नारायणगढ । चिवतनको नारायणी पुलबाट हाम्फालेर नदीमा बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ ।
हाम्फालेर नदीमा बेपत्ता भएका नवलपरासी गैंडाकोट–९ का ३५ वर्षीय विशाल रानाको शव छ दिनपछि मङ्गलपुरमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनको शव पश्चिम चितवनको मङ्गलपुर–५ स्थित काभ्रेघाटमा फेला परेको हो । यही माघ २३ गते अपराह्न उनी पुलबाट हाम्फालेर नारायणी नदीमा बेपत्ता भएका थिए । प्रहरीले राना मानसिक सन्तुलन ठीक नभएकाले हाम्फालेको अनुमान गरेको छ । रासस
Discussion about this post