ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

जनयुद्ध गर्छौः उपाध्यक्ष गजुरेल

by चितवन पोष्ट
२०७० फाल्गुन २, शुक्रबार ०२:२१ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले जनयुद्ध जारी रहेको भन्दै त्यसलाई माओवादीले निरञ्न्तरता दिएको बताएका छन् । उनले जनुयुद्ध जारी रहे पनि आर्मी पुलिससँग भने नलड्ने बताए ।

बिहीबार भरतपुरमा आयोजित माओवादी जनयुद्धको १९ औँ वर्षगाँठ तथा आठौं जिल्ला सम्मेलनमा गजुरेलले जनयुद्धको स्वरूपमा परिवर्तन आएको बताए । ‘पहिले हामीले गरेको जनयुद्ध र अहिले हामीले गर्ने जनयुद्धमा फरक छ’, उनले भने, ‘उबेला हामी आर्मी पुलिससँग लड्यौँ, अब हामी आर्मी पुलिससँग लड्ने छैनौँ ।’
२०५२ सालको परिवेश र अहिले २०७० सालको परिवेश फरक रहेको भन्दै अबको जनयुद्ध राष्ट्रिय शक्तिका विरूद्ध नभई अन्तर्राष्ट्रिय शक्तिका विरूद्ध हुने उनले बताए । ‘हिजो हाम्रो दुस्मन सामन्ती राजसंस्था थियो, त्यसको सुरक्षा आर्मी पुलिसले गरेका थिए, र उनीहरुसँग लड्नुपर्ने हाम्रो बाध्यता थियो’, उनले भने, ‘अहिले हाम्रो दुस्मन फेरिएको छ, हामी अहिले राष्ट्रियताका लागि विदेशी हस्तक्षेपका विरूद्ध लड्छौँ, त्यसमा आर्मी पुलिसको पनि साथ रहनेछ ।’
माओवादीले सञ्चालन गरेको जनयुद्ध कति सही र कति गलत भन्ने सन्द्रर्भमा  उपाध्यक्ष गजुरेलले जनयुद्ध आफँैमा गलत नभए पनि त्यसलाई गलत ढंगले अवतरण गराइएको आरोप लगाए । ‘जनयुद्ध गलत होइन, हुँदैन पनि, के एउटी आमाले राम्रो बच्चा पाउँछु भन्नु गलत हो’, उनले प्रश्न गर्दै भने, ‘बच्चा राम्रै थियो, अब डाक्टरले नै गर्भपतन गराई दियो त आमाको के दोष ?’
उनले प्रचण्ड बाबुरामलाई जनयुद्धको खलनायक भएको आरोप लगाए । ‘जसले बच्चा राम्रोसँग जन्माइदिनुपथ्र्यो, उसले गर्भ तुहाइदियो’, उनले भने, ‘अब एउटा डाक्टर गलत भयो भन्दैमा हामी अस्पताल नै नजाने त ?, जाने तर डाक्टर चिनेरमात्र ।’
एक फरक प्रसङ्गमा उपाध्यक्ष गजुरेलले माओवादी संविधानसभाको विरोधी नभएको भन्दै नाममात्रको खोस्टो संविधानको विरोध गरेको बताए । ‘हामीले संविधानका लागि बलिदानी गरेका छौँ, हामी संविधान विरोधी होइनौँ’, उनले भने, ‘तर हामीले संविधानका नाममा एक थान खोस्टो संविधानको विरोध गरेका हौँ, यदी त्यस्तो संविधान आए अर्को दिन देशभर जलाउने छौँ ।’
उनले अहिलेको संविधानसभाबाट जनताको संविधान नबन्ने भन्दै जनताको संविधानका लागि संविधानसभाको निर्वाचन बहिष्कार गरेको माओवादी उपाध्यक्ष गजुरेलले बताए । ‘संविधान कहिँकतै बन्दै होला, त्यसलाई उल्था गर्न मात्र बाँकी छ’, उनले भने, ‘दुई तिहाई कांग्रेस, एमाले, राप्रपा र परिवर्तन विरोधी शक्तिको आएको छ, संविधान जारी गर्न एक वर्ष पनि लाग्दैन ।’
माओवादी पनि संविधानसभाको निर्वाचनमा सहभागी हुने चाहना राखेको भए पनि संविधानसभामा माओवादीलाई समावेश गराउन नचाहेका कारण समस्या भएको उनले बताए । ‘हामीलाई थाहा थियो, यथास्थितिमा संविधानसभाको निर्वाचनमा गएको भए यही नतिजा आउँछ भनेर । त्यसैले हामीले चारवटा माग राख्यौँ’, उनले भने, ‘तर अन्तिम समयमा आएर त्यसलाई रोक्ने काम गरियो ।’
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार तथा कम्युनिष्ट आन्दोलनका धरोहर जगत श्रेष्ठलाई सम्मान गरिएको थियो । अधिवेशनका उद्घाटनसत्र पार्टीका जिल्ला इञ्चार्ज गुणराज लोहनीको अध्यक्षतामा भएको थियो । अधिवेशनले नेकपा माओवादीको नयाँ जिल्ला समिति चयन गर्नेछ । आठांै जिल्ला सम्मेलनले ८५ सदस्यीय जिल्ला समिति चयन गर्नेछ ।

Related Posts

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

ओली प्रतिगमन उन्मुख : पोखरेल

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा अवरोध नआएको जिकिर

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

रुपन्देही । सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सयम निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ ।...

Read more
चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

चितवनमा सवारी दुर्घटना : छ महिनामा ५८ जनाको मृत्यु

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

उपभोक्ता संरक्षण ऐन परिमार्जन गर्न किराना व्यवसायीको माग

अम्ब्रेला स्ट्रीटमा आन्तरिक पर्यटक बढ्दै

चितवनमा कोरोना : ४१ हजारको परीक्षण, १६ प्रतिशतमा संक्रमण, दुई प्रतिशतको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In