रत्ननगर । चितवनमा सञ्चालित साक्षरता अभियानअन्र्तगत मंगलबार रत्ननगर नगरपालिकाको वडा नं.३ मा साक्षरता कक्षाको उद्घाटन गरेको छ । साक्षरता कक्षा सञ्चालन गर्ने जिम्मा पाएको नारी जागरण केन्द्रले आयोजना गरेको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले साक्षरता कक्षाको उद्घाटन गरेका हुन् ।
सो अवसरमा जिल्ला शिक्षा अधिकारी शर्माले चितवनका ३६ गाविस र २ नगरपालिकामा बस्ने सबै नागरिकलाई साक्षर बनाएर जिल्लालाई पूर्ण साक्षर बनाउने उद्देश्य रहेको बताए । रत्ननगरको वडा नं. ३ मा ६३५ जना निरक्षर रहेको र उनीहरुलाई २४ वटा कक्षा सञ्चालन गरेर पढाउने योजना बनेको कार्यक्रम संयोजक तथा नारी जागरण केन्द्रकी कोषाध्यक्ष मीना गिरीले जानकारी दिइन् ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रतिनिधि उर्मिला दाहाल, वडा सचिव कृष्णप्रसाद नेपाल, नेपाल उच्च माविका प्राचार्य गोपाल शर्मा आचार्य, टोल विकास संस्था वडा समन्वय समितिका संयोजक शीला अधिकारी, हाजिपुर टोल विकास संस्थाका अध्यक्ष शम्भुभक्त थपलिया, नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी, नेकपा–माओवादीका मानबहादुर बयलकोटीलगायतले बोल्नुभएको थियो । नारी जागरण केन्द्रकी अध्यक्ष विमला दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव रमा रेग्मीले कार्यक्रमको उद्देश्यका बारेका प्रकाश पारेका थिए ।
Discussion about this post