–गजेन्द्र चालिसे
तिमी केही प्रश्न राख्दिनथ्यौ, तर पनि म जवाफ दिन्थेँ । म बुझ्छु तिम्रो हरेक इच्छा र चाहनाहरु । सबै कुराहरु बोलेर मात्रै सुन्न सकिन्छ भन्ने छैन नि ! तिमी नबोलेरै पनि धेरै प्रश्न गथ्र्याै, तर म जवाफ दिन सक्दैनथेँ । तर पनि मैले तिमीलाई बुझेको छु । तिमीले नभने पनि तिमी के चाहन्थ्यौ, त्यो मैले महसुस गरिसकेको थिएँ । आज एकैपटक यति धेरै प्रश्नहरु मेरो अगाडि ल्याइदियौ । म तिम्रा हरेक प्रश्नको जवाफ दिन सफल हुनेछु, किनकि आजसम्ममा तिम्रोे मायाले मलाई त्यतिसम्मको बनाइसकेको छ । तिमीले कति कुराहरु हामी एकापसमा सँगै हुँदा पनि नभनेर ठीक गरेकी थियौ । जतिबेला भन्यौ अनि मलाई लाग्न थाल्यो, तिमी मलाई साँचो प्रेम गर्दी रहिछौ । यदि अहिले तिम्रोे अगाडि हुन्थेँ भने त मेरो के हुन्थ्यो होला ? आज मलाई रत्तिभर पनि दुःख लागेको छैन, किनकि तिमी मेरो साथमा छौ । सधैँभरिलाई न्यानो माया दिइरहने छौ भन्ने कुरामा पनि म विश्वस्त छु । मलाई त तिम्रो मायाले यति बलियो बनाइसकेको छ भने तिमी झन् किन आफ्नो मन कमजोर बनाउँछौ ? तिमीलाई त पहिल्यैदेखि थाहा छ नि, म तिमीलाई कति माया गर्छु भनेर ।
हुन त, तिमीले केही बोल्नु आवश्यक नै थिएन । हो, तिमीले मलाई यस्ता यावत् कुराहरु नभने पनि म तिम्रा कुरा सजिलै बुझ्न सक्छु । तिमीभित्रको अज्ञानीपना म राम्रोेसँग बुझ्न सक्छु । त्यसैले त म आफूलाई तिमीभित्र देख्न चाहेको हुँ । हो, मैले तिमीलाई बुझ्ने प्रयास नगरीकन नै बुझ्न सकेँ । यहाँनेर म मख्ख छु, किनकि कसैको भावनालाई बुझ्ने काम त्यति सजिलो पनि त छैन । तिमीले पनि त बुझेकी छौ नि, मेरा इच्छा र चाहनाहरु । त्यही भएर यस शीर्षकमा सफलता प्राप्तिका लागि निरन्तरताको आवश्यकता छ भन्ने महसुस गरिरहेकै हुँ ।
तिमीभित्रको कमजोरी त केही दिनअगाडिदेखि नै मैले थाहा पाइसकेको थिएँ । तिमी देखाउन खोज्दैनौ नि हकि, यस्ता कमजोरीहरु ? मेरो खुसीको लागि हाँसेजस्तो मात्रै गरेको कयौँपटक मैले आफ्नो मनमा अनुवाद गरेको छु । तिमी देखिरहेकी थियौ र मलाई चिन्ता लागेको थियो कि कतै म दुःखी भएको बाहिर देखिएको त छैन भनेर । उडिरहेको विमानले तिमी भएको आकाश छोड्दै गर्दा तिमीलाई फेरि एकपल्ट टाढाबाट भए पनि देख्न मन ग¥यो । तर, कहाँ पाउनु र हकि, तिम्रोे शाश्वत् नजरपान गर्न ? यी कोरा कल्पना शाश्वततामा बदल्न असम्भवप्रायः नै थियो । सबै कुरा हामीले चाहेको जस्तो हुनेभए आज तिमी र म यति टाढा भएर बस्नुपर्ने थिएन होला । दुःख र चिन्ताको त कुरा नगर, मनमा कति थियो भनेर । नितान्त ऐकान्तिक बन्द कोठामा तिम्रा झलझल मोहोडाहरु मेरा मानसपटलमा सल्बलाई रहन्थे । तिम्रोे स्मृतिले अतिशय कराप्दा भित्ता कोपरुँजस्तै के–के तानाबाना मनभरि खेल्ने गर्थे ।
यदि तिम्रोे प्रेम सच्चा छ भने मेरो अनुपस्थिति र दूरदेशको बसाइँका क्रममा दुई भौतिक शरीर समुद्रवारि र समुद्रपारि भएर बिताइरहनु पर्दाको तिक्तताको क्षणमा तिमीले एक्लो भएको महसुस गर्नुको सिवाय अरु कुनै विकल्प छैन । आखिरमा असल प्रेम यो पनि त हो नि, हैन र ? प्रेम गर्नेहरु सबै सफल हुन्छन् भन्ने पनि छैन । सधैँ सँगै बस्नुको मज्जा पनि हुँदैन होला । छुट्टिएर भेट्नुमा जति मजा हुन्छ, भेट्टिएपछि छुट्टिनुमा हुँदैन होला । मभित्रको न्यानो मायाले तिमीलाई सधैँ पछ्याइरहन्छ । पातहरु झरेपछि नै नयाँ पालुवा पलाउँछ, जसले निरन्तर साथ पनि दिन्छ । तिम्रोे आशाको अगाडि म निरीह बनेको छु । तिम्रोे साथका लागि हाम्रो अर्थात् मेरो सबै कुरा बलियो हुनु जरूरी छ । तिमी मलाई भेट्दाको एक्लोपन र अहिलेको एक्लोपनमा फरक महसुस गर्नेछौ भन्ने मेरो चाहना हो । नभएर एक्लो र भएर एक्लो हुनुमा केही फरक छ होला । किनकि, मभित्र तिमी छौ र तिमीभित्र म छु । उसो त, म पनि एक्लो छु नि हकि ?
तिम्रोे माया मलाई सधैँ यस्तै रहिरहोस् र सधैँ साथ पाउन सकूँ भन्ने मेरो चाहना हो । हाम्रोे भविष्य सफल बनाउनका लागि म यहाँ लागिपरिरहेको छु भन्ने कुरा तिमीले भुल्नेछैनौ । अब तिम्रोे साथ मलाई यति प्यारो छ कि संसारमा सबै खुसीहरु फिक्का लाग्नेछन् । अब केही समय तिमीले पनि हाम्रोे भविष्यका लागि खर्चनु पर्ने हुन्छ । अब हामीले आफ्नो बाटो बनाउने समय आइसकेको छ । जुनदिन तिमी र म सफल हुनेछौँ, त्यतिबेला म त्यो खुसीको कल्पना पनि गर्न सक्दिनँ । तिम्रोे त्यो न्यानो अँगालोमा मजाले बेरिने छु अनि तिमीलाई कहिल्यै एक्लै छोड्नेछैन । तिम्रोे मायाले मलाई कहिल्यै टाढा जान नसक्ने गरी अशक्त बनाउने छ । त्यतिबेला तिम्रोे साथबिना म चल्न नसक्ने ह्वीलचियरजस्तै अनुभव गरिरहने छु । एकअर्काको बलियो शतिm बनेर ……। तिम्रोे कुनै संसारमा अटाउन नसकेको मायालाई म एक्लै लिनेछु अनि सोच्नेछु, म कति भाग्यमानी छु है भन्दै र मख्ख पर्दै बुरूक्क उफ्रिने छु । अनि आकाश छुने छु, खुसीले त्यतिबेला । म विश्वस्त छु, तिमी मेरो साथ एक पल पनि भुल्नेछैनौ र कोसिस पनि गर्नेंछैनौ, अनि त्यो स्वर्णिम पल र त्यो प्रेमिल स्थान अरु कसैले लिन सक्नेछैन । मैले चिरेको दिल मैले फेरि फिर्ता गर्नुपर्ने छैन ।
तिम्रो शालीनता अनि सुन्दरता त्यो कुनै बनावटी छैन । त्यसैले त निस्कन नसक्ने गरी नानीमासुमा गोपिएको छ अगाध माया । निकाल्न खोज्यो भने सधैँका लागि मासंपेशी नै बिग्रन्छ जस्तो लाग्नेगरी आफ्नै नानीमासुसँग टाँसिएझैँ अनुभूत भैरहेको छ । तिमी निकै ज्ञानी छौ । तिमी मैले भनेका कुरा सजिलै बुझ्न सक्छौ, यसको मतलब कि तिमी मलाई आफूलाई के भन्दा राम्रोे हुन्छ भन्ने कुरा बुझाउन सकेकी छौ । म टाढा हुनुमा तिमी र म सँगै हुनका लागि सहजता हुन्छ भन्ने कुरा तिमी बुझ्नेछौ । म बाटो सोझो पार्दैछु । तिमी त्यही बाटो आउने छौ । कुनै दिन अवश्य पनि सँगै हिँड्नुछ, हामीले मेहनत गरेर बनाएको फूल नै फूलको बाटोमा र सँगै लिएर पनि जानुछ, हाम्रा केही प्रियजनलाई……।
आत्मीय साथी भएपछिको प्रेमसम्बन्ध परिपक्व हुन्छ जस्तो महसुस हुन थालेको छ । एकअर्कोका हरेक कुरा प्रायः थाहा छ । तिमी ज्ञानी छौ नि ? फेरि पनि किन जिद्दी गर्छौ ? अहिलेको समयमा काम कतिसम्म आफ्नो लागि फाइदाजनक छ भन्ने कुरा अगाडि आउँछ । समस्या त्यति ठूलो होइन । समस्यालाई नै चाहना बनाएर काम गर्ने गर । म सधैँ त्यो ठाउँमा तिम्रो साथमा हुनेछु । अब हाम्रोे कामको क्षेत्र पनि समान बनाउनु आवश्यक छ । उसो त, हामी हिँड्ने गोरेटो सधैँ समानजस्तो छ, जसले गर्दा हाम्रा पछिल्ला दिनहरुमा तय गरी हिँड्नुपर्ने यात्रालाई रसिक र सहज बनाउने छ भन्ने आशा पालेर बसेको छु । त्यो ठाउँमा म छु अनि मेरो आत्मीय न्यानोपन पनि छ, यदि तिमीले भनेजस्तै हो भने । अब तिमीले बुझ्यौ हौली, तिम्रोे प्रेमप्रस्ताव मैले अन्तःस्करणबाट नै स्वीकार गरिसकेको छु ।
Discussion about this post