ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

कोरियन कोपिला स्वास्थ्य परीक्षणमा क्रियाशील

by चितवन पोष्ट
२०७० माघ २९, बुधबार ०२:५१ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । उनले नेपाली बोलेको सुन्ने जो कोही उनलाई विदेशी नागरिक हो भनेर विश्वास गर्न गाह्रो पर्छ । मंगोलियन शरीर, गहूँ गोरो वर्ण भएकी उनले आफ्नो नेपाली नाम पनि कोपिला राखेकी छन् ।
‘म नेपाल आएपछि आफैले नेपाली नाम कोपिला राखें’, विगत एक वर्षदेखि भरतपुरमै स्वयम्सेवकका रुपमा कार्यरत ३१ वर्र्षीया ह्यान सोङ जोन आफ्नो नेपाली नामका बारेमा प्रष्ट्याउँदै थप्छिन्, ‘कोरियन भाषामा ह्यानसोङ भनेको फूल हो । त्यसैबाट मैले आफ्नो नाम कोपिला राखें ।’ फूलको कोपिला आफूलाई निकै मन पर्ने उनले बताइन् ।
कोपिला विगत एक वर्षदेखि रक्तसञ्चार केन्द्र भरतपुरमा स्वयम्सेवकका रुपमा काम गर्छिन् । ‘रगत संकलन, यसको गुणस्तर कायम गर्न र रगत संकलन पूर्वप्राथमिक स्वास्थ्य परीक्षण गराउन मैले सहयोग गरिरहेको छु’, कोपिलाले भनिन् । सन् २०१२ को नोमेम्वरमा नेपाल आएकी कोपिला रक्त संकलनलाई व्यवस्थित गराउने काममा क्रियाशील हुन्छिन् । बीएस्सी नर्सिङ अध्ययन पूरा गरेर नेपाल आएकी उनी मौका मिल्ने बित्तिकै भरतपुर अस्पतालमा रहेका स्वास्थ्यकर्मीहरुलाई बिरामीको स्याहारसुसार कसरी गर्ने भन्नेमा पनि प्रशिक्षण दिने गर्छिन् ।
‘रगत संकलनमा सहयोग पु¥याउनु मेरो दैनिक कार्य हो’, उनले भनिन्, ‘यसको अलवा कोरियामा सिकेको नर्सिङ पेसाको ज्ञानलाई मैले यहाँका नर्सिङहरुलाई पनि बाँढिरहेको छु र मैले यहाँबाट पनि धेरै सिकेको छु ।’
नेपाली भाषा सरर बोल्न सक्ने कोरियन युवती कोपिला, रगत संकलनका बेला गरिने परीक्षणहरु रक्तचाप, मधुमेह परीक्षणमा सक्रिय रहन्छिन् । अझै रगतको मात्रा परीक्षण गरिने होमोग्लोविनको परीक्षण पनि उनकै जिम्मामा पर्छ ।
‘उनले सिफारिस गरिन् भनेमात्रै अरुले रगत दिन पाउँछ’, कोपिलाको बारेमा प्रशंसा गर्दै रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले भने, ‘उनी आएपछि रक्तसंकलन र यसको गुणस्तरमा पनि सहयोग पुगेको छ ।’
नेपाल आएर पोखरा, बन्दिपुर, लुम्बीनी, पाल्पालगाएतका क्षेत्रमा घुमिसकेकी कोपिलालाई नेपालको सवैभन्दा मनपर्ने ठाउँ चितवन नै लाग्छ । ‘यहाँको खानेपानी राम्रो छ । मानिसहरु सहयोगी छन्’ उनले थपिन्, ‘म एक वर्षदेखि चितवनमै रहेका कारणले पनि होला मलाई चितवन मनपर्छ ।’
नेपालीहरुमा रहेको मित्रताको भाव साह्रै मन परेको पनि उनले सुनाइन् ।  कोपिला कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ‘कोइका’मार्फत नेपालमा स्वयम्सेवक हुन आइपुगेकी हुन् । अहिले कोइकाले उनी जस्ता एक हजार आठ सय कोरियनलाई विश्वका ४६ वटा देशमा स्वयम्सेविकाका रुपमा खटाएको छ ।
शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सूचना तथा सञ्चार प्रविधि आदि क्षेत्रमा कोरियन स्वयम्सेवकहरु कार्यरत छन् । छोटो समयमा नै आर्थिक विकास गरी विश्वकै आर्थिक रुपमा सवल राष्ट्रहरुमा पर्न सफल कोरियाका स्वयम्सेवकहरु कोरियाले गरेको आर्थिक विकासको अनुभव तथा ज्ञानलाई पनि विकसित देशहरुको सामाजिक तथा आर्थिक विकासमा सहयोग पु¥याई रहेका छन् ।
‘कोरिया पनि ५० वर्ष अघिसम्म आर्थिक रुपमा कमजोर थियो । विश्वकै कमजोर देशमा पथ्र्यो’, कोपिलाले थपिन्, ‘देश गरिव भएका बेला हाम्रा नागरिक अन्यत्र काम गर्न जान्थे, तर अहिले हाम्रो सिप र ज्ञान अरुलाई सिकाउन खटिन्छौँ ।’ कोपिला चितवन आएपछि रक्त सञ्चार केन्द्रमा प्राविधिक सहयोग पनि पुगेको छ ।
कोरियाको किया कम्पनीका इन्जिनियर ब्याङ्टेक जोनकी छोरी ह्यानसोङ अर्थात् कोपिला नेपालबाट फर्किएपछि पनि नेपाल आउने जाने गरी राख्ने प्रतिकृया दिन्छिन् । एक वर्षपछि स्वदेश फर्कदै गरेकी कोपिला थप्छिन्, ‘नेपालका हिमालय सुन्दर छन् । प्राकृत्तिक सुन्दरता राम्रो छ । यहाँ जुन सुकै क्षेत्रमा पनि स्वयम्सेवक भएर काम गर्न चाहनेहरु आउन रमाउँछन् ।’
फोटो क्याप्सनः केही दिनअघि प्रभात महिला बचत तथा ऋण सहकारी संस्थामा संस्थाकी पूर्वअध्यक्ष शान्ति अधिकारीको हेमोग्लोविन परीक्षण गर्दै कोरियन स्वम्सेवक कोपिला ।

Related Posts

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

Discussion about this post

अन‌ि यो पनि

खोप लगाउन आवश्यक सबैलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास
स्वास्थ्य

खोप लगाउन आवश्यक सबैलाई चरणबद्ध व्यवस्था मिलाइने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा...

Read more
पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In