ADVERTISEMENT
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
२ माघ २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कालिगण्डकी यात्रा आजबाट

by चितवन पोष्ट
२०७० फाल्गुन १, बिहीबार ०१:३४ गते
in समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

‘पुरातात्विक स्थल र धार्मिक पर्यटकको खोजी’  [divider]
नारायणगढ । नेपालका पुरातात्विक स्थल संरक्षण र धार्मिक पर्यटकको सम्भावनालाई खोजी गर्न कालिगण्डकी यात्रा आज बिहीबारदेखि सुरू हुँदै छ । तनहुँको देवघाटधामबाट सुरू हुने यात्रा ४५ दिनमा कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्डमा पुगेर सकिने बुधबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आयोजक ‘कालीगण्डकी यात्रा’ नामक संस्थाले धार्मिक प्रर्यटनसँगै सो क्षेत्रको गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले यात्रा गर्न लागेको जनाएको छ । यात्रा विभिन्न तीन चरणमा पूरा गरिने संस्थाका संस्थापक नवीन पाण्डे क्षेत्रीले जानकारी दिए ।
यात्राको प्रथम चरणअन्तर्गत बिहीबार विहान देवघाटदेखि सेतीवेणी धामसम्मको हुनेछ । त्यस्तै, दोस्रो चरणअन्तर्गत सेतीवेणी धामदेखि म्याग्दीको धाँसा र तेस्रो चरणको कार्यक्रमअन्तर्गत घाँसादेखि कालीगण्डकीको उद्गमस्थल दामोदरकुण्डसम्म रहनेछ । प्रत्येक चरण १५÷१५ दिनको हुनेछ । यात्रीहरु पैदल नै उक्त दुरी पार गर्ने संस्थापक पाण्डेले जानकारी दिए ।
यात्रामा १५ यात्री सहभागी हुने बताइएको छ । यात्राका क्रममा यात्रीहरुले नवलपरासी, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्यादी, बाग्लुङ मुस्ताङ लगायतका स्थानमा पुग्ने छन् । कालीगण्डकी आफँैमा मन्दिर भएको र यसको संरक्षण गरी पर्यापर्यटन तथा धार्मिक पर्यटनको विकास गर्नुपर्ने आवश्यक भएको भन्दै यात्रा थालनी गरिएको संस्थापक पाण्डेले बताए ।
यात्रामा सहभागी बन्दोबस्त पोखराका कुलराज चालिसेले वेद र पुराण नै कालिगण्डकी भएको भन्दै कृष्णा (कृष्ण गण्डकी) सबैभन्दा ठूलो बेद र पुराण भएकोले कृष्णाको अध्ययनबाट सबै ज्ञान प्राप्त हुने बताए । अहिले लेखिएका वेदभन्दा कृष्णामा पढिने बेदमा धेरै फरक भएको भन्दै कृष्णाका शालीग्राममा लेखिएका वेद सही भएको उनले दावी गरे ।
कालिगण्डकीमा संसारमा नपाइने शालीग्राम पाइने भन्दै त्यसको संरक्षण गर्नुपर्ने चालिसेले जोड दिए । कालीगण्डकी प्रदूषित बन्दै गएको र अतिक्रमण बढ्दै गएको भन्दै उनले त्यसविरूद्ध स्थानीयले आवाज उठाउनुपर्ने बताए ।
यात्रालाई समेटेर पुस्तक तथा वृत्तचित्र निमार्ण गरी कालीगण्डकीको संरक्षण सम्वद्र्धन गर्ने आयोजकले जनाएको छ ।

Related Posts

अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

Discussion about this post

अन‌ि यो पनि

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम
अर्थ

भरतपुर सिटी हलको निर्माण कार्य धमाधम

भरतपुर । भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश बहुप्रतीक्षित आयोजना सिटी हल निर्माणको कार्य धमाधम हुन थालेको छ । उपयुक्त स्थानको...

Read more
अझै तीन दिन मौसम बदली हुने

अझै तीन दिन मौसम बदली हुने

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज

पिसिआरमा बढी रकम असुलेको आरोप : चितवनका दुई अस्पताल कारबाहीमा

बागलुङमा अझै स्थापना हुन सकेन पिसिआर प्रयोगशाला

कावासोतीको चक्रपथ सुस्त गतिमा

कावासोतीको चक्रपथ सुस्त गतिमा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In