भरतपुर । अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र पत्रकार महासंघ चितवन शाखाबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा अनेरास्ववियु विजयी भएको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पसको खेल मैदानमा भएको निकै रोमाञ्चक प्रतियोगितामा अनेरास्ववियुले पत्रकारको टीमलाई ३÷१ गोलले पराजित गरेको हो । खेलको पहिलो हाफमा पत्रकार टीमका रमेश रानाले १ गोल गर्दै टोलीलाई अग्रता दिए पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको अनेरास्ववियुले तीन गोल ग¥यो ।
अनेरास्ववियुका तर्फबाट सहनसिंह लामाले २ र शंकर केसीले एक गोल गरे । पत्रकार टीमका गोलकिपर राजु चौधरीले निकै उत्कृष्ट बचाउ गरे पनि हार टार्न भने सकेनन् । अनेरास्ववियु वीरेन्द्र बहुमुखी क्याम्पसले माघ २६ गतेदेखि सुरू गरेको जिल्लास्तरीय अन्तरकलेज फुटबल प्रतियोगितामा शनिबारबाट क्वाटरफाइनल खेलहरु सुरू हुने भएका छन् ।
आज हुने खेलमा वीरेन्द्र बहुमुखी क्याम्पस बी र बालकुमारी कलेज नारायणगढबीच प्रतिस्पर्धा हुने खेल संयोजक निरज भट्टले जानकारी दिए ।
Discussion about this post