भरतपुर । चितवन उद्योग संघको आयोजनामा आज बिहीबारबाट राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरू भएको छ । प्रदर्शनी स्थालमा आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिइयो ।
स्टल निर्माणदेखि लिएर स्टेज, बाल उद्यानलगायतको सम्पूर्ण काम सम्पन्न भएको मूल आयोजक समितिका संयोजक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस्तै, प्रदर्शनीअन्तर्गतको डान्सिङ स्टार–२०७० भोलि शुक्रबारबाट हुनेछ । प्रदर्शनीको विना विभागीय मन्त्री डा.रामशरण महतले औपचारिक समुद्घाट्न गर्ने कार्यक्रम तय भएको छ ।
प्रदर्शनी समुदघाट्नअघि संघको परिसरबाट झाँकीसहितको शोभा यात्रा निकालिने छ । शोभा यात्रा चितवन उद्योग संघको महोत्सव परिसरबाट सुरू भई बाइपास रोड, जिल्ला प्रशासन चोक, हाकिम चोक, चौवीसकोठी चोक, जिल्ला प्रहरी कार्यालय हुँदै पुनःप्रदर्शनी स्थलमा पुगी समुद्घाटन पुग्नेछ ।
तीन सय स्टल रहने संघका उपाध्यक्ष विष्णुहरि अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीका लागि करिव ७० लाख रूपैया“ खर्च लाग्ने अनुमान गरिएको छ । प्रदर्शनीमा करिव २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रचार–प्रसार समितिका संयोजक राजु पौडेलले जानकारी दिनुभयो । प्रदर्शनी अवलोकनका लागि सहुलियत दर रु.३० र अन्यका लागि रु.५० तोकिएको छ । प्रदर्शनीमा मनोरञ्जनका क्रियाकलापसमेत हुनेछ ।
राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति देखाउने छन् । प्रदर्शनी फागुन ८ गतेसम्म चल्नेछ ।
Discussion about this post