परासी । नवलपरासीमा भुमही–परासी सडकखण्डअन्तर्गत नवलपरासीको जमुवाडमा भएको जीप दुर्घटनामा घाइते भएका सातजनामध्ये एकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपका सहयोगी नवलपरासी सुनवल–३ का कविराम थापा छन् । उनको उपचारको क्रममा काठमाडाँैस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत माघ १५ गते भुमहीबाट परासी जाने क्रममा लु१ज २७५ नम्बरको जीप सडकमा पल्टिन पुग्दा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका अन्य सातजनामध्ये तीनको अहिले पनि भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसैबीच नवलपरासीको अरुणखोलामा घरबाट बेपत्ता भई एक्कासी बेवारिसे अवस्थामा भेटिएका युवकको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । अरुणखोला किनारमा भेटिएको नवलपरासीको प्र्रर्सौनी गाविस ९ बस्ने २७ वर्षीय सन्दिप गौतमको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको इलका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । गौतमको हत्या वा आत्महत्या के हो भन्नेबारे पोष्टमाटर्मको रिपोर्ट अनुसार अनुसन्धान भइरहेको र अहिल्यै केहि भन्न नसकिने प्रहरीको भनाइ छ ।
Discussion about this post