रक ठोक्किँदा चालकहरु गम्भीर घाइते

दुर्घटनाबाट मंसिरमा १३ जनाको मृत्यु : साँझको समयमा बढी दुर्घटना : ट्राफिक प्रहरी

सवारी दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In