• गृह पृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन
11 12 19, Wednesday
30 °c
Narayani
27 ° Wed
28 ° Thu
25 ° Fri
25 ° Sat
Chitwan Post
No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व
No Result
View All Result
Chitwan Post
No Result
View All Result

सरकार आफ्नै गुणगान गाउन उद्यत छ : गोविन्द गौतम

केशव भट्टराई

चितवन पोष्ट
May 23, 2019
अन्तर्वार्ता
सरकार आफ्नै गुणगान गाउन उद्यत छ : गोविन्द गौतम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विसं २०२५ पुस १२ गते जन्मिएका गोविन्द गौतम राजनीतिक र सामाजिक क्षेत्रमा लोकप्रिय नाम हो । रत्ननगर-१२ घेघौलीमा स्थायी बसोबास गर्ने उनी सधैँ सामाजिक सरोकारका विषयमा चासो र चिन्ता राख्छन् । पञ्चकन्या माविमा विद्यार्थी जीवनमै बीपीको भाषण सुनेर र नेल्सन मन्डेलाले काला र गोराबीचको विभेद हटाउन खेलेको भूमिका अध्ययन गरेर प्रजातन्त्रिक व्यवस्थाप्रति आकर्षित भएका उनी निष्ठाको राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्छन् । नेपाल ल क्याम्पस काठमार्डौँबाट कानुन विषयमा स्नातक गरेका उनी ०३६ सालको जनमतसंघर्ष, सत्याग्रह हुँदै हरेक लोकतान्त्रिक आन्दोलनहरुमा अग्रपंक्तिमा रहेर आन्दोलनलाई उचाईमा पु¥याउन मह¤वपूर्ण भूमिका खेल्दै आएका छन् ।
०४६ सालको जनआन्दोलनमा अग्रज नेताको कमाण्डमा आन्दोलनको उभार थप्नेक्रममा काठमाडौँमा पक्राउ परेका उनी एकसाता बग्गीखाना जेलमा बसे । यस्तै, ०६२/६३ को जनआन्दोलनमा पनि चितवनमा एक महिना आँपटारीमा बन्दी जीवन भोगे । त्यसबेला जेल यातना भोग्नेमा उनी चितवनमा दोस्रो नम्बरमा थिए । स्थानीय निकायको निर्वाचनमा रत्ननगर नगरपालिकाको मेयरका प्रत्याशी रहेका उनी दुइृ कार्यकाल तरुण दलको नगर सभापतिमा निर्वाचित भए । क्षेत्रीय संयोजक हुँदै जिल्ला कार्यसमितिको सहसचिव र सचिवालय सचिवको भूमिका निर्वाह गरिसकेका उनी हाल जिपी फाउन्डेसनको क्षेत्र नं १ का संयोजक रहेर आफ्नो अभियान जारी राखेका छन् । स्पष्टवक्ता र सामाजिक न्यायका लागि कटिबद्ध स्थानीय कांग्रेस नेता गौतमसँग चितवन पोष्ट दैनिकका सहसम्पादक केशव भट्टराईले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ ।

१) तपाईं स्थानीय निकायमा मेयरको प्रत्याशी पनि हुनुहुन्थ्यो । प्रत्याशी वा प्रतिपक्षीका दृष्टिले स्थानीइ निकायको करिब दुई वर्षको मूल्यांकन कसरी गर्नुभएको छ ?

–स्थानीय निकायको निर्वाचनमा जुन ढंगले नेपाली कांग्रेसले जित्नुपथ्र्यो, दुर्भाग्य जित्न सकेन । कम्युनिस्टले जसरी जनताको सामाजिक न्याय, विकासको पहुँच र जीवनशैलीमा परिवर्तन ल्याउने प्रतिबद्धता गरेको थियो । त्यसको प्रतिफल भेटिएको छैन । नेकपाले जेजसरी घोषणापत्र ल्याएको थियो, त्यो अपेक्षा पूरा हुन सकेको छैन । जनताको पहुँच पुगेको छैन । स्थानीय निकायले गर्नुपर्ने कामकारबाही निकै कमजोर छ । स्थानीय निकायमा गरिएका पदपूर्तिहरु मनोमानी ढंगबाट भएका छन् । सार्वजनिक सूचना जारी गरेर कर्मचारीहरुको पदपूर्ति गर्नुपर्नेमा स्थानीय निकाय कार्यकर्ता भर्ती केन्द्रजस्तो बन्न पुगेको छ । पारदर्शी ढंगले कामकारबाही हुन सकेको छैन । पारदर्शी नहुनु आफैँमा ठूलो अनियमितता हो । यस्तै करोडौँ रुपैयाँ बेरुजु बढेको छ । जनप्रतिनिधिले मनोमानी ढंगले खर्च गर्ने प्रवृत्तिले बेरुजु बढेको हो । यसमा इमान्दारिताको पनि खाँचो देखिएको छ ।

२) कांग्रेस जिम्मेवार प्रतिपक्ष नभएकै कारण कम्युनिस्ट सरकारले प्रतिफल दिन नसकेको हो कि ?

सम्बन्धितसमाचार

मधुमेहमा पनि नेपाल दुई ढुङ्गाबीचको तरूल नै हो : डा. भोजराज अधिकारी

ऊँ भनेरमात्रै धर्म हुँदैन, काम गर्नुपर्छ : शैलेन्द्रकुमार पिया

‘नसर्ने रोगहरुको बिनाऔषधि उपचार गछौँ’

–कांग्रेस स्थानीय तहदेखि केन्द्रसम्म नै एउटा जिम्मेवार प्रतिपक्षको भूमिका देखाउँदै आएको छ । सुरूवातका दिनमा कांग्रेस चुनावी नतिजाका कारण केही मौन भएको हो । त्यसपछि कांग्रेसले जनतालाई राहत हुनेगरी आफ्नो जिम्मेवारी निभाउँदै आएको छ । अस्वाभाविक कर वृद्धिबारे जनतामा जागरण ल्याउने काम कांग्रेसले उठाएको हो, त्यो पनि रत्ननगर नगरपालिकाबाट । रत्ननगर नगरपालिकाले अस्वाभाविक कर वृद्धि गरेपछि त्यसको विरोधमा चरणवद्ध आन्दोलनका घोषणा भए । त्यसले देशभर नै कर वृद्धिविरुद्ध आवाज उठायो । जनताको जीवनस्तर नउकासी कर वृद्धि गर्नु घातक कुरा हो भन्ने कुरा हामीले जनसाधारणमा अभियानका रुपमा पु¥याउन सक्यौँ । अन्ततः कर घटाउने विषयमा सबै जनता एकजुट भए । र, कांग्रेसकै नेतृत्वमा कर वृद्धि पुनरावलोकन गरी अस्वाभाविक कर घटाउन सफल भयौँ । कांग्र्रेस जिम्मेवार प्रतिपक्ष भएको ज्वलन्त उदाहरण हो यो ।

३) सरकारले प्रतिपक्षीलाई ‘के निहुँ पाऊँ कनिका बुकाऊँ’ भनेर विरोधकै लागि विरोध गरेको आरोप लगाउँदै छ नि ?

–हेर्नुस्, सरकारले के गरिरहेको छ भन्ने कुरा आमजनताले प्रत्यक्ष महसुस गरिसकेका छन् । हामी विरोधका लागि मात्रै विरोध गरिरहेका छैनौँ । ओली सरकार सत्तामा आएपछि जनताको जीवनमा घाम लाग्ला, समृद्ध नेपालको परिकल्पनामा सहयोग पुग्ला भनेर हामीले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्ने लागेको थियो । तर, ओली सरकारले त जनजीविकासँग सरोकार राख्ने सवालमा त कुरै छाडौँ । भ्रष्टाचारलाई संस्थागत गर्ने काम ग¥यो । विकास निर्माण र जनचासोका विषयमा सरकार निकम्मा सावित भइसक्यो । बाइडबडी, बूढीगण्डकी परियोजना, ३३ किलो सुनकाण्ड, बालुवाटार जग्गा प्रकरणजस्ता काण्डैकाण्डहरु छताछुल्ल भए । सामाजिक सद्भाव बढाउनुभन्दा हत्याहिंसा, बलात्कार, अनियमितता, बेथिति र विकृतिहरु बढोत्तरी हुँदै गए । निर्मला पन्तजस्ता बालिकाहरुले न्याय पाउन सकेनन् । हाम्रा संस्थापक नेता कृष्णप्रसाद भट्टराईले देख्नुभएको काठमाडौँका जनतालाई मेलम्चीको पानी खुवाउने सपना अलपत्र अवस्थामा रोकिएको छ । तल्लो तहदेखि नै अनियमितताका प्रकरणहरु बढेर गएका छन् । अनि सरकारको यस्तो रमिताबारे मुख खोल्दा विरोधका लागि विरोध कसरी हुन्छ ?

४) कम्युनिस्ट सरकारको डेढ वर्षको मूल्यांकन कसरी गर्नुभएको छ ?

–वर्तमान सरकारको शैली हेर्दा नै यो सरकार जनताप्रति उत्तरदायी छैन । जनताको अधिकार कण्ठित हुँदै गएको छ । लोकतन्त्रको प्रतिफलका रुपमा सरकारले जनताका लागि जे दिनुपर्ने हो त्यो दिन सकेको छैन । सरकार आफ्नै गुणगान गाउन र आफैँले आफ्नो प्रचार गर्न उद्यत छ । एउटा उत्तरदायी सरकार पारदर्शी ढंगले चल्नुपर्छ । घोषण गरेअनुसार शून्य सहनशीलताको सिद्धान्तबमोजिम चल्नुपर्छ । अनियमितता आफू पनि गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने ओली सरकारले एकपछि अर्कोरुपमा बढ्दै गएको भ्रष्टाचारको श्रृंखला रोक्न सकेको छैन । यो सरकारसँग न जनताको विश्वास छ, न त कुनै भरोसा नै । सरकार जनताप्रति जनउत्तरदायी बन्न सक्नुपर्छ । किनभने जनता नै सर्वोपरि हुन् । जनतालाई रैती ठान्ने शासकीय मनोवृत्ति कम्युनिस्ट सरकारमा हावी भइरहेको छ, आफूलाई मालिक ठान्ने परम्परावादी सोचको अन्त्य नभएसम्म यो सरकारले आफ्नै गुणगान गाएर मह¤वपूर्ण अवसर गुमाउँदैछ ।

५) सरकारले मिडिया काउन्सिल विधेयक संसद्मा प्रस्तुत गरेको छ । तपाईं कानुनका विद्यार्थीका नाताले यो विधेयकबारे के भन्नुहुन्छ ?

–जहाँ स्वतन्त्र प्रेस हुँदैन, त्यहाँ लोकतन्त्र रहँदैन । त्यसैले स्वतन्त्र प्रेस लोकतन्त्रका लागि अपरिहार्य कुरा हो । जहाँसम्म सरकारले मिडिया काउन्सिल विधेयक संसद्मा प्रस्तुत गरेको सन्दर्भ छ, यो सरकारको स्वेच्छाचारिता हो । मिडियामाथि अंकुश लगाउने गरी सरकारले प्रायोजितरुपमा उक्त विधेयक ल्याउन लागेको हो । जसको चौतर्फी विरोध पत्रकार र यससँग सम्बन्धित सरोकारवाला निकायले गरिसकेका छन् । पत्रकारहरुको पेसागत हकहितको विषयमा साझा संस्था नेपाल पत्रकार महासंघ र पत्रकार तथा सञ्चारसंस्थालाई नियमन गर्ने निकाय नेपाल प्रेस काउन्सिल अस्तित्वमै छ । पत्रकारहरुलाई आचारसंहिता सिकाउन यी दुवै संस्था आफैँमा काफी छन् । जबकि स्वतन्त्र प्रेसलाई मौलिक अधिकारकै रुपमा संविधानमै व्यवस्था गरिएको छ । एउटा जीवित संस्था रहँदारहँदै र संविधानमै स्वतन्त्र प्रेसको व्यवस्था हुँदाहुँदै सरकारलाई मिडिया काउन्सिल किन चाहियो ? यो प्रेसलाई कुण्ठित गर्न दुईतिहाईको सरकारले ल्याएको झेली विधेयक हो । नियन्त्रणमुखी पे्रस कहिल्यै स्वतन्त्र हुनसक्दैन । यो विधेयक तत्काल फिर्ता हुनुपर्छ ।

६) कांग्रेसको जागरण अभियान कहाँ पुग्यो ?

–कांग्रेसले देशभरिका सबै तह र निकायमा प्रारम्भिक चरणको अभियान वैशाख २५ गतेदेखि सुरू गरेको छ । अग्रज र युवा पुस्ताबीचमा समन्वय गर्न र गाउँ र नगरस्तरसम्म देखिएका तीता र नमिठा अनुभव र अनुभूतिहरुलाई बिर्सेर एकताबद्ध र सुदृढ कांग्रेस बनाउन कांग्रेसको जागरण सुरू भएको हो । लोकतन्त्रको ममं र भावनाअनुसार जनजनमा कांग्रेसको सुदृढीकरण गर्न गाउँगाउँमा पुग्ने काम भइरहेको छ । यसले कांग्रेसमा देखिएको गुपउपगुटको समस्या पनि समाधान हुने विश्वास मैले लिएको छु । अग्रज नेताहरुले पनि सुदृढ कांग्रेस बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । चितवनमा अग्रज नेताहरुले पनिा जनजागरण अभियानबाट कांग्रेसको सबै किसिमका गुटउपगुटको अन्त्य गरी सवल र सुदृढ कांग्रेस स्थापनाका लागि चासो र चिन्ता व्यक्त गर्नुभएको छ । गुटमा होइन जुटेर नै कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्न सक्छ । आगामी दिनमा कांग्रेस नेतृत्वको जनउत्तरदायी सरकार बनाउन पनि कांग्रेसजन एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन । अहिलेको आवश्यकता पनि त्यही हो । गुटउपगुट त्यागेर जुटेर आगामी रणनीति बनाउन सकिए कांग्रेसको भविष्य सुनिश्चित छ । त्यसो भए संसारको कुनै शक्तिले पनि कांग्रेस परास्त गर्न सक्दैन ।

७) तपाईं जीपी फाउन्डेसनको क्षेत्रीय संयोजक हुनुहुन्छ । यो फाउन्डेसनले कस्तो गतिविधि गर्दैछ ?

–कांग्रेसका जिम्मेवार र अग्रज नेतृत्वहरुसँग समन्वय र बृहत छलफल गरी जीपी फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ । कांग्रेसभित्र देखिएका चुनौतीपूर्ण अवस्थालाई पहिचान गर्ने लक्ष्यले यो संस्था गठन भएको हो । यसको लक्ष्य र उद्देश्य भन्नु नै पार्टीलाई एकताको सूत्रमा आवद्ध गर्ने र दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको योगदान र उहाँले देखाउनुभएको सहकार्य, सहमति र एकताको सन्देशलाई जनतामा लैजाने नै हो । आँखा खुलेदेखि आँखा नचिम्लिएसम्म देश र जनताको स्वतन्त्रता र अधिकार रक्षाका निम्ति संघर्ष गर्दै आउनुभएका श्रद्धेय नेताको मार्गदर्शनलाई अवलम्बन गर्ने अभिप्राय फाउन्डेसनको हो । उहाँको विचार र दृष्टिकोण भावीपिंढीलाई बुझाउन पनि यस संस्थाले आफ्नो भूमिका निभाइरहेको छ । राणाकालदेखि निरंकुश पञ्चायत हुँदै विभिन्न आन्दोलनहरुमा अग्रणी भूमिका खेलेर शान्ति, विकास र लोकतन्त्रका पक्षमा उहाँले खेल्नुभएको भूमिका दक्षिण एसियामै ठूलो मह¤व राख्छ । त्यसैले परिवर्तनको संवाहक नेता जिपी कोइरालाले विरोधीहरुलाई समेत विश्वासमा लिएर शान्ति प्रक्रियामा ल्याउनेदेखि जीवनको उत्तराद्र्धमा पनि उत्तिकै उत्साह र साहस प्रदान गर्ने उहाँको योगदानलाई जीवन्त तुल्याउन यस संस्थाले आवश्यक राजनीतिक तथा सामाजिक गतिविधि गर्ने छ ।

ताजा समाचार

मोसो दलिएका वडाध्यक्षलाई फूलमालाले सम्मान

मोसो दलिएका वडाध्यक्षलाई फूलमालाले सम्मान

यामाहाको महामेला टाँडीमा

हत्या आरोपमा चार जना पक्राउ : मोबाइलको कल डिटेलबाट समातिए अपराधी

छ महिनामा छ सय फरार आरोपित पक्राउ

छिट्टै धनी हुने मानसिकताले भ्रष्टाचार बढ्यो

चितवन जिल्ला अदालतले भन्यो – ‘२५ सय वर्ष कैद भुक्तान बाँकी’

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

कुटपिटमा संलग्नविरूद्ध जाहेरी, गाउँमा विरोध सभा, वडा अध्यक्षले दर्ता गराए नौलो मुद्दा

सम्पर्क

चितवन पोष्ट, दैनिक समाचार पत्र
नारायणगढ, चितवन

फोनः ०५६-५७१४९२

फ्याक्स: ०५६-५७११२०

इमेल: [email protected]

Chitwan Post Epaper
  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • कला
  • खेलकुद
  • साहित्य
  • स्वास्थ्य
  • पाठक पत्र
  • प्रविधि
  • विश्व

© २०१९ चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक