ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कोइराला सरकारबाट स्थानीय चुनावको आशा

by चितवन पोष्ट
२०७० फाल्गुन १, बिहीबार ०१:२९ गते
in राजनीति
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । नयाँ सरकार गठनसँगै चितवनका उद्योगी व्यवसायी उत्साहित भएका छन् । निजी क्षेत्रले नयाँ सरकार गठनसँगै लगानीमैत्री वातावरण बन्ने आशा पनि गरेका छन् ।
निजी क्षेत्रले स्थानीय चुनावको आशा पनि कोइरालाको सरकारबाट गरेका छन् । स्थानीय चुनाव सम्पन्न भएपछि विकास निर्माणको कामले तीव्रता पाउने र लगानी गर्न सकिने आशा निजी क्षेत्रको छ ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशीले यो सरकारबाट आफूले ठूलो आशा गरेको बताउनुहुन्छ । राजनीतिक दलले प्रतिबद्धता जनाएअनुसार एक वर्षभित्र संविधान जारी गर्न र स्थानीय निकायको चुनाव गराई आर्थिक समृद्धितर्फ ध्यान केन्द्रित गर्नुपर्ने अध्यक्ष जोशीको भनाइ छ ।
आर्थिक रूपले देश समृद्ध नभएसम्म राजनीतिक स्थिरता नरहने भएकाले अब बन्ने सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालका नीति ल्याउनुपर्ने जोशीले बताउनुभयो । आर्थिक रूपले देश समृद्ध बनेमात्र रोजगारीको अवसर मिल्ने उहाँको भनाइ थियो ।
दलका नेताले संविधान निर्माणसँगै आर्थिक पाटोलाई पनि अगाडि बढाउनुपर्ने जोशीको सुझाव छ । यस्तै चितवन उद्योग सङ्घका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोइरालाको नेतृत्वमा बन्ने सरकारले निजी क्षेत्रलाई थप उत्साहित गर्ने बताउनुभयो । ‘यो सरकारबाट निजी क्षेत्रले धेरै आशा गरेको  छ । आशामा तुषारापात नलागोस्, निजी क्षेत्रको प्रोत्साहन होस्’ उहाँले भन्नुभयो ।
स्वच्छ छवि भएका नेताका रूपमा कोइरालालाई चिनिने हँुदा आर्थिक समृद्धितर्फ विशेष गरी उहाँको ध्यान केन्द्रित हुने अधिकारीको विश्वास छ । संविधान निर्माण गर्न एकताबद्ध भए जस्तै राजनीतिक दलले आर्थिक एजेन्डालाई पनि आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष दीपककुमार कर्मचार्य तत्काल सरकारलाई पूर्णता दिई संविधान निर्माणतर्फ अघि बढ्नुपर्ने बताउनुहुन्छ ।
चितवनकै क्षेत्र नम्बर ४ बाट निर्वाचित कोइराला प्रधानमन्त्री बनेपछि आफूहरू थप आशावादी बनेको व्यवसायीले जनाएका छन् । प्रधानमन्त्री कोइरालाले आफूले चितवन छाडे पनि उहाँले आफ्ना मतदातालाई सक्दो सहयोग गर्ने बताउनुभएको छ ।

Related Posts

तपाईंको सबैभन्दा ठूलो क्षमता !

‘माडीको विकासमा कमी हुन दिन्नौँ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

‘दलहरुबीच समझदारी हुन्छ’

प्रतिनिधिसभा विघटन हुँदैन : सभामुख सापकोटा

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In