ADVERTISEMENT
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
३१ चैत्र २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

अध्यक्ष रेग्मीको सफलता

by चितवन पोष्ट
२०७० माघ २९, बुधबार ०३:०७ गते
in सम्पादकीय
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

मुलुकको राजनीतिक अस्थिरताबीच प्रधानन्यायाधीश खिलराज रेग्मीले मन्त्रिपरिषद् अध्यक्षको पदभार सम्हालेर सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेका छन् । मुलुकको संक्रमणकाल अन्त्य नभएपछि रेग्मीले बिग्रँदो राजनीतिक परिवेशमा मुलुकको बागडोर सम्हालेर संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेरै देखाइदिएका छन् । दोस्रो संविधानसभाबाट कांग्रेस सभापति सुशील कोइराला प्रथम निर्वाचित प्रधानमन्त्री भइरहँदा यसको ठूलो श्रेय अध्यक्ष रेग्मी तथा उनको मन्त्रिपरिषद्लाई नै दिनुपर्छ । २०६९ चैतबाट रेग्मीले चुनावी मन्त्रिपरिषद् सम्हाल्नुअघि मुलुकको अवस्था हेर्दा यति सजिलै नेपालको राजनीतिले अग्रगति लिने अवस्था थिएन । रेग्मी चुनावी मन्त्रिपरिषद्को अध्यक्षमा शपथ खाएदेखि नै निर्वाचन हुनै सक्दैन भन्ने आशंका सर्वत्र उब्जिएको थियो । नेकपा–माओवादीले ३३ दलको मोर्चा नै बनाएर निर्वाचन बिथोल्न हरसम्भव प्रयत्न गरेको थियो । उसले मतदाता नामावली संकलनदेखि नै आमजनतामा त्रास उत्पन्न गराए पनि रेग्मीले सोचेभन्दा राम्रो वातावरणमा काम गरेर आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको सिफारिसमा बहालवाला प्रधानन्यायाधीश रेग्मीले मन्त्रिपरिषद्को नेतृत्व गर्दादेखि नै शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै चर्को विरोध हुँदै आएको थियो । तर, रेग्मीले विभिन्न आरोप र कल्पना गलत सावित गर्दै देशको शासनभार निर्वाचित प्रधानमन्त्रीलाई सुम्पिएर नेपाल र नेपालीप्रति ठूलो गुन लगाएर बिदाइ भएका छन् । अध्यक्ष रेग्मीले नेपाली न्याय क्षेत्र र कर्मचारीतन्त्रमा सक्षम र इमानदार व्यक्ति रहेको समेत प्रमाणित गरिदिएका छन् । उनको योगदानको राष्ट्रले उच्च सम्मान गर्नुपर्छ । रेग्मीको योग्यता, इमानदारिता र राष्ट्रप्रतिको कर्तव्यबोधको कोइराला सरकारले कदर गर्न सक्नुपर्छ । रेग्मीले सत्ता हस्तान्तरण गरेपछि न्यायालय फर्कन्छन् कि फर्कंदैनन् भन्ने आमचासो पनि अब अन्त्य भएको छ । रेग्मीले आफ्नो कार्यकाल बाँकी नै रहे पनि बिदाइ सम्बोधनमा सार्वजनिक पदमा नफर्कने उद्घोष गरेर सबैको जिज्ञासा मेटिदिएका छन् ।
रेग्मीले आफ्नो जिम्मेवारी इमानदारितापूर्वक निर्वाह मात्र गरेका छैनन्, उनको नेतृत्वको सरकार अपेक्षाकृत सफल भएको छ । यसअघिका सरकार प्रमुखहरुको बहिर्गमन सुखद हुन नसकिरहेको अवस्थामा रेग्मीको सम्मानजनक रिहाइले आगामी दिनमा ठूलो अर्थ राख्नेछ । यसअघि सन्तनेता कृष्णप्रसाद कोइरालाबाहेक कुनै पनि प्रधानमन्त्री निवासबाट निष्कलंक बहिर्गमन हुन सकेको इतिहास थिएन । रेग्मीले त्यो निष्कलंक छवि पनि कायम गरेका छन् । रेग्मीले मंगलबार आफ्नो बिदाइ सन्देशमा आफ्नो सरकार बाध्यताको उपज भएको बताउँदै प्रधानन्यायाधीश पदबाट राजीनामा घोषणा गरेका छन् । सार्वजनिक रुपमा आलोचित हुँदाहुँदै पनि सुशासन, विकास निर्माण र मानवअधिकार रक्षाको काममा अधिकतम प्रयास गरेको उनले उल्लेख गरेका छन् । उनी सार्वजनिक पदमा नरहे पनि संविधान निर्माणका लागि रेग्मीले उल्लेख्य योगदान गर्न सक्नेछन् । राष्ट्रका लागि योगदान दिएका रेग्मीलाई संविधानसभामा मनोनयन गरी संवैधानिक समितिको जिम्मेवारी दिन सकेमात्र रेग्मीप्रति सम्मान तथा न्याय मिल्ने देखिन्छ ।

Related Posts

चैत २५ गते पत्रकार महासङ्घको निर्वाचन

जोखिमपूर्ण बन्दै विद्यालय क्षेत्र

Chitwan Post

बढ्दो दुर्घटना चिन्ताको विषय

Chitwan Post

सुरक्षित रहौँ, सचेतना अपनाऔँ

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीको आग्रह

भरतपुर । चैत २८ गते शनिबार राति ४० वर्षीय सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको सिराहाको लाहनमा गोली हानी हत्या गरी पसल...

Read more
इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

इजिप्टमा देश चिनाएर फर्किइन् अनुश्मा

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

रुखमाथि बनेको ‘घर’ ले आकर्षण थप्दै

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

राष्ट्रिय शक्ति नेपालको चितवनमा तदर्थ समिति गठन

उपचारका क्रममा कोरोना सङ्क्रमितको मृत्यु

चितवनमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In