ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नागरिक पलायनको दीर्घकालीन असर

by चितवन पोष्ट
२०७० फाल्गुन १, बिहीबार ०१:४३ गते
in विचार
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

वीरेन्द्रमणि पौडेल
दुनियाँमा कहीँ, कतै नभएको अचम्मको घटना नेपालमै हुन्छ जस्तो लाग्छ । नेपाल प्रहरी संगठनमा हालैमात्र एउटा अपत्यारिलो घटना पत्याउनै पर्ने बाध्यताका बीच सार्वजनिक भयो । विकास अधिकारी नाम गरेका प्रहरी सहायक निरीक्षकलाई प्रहरी संगठनले कमान्डो तालिमका लागि विदेश पठाउने निर्णय ग¥यो । त्यस प्रकारको तालिममा जान पाउने व्यक्तिलाई इज्जत प्राप्तिका हिसाबले निकै भाग्यमानी ठानिन्छ, तर अचम्मै भयो । ती प्रहरी सहायक निरीक्षक अधिकारीले तालिममा नजाने बताएर सबैलाई अक्क न बक्क पारिदिए । भएको के रहेछ भने ती असईले अमेरिकी भिसा पाउनका लागि प्रक्रिया अगाडि बढाएका रहेछन् र अन्तिम पटकको मौखिक परीक्षाका लागि उनी आफैँ उपस्थित हुनुपर्ने अवस्था रहेछ । उनले जागिरै माया मारेर त्यो मौखिक परीक्षामा सामेल हुन चाहे । प्रहरी संगठनले दिएको जिम्मेवारी र आदेश पालना नगर्दा जागिरै जान सक्छ भन्ने कुरा उनले नबुझेका पनि होइनन् । यति थाहा पाउँदापाउँदै पनि उनले तालिममा जान अस्वीकार गरे । प्रहरीको जागिरमा इज्जत छ, दुई–चार रूपैयाँ भने पनि तलब–भत्तास्वरुप पाइन्छ । अरुलाई सुरक्षा दिन खटिने व्यक्ति आफैँ सामान्यतः अरु नागरिकभन्दा सुरक्षित पनि रहन्छ । बर्दीमा एकतारा टाँसेर जनताको माझमा जाँदा फूर्तिफार्ती पनि बेग्लै हुन्छ । अहिले पनि अरु पेसा र जागिरभन्दा नेपाल प्रहरी संगठनमा प्रवेशका लागि मान्छेहरु मरिहत्ते गर्छन् । सत्य÷असत्य के हो, निक्र्यौल भइसकेको छैन ।
भन्नलाई भनिन्छ कि प्रहरी संगठनमा सिपाही पदमा पुग्न झन्डै एक लाख रूपैयाँ खुसुक्क कतै बुझाउनुपर्छ । असईका लागि पाँच लाख र इन्स्पेक्टरका लागि दस लाखसम्म टेबुलमुनिबाट लिनेदिने गरिन्छ र शक्तिशाली मान्छेकहाँ त्यो रकम पु¥याइन्छ, बाँडचुँड गरेर त्यो दाम हाम गरिन्छ । यस्तो महँगो र इज्जतदार जागिरको माया नगर्नुलाई चानचुने बलिदान भन्न पनि सकिन्न । यति भइकन ती असईले आफ्नो जागिर धरापमै पारेर पनि अमेरिकी भिसाका लागि जाँच दिन जाने तर तालिममा नजाने कुरा गरे । प्रहरीको बर्दीमा रहेको एक नेपाली नागरिकलाई असक्षम नागरिक भन्न कुनै कोणबाट पनि मिल्दैन । यी नागरिकलाई सक्षम नागरिकका रुपमा लिनैपर्छ । हिजोआज मात्रै नेपाल प्रहरी संगठनका उपल्ला तहका अफिसरहरु पनि विदेश पलायन भएको खबर सार्वजनिक भएको छ । कुनै नेपालमा छँदा डिभी चिट्ठा भरेर विदेश पलायन भएका छन् त कुनै अफिसर शान्ति मिसनमा जाने र उतैबाट अर्को देश हाम फाल्ने र पलायन हुने गरिरहेका छन् । लटरपटर दर्जाको पनि होइन, डिआईजी शारदा पराजुलीलगायत एसएसपी र एसपी अनि डिएसपी र इन्स्पेक्टरसम्मका थुप्रै प्रहरी कर्मचारीहरु पलायन भएका रहेछन् । यस्ता योग्य नागरिकहरु जो नेपाली जनतालाई शान्ति सुरक्षा दिने जिम्मेवारी लिएर बसेका थिए, तिनै पलायन भए । यो घटना सामान्य घटना होइन । यसले निरन्तरता पायो भने एकातर्फ शान्ति सुरक्षाको स्थिति डरलाग्दो हुन्छ भने अर्कोतर्फ बिस्तारै–बिस्तारै जन्मभूमिलाई भन्दा विदेशलाई माया गर्ने प्रवृत्तिको विकास हुन्छ र कालान्तरमा मुलुकमा केही समय वृद्धवृद्धा र बालबालिका मात्रै बाँकी रहन्छन् । अनि, त्यसको केही समयपछि मुलुकै बेवारिसे अवस्थामा पुग्छ र टुंगिन्छ पनि ।
यहाँ पलायनबारे चर्चा प्रहरीको मात्रै गरियो । कुमार लामा नाम गरेका एक नेपाल आर्मीका उपल्ला कर्मचारी बेलायतमा पक्राउ पर्दा उनले पनि ग्रीनकार्ड पहिल्यै लिइसकेको बुझियो । मुलुक रक्षाको जिम्मेवारी  लिएका नेपाल आर्मीका ती जिम्मेवार कर्मचारीले विदेश बस्ने अनुमतिपत्र पहिल्यै ठीकठाक पार्नुजत्तिको लाजमर्दो स्थिति अरु के हुन सक्ला ? तिनले मात्रै त्यो काम गरेका हुन् कि अरुले पनि त्यही तरिकाले विदेश बस्ने मेसो मिलाएका छन् ? आजसम्म कसैले छानबिन प्रक्रिया अगाडि बढाएको छैन । सुनिन्छ, नेपाली निजामती कर्मचारीका पनि उपल्ला तहका कर्मचारीहरु बहाल रहँदैमा विदेश घुम्न जान्छन् र विकसित मुलुकमा स्थायी रुपले बसोबास गर्न मेसो मिलाउँछन् । यस्ता केही उदाहरणहरु विगतमा फेला परिसकेका छन् । स्वास्थ्य क्षेत्रतर्फका जनशक्तिहरु समेत धमाधम पलायन भएको खबर प्राप्त भएका छन् । नेपाली डाक्टर शंका गरिएजत्तिको पलायन नभए पनि नर्सको भने ठूलो संख्या बेलायत, अस्ट्रेलियालगायतका मुलुकमा सदाका लागि भासिएको खबर प्राप्त भएको छ । पढ्ने बहानामा नेपाली विद्यार्थीहरु अमेरिका, बेलायत, अस्ट्रेलिया र जापान गएका छन् । हजारौँहजारको संख्यामा गएका विद्यार्थीहरुमध्ये दुई प्रतिशत पनि फर्केर आएका छैनन् । चौहत्तर जिल्लाका मान्छेले काठमाडौँको एयरपोर्टतिर फर्केर हेर्दा देख्नेछन्, दैनिक सयौँको संख्यामा हवाईजहाज चढ्दै गरेका नेपाली युवायुवतीहरु । तिनले नेपालमा काम पाएनन् । काम गर्न चाहनेलाई काम उपलब्ध गरिएन । काम गर्न नचाहनेको अर्थै रहेन । नेपालमै काम गर्नुपर्छ भन्ने सन्देश दिन सरकारले सकेन । भएका उद्योगधन्दा प्रायः सबै बन्द गरिए । किन बन्द गरिए र कसले बन्द ग¥यो, कसैलाई ठीक तरिकाले थाहा छैन । देशै रित्तो पार्ने तरिकाले काठमाडौँ एयरपोर्टबाट दैनिक सरदर १२०० जना युवायुवतीहरु विदेश गइरहेका छन् । गाउँमा अब त बूढाबूढी र बालबालिका मात्रै देखिन थालेका छन् । कोही बिरामी भयो, अस्पताल लगिदिने मान्छे छैन । कोही म¥यो, सद्गत् गर्न मलामी छैन । बूढाबूढीले लास बोक्न सक्ने कुरा भएन, बच्चाले बोक्न सक्ने कुरै आएन ।
काठमाडौँ एयरपोर्टबाट लस्कर लागेर विदेश जानेहरुको कुरा बेग्लै भयो, खुला सिमानाबाट छिमेकी मुलुक भारततिर लागेको मान्छेको लर्को देख्दा रूनै मन लाग्छ । कहाँ जाँदैछन् हाम्रा युवायुवती ? भन्ने प्रश्नको जवाफ हुन्छ– विदेशीहरुका लागि काम गरिदिन । दुई–चार हजार होइन, लाखौँलाख नेपालीहरु भारतमा भाँडा माझेर बसेका छन् । चौकीदारी गरेर नुन–भुटुन कमाइरहेका छन् । त्यसरी विदेशीको सेवा गर्न बाध्य भएका नेपालीहरु कति मारिन्छन्, कति सिमानामा लुटिन्छन्, कति पिटिन्छन्; त्यसको कुनै लेखाजोखा छैन, गन्ती यकिन छैन । भन्नेहरुले भन्दैछन्, छिमेकी मुलक भारतमा मात्रै स्थायी र अस्थायी रुपमा काम गर्दै र बस्दै आएका नेपालीको संख्या ७५ लाख छ । भारतलाई छाडेर अन्य देशमा गएका नेपालीको संख्या ३६ लाख छ । एक करोडभन्दा बढी नेपाली नेपालबाहिर छन्, त्यो पनि मेहनत मजदुरी गरेर खानका लागि । योभन्दा लाजमर्दो अवस्था अर्को के हुन सक्छ ?
संसारका अरु देशमा नियम छ, कानुन छ । तिनका नागरिक अर्को देशमा गए भने सम्बन्धित देशको सरकारलाई पूरै जानकारी हुन्छ । मेरो देशको फलानो नागरिक फलानो देशमा गएको छ भन्ने जानकारी तिनलाई हुन्छ । बिनापासपोर्ट तिनका नागरिक कतै जाँदैनन् । अन्य देशमा घुम्न वा कुनै कामविशेषले गएका आफ्ना नागरिकलाई केही अप्ठ्यारो प¥यो भने सम्बन्धित देशको सरकार वा राजदूतले तुरून्तै चासो र चिन्ता लिन्छन् । आफ्ना नागरिकलाई उनीहरु अमूल्य सम्पत्ति ठान्छन् । एउटा अमेरिकी नागरिक नेपाल घुम्न आउँदा तल–माथि भयो भने अमेरिकी राजदूतावास सक्रिय भइहाल्छ । आफ्नो नागरिकको खोजी आफैँ गर्छ र हाम्रो देशको सरकारलाई पनि आफ्नो नागरिक खोजिदिन र आवश्यक सहयोग गर्न अनुरोध गर्ने खालको आदेश दिन्छ । तर, विडम्बना ! आफ्ना नागरिकलाई विदेशमा भाडामा लगाएर दाम कमाउने सोचाइ राख्ने नेपाल सरकार आफ्ना नागरिकहरु कहाँ–कहाँ छन्, केही जानकारी राख्दैन । बम्बैका वेश्यालयमा कति नेपाली चेली नारकीय जीवन बिताइरहेका छन्, त्यसको हिसाब नेपाल सरकारसँग छैन । माइती नेपाल वा त्यस्तै नामको कुनै सामाजिक संस्थाले भनिदियो भने बेग्लै कुरा, होइन भने नेपाल सरकार जानकारशून्य छ । साउदी अरेबियाका अस्पताल हातामा जोडिएका मुर्दाघरहरुमा सयौँको संख्यामा नेपाली युवाका लासहरु बाकसमा कुहिएर थन्किएका छन्, त्यसको यकिन तथ्यांक नेपाल सरकारसँग छैन । तिनले जिउँदो छँदा नेपाल पठाएको रकमले मुलुकको अर्थ व्यवस्था धान्नेहरुको मन कस्तो होला, जुन मनले ती नेपाली लासहरुलाई नेपाल ल्याएर जलाउने, गाड्नेसमेत गर्दैन !
मर्न त सबै मान्छे पालैपालो मर्छन् नै । देखियो, पेटभरि अन्न खान नपाउने शक्तिखोरका चेपाङ मरेको देखियो । सबै शानसौकतवाला राजा वीरेन्द्र मरेको पनि देखियो । देशलाई माया गर्ने पृथ्वीनारायण, जंगबहादुरहरु पनि मरे । मौका मिले देश बेच्नेहरु पनि मर्नेछन््, तर सवाल कहाँ मर्ने र कसरी मर्ने भन्नेचाहिँ मह¤वपूर्ण हुन्छ । फरक पनि त्यहीँनेर छ । आज बिस्तारै–बिस्तारै विभिन्न पेसाका जिम्मेवार भनिएका नेपाली नागरिकहरु विदेश पलायन भएर मुलुकलाई जिउँदै मारेर आफू विदेशी भूमिमा मर्न गएका छन् । उनीहरु त्यहाँ मर्नेछन्, बाँकी यहाँ पालैपालो मर्नेछन् । नेपाली नागरिकहरु विदेश पलायन भइरहेको यो अवस्थाको अन्त्य गर्नेे हो भने नेपाल नेपालकै रुपमा अनन्त कालसम्म रहिरहने छ । यदि यही अवस्थालाई निरन्तरता दिने हो भने यसको परिणाम दर्दनाक हुनेछ । दर्दनाक अवस्था स्वदेशमा वा विदेशमा बसेर हेर्न, सुन्न पर्नेहरुलाई भने पश्चात्ताप मात्रै हुनेछ ।
अब भन्न यतिमात्रै सकिन्छ– नेपाल सरकार, नागरिक पलायन रोक । मिले रोक, नमिले कानुन बनाएर पनि रोक र जसरी पनि रोक । चाहे रोजगारी दिएर रोक, दिन नसके बेरोजगार भत्ता दिएर भए पनि रोक । कम्तीमा अस्पताल पु¥याउने र घाटसम्म लास पु¥याउने मान्छे बाँकी राखिदेऊ । सरकार, सरकारैजस्तो बनेर प्रस्तुत भइदेऊ ।

Related Posts

नवलपुरका फरार २३ अभियुक्त पक्राउ

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

अनुसन्धानका तीन आँखा र नागरिक कर्तव्य

शरीरमा नुनको आवश्यकता र मात्रा असन्तुलनमा देखा पर्ने असर

विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]

विद्यार्थी परामर्शका प्रमुख विषय [लक्ष्मणरेखा]

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In