अब गृहमन्त्रालय दिए पनि नजाने

अन‌ि यो पनि

काठमाडाँै । नेकपा (एमाले)का सचिव एवम् वार्ता टोलीका सदस्य विष्णु पौडेलले नेपाली काँग्रेसले सहमति तोडेको भन्दै प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारमा एमाले जाने ढोका बन्द भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले काँग्रेसले सहमति तोडेर सुरुवातमै धोका दिएको भन्दै अब गृहमन्त्रालय दिए पनि एमाले सरकारमा नजाने बताउनुभयो । सचिव पौडेलले सरकारमा जाने विषयमा अब काँग्रेससँग वार्ता पनि हुन नसक्ने स्पष्ट पार्दै एमालेलाई उपप्रधानसहित गृह दिने विषयमा वार्ता टोली र शीर्ष नेताको तहमा सहमति भएको र आवश्यक पर्दा सहमतिको प्रमाण देखाउनसमेत तयार रहेको उल्लेख गर्नुभयो ।
पार्टीले सरकारलाई दिएको समर्थन सरकारको कामको आधारमा रहने नरहने भन्ने निष्कर्र्षमा पुग्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘राम्रो काम गरे समर्थन कायम रहन्छ नराम्रो काम गर्न थाले  फिर्ता हुन्छ ।’
सचिव पौडेलले सुवास नेम्वाङलाई सभामुख बनाउने सहमतिबाट पनि काँग्रेस पछि हट्न सक्ने आशङ्का गर्दै आफूहरु सातबुँदे सहमति पूर्णरुपमा कार्यान्वयन गर्ने पक्षमा रहेको र आफूहरु सरकारमा नगए पनि संविधानसभा सञ्चालन नियमावाली बनेको  एक वर्षभित्र संविधान जारी गर्न भने प्रतिबद्ध रहेको बताउनुभयो । रासस

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया