परासी । नवलपरासीबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध कुखुराका चल्ला बरामद गरेको छ ।
सशस्त्र प्रहरीको परासी वेसक्याम्पले बुधबार जिल्लाको हकुइबाट करिब रु २० लाख बराबरको १५ हजार कुखुराका चल्ला बरामद गरेको प्रहरी नायब उपरीक्षक खेमबहादुर थापाले बताउनुभयो ।
भारतबाट ल्याउँदै गर्दा सशस्त्रले कुखुराका चल्ला बरामद गरेको हो । बरामद गरिएका चल्ला पशु क्वरेन्टाइनको रोहवरमा नष्ट गरिएको छ । विगत एक महिनादेखि नवलपरासीमा भारतबाट भित्रिएका कुखुराका चल्ला प्रहरीले बरामद गर्दै आएको छ ।
Discussion about this post