काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत चिकित्सकहरूले सामूहिक राजीनामा दिई आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प पारेका छन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिन नियुक्ति एवम् त्रिविवि पदाधिकारीलाई कारबाहीको माग राख्दै अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्राडा गोविन्द केसी माघ २५ गतेदेखि चौथोपटक आमरण अनशनमा बसिरहनुभएको छ । रासस
Discussion about this post