ADVERTISEMENT
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
११ माघ २०७७, आईतवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

विद्यार्थीले बनाए सोलारबाट चल्ने पानी जहाज

by चितवन पोष्ट
२०७० माघ २८, मंगलवार ०२:४८ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । उर्जा समस्या भोगिरहेको नेपाललाई राहत दिने काम गरेका छन् भरतपुरका दुई युवाले । गैंडाकोटको अक्सफोर्ड उच्च माविमा कक्षा ११ मा कम्युटर विज्ञान पढ्दै गरेका रिजन काफ्ले र निसान तिमिल्सिनाले सौर्य उर्जाले चल्ने पानी जहाज तयार गरेका छन् ।
भरतपुर नगरपालिका वडा नं. ६ र वडा नं. १४ घर भएका काफ्ले र तिमिल्सिनाले बनाएको नमुना जहाजको सोमबार भरतपुरमा प्रदर्शन गरियो । उनीहरुले तयार गरेको सो नमुना पानी जहाज काठमाडौंमा भएको विज्ञान प्रदर्शनीमा समेत उत्कृष्ट ठहरिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पुल्चोक इन्जिनियरिङ कलेजले माघ २३ र २४ गते काठमाडौंमा राष्ट्रव्यापी मेकानिकल एक्जिविसन आयोजना गरेको थियो । सोसाइटी अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्टले प्रदर्शनी आयोजना गरेको थियो ।
प्रदर्शनीमा काफ्ले र तिमिल्सिनाको अन्वेषण उत्कृष्ट ठहरिएको थियो । पहिलो भएर स्वर्ण पदक, शिल्ड र प्रमाणपत्र पाइसकेको उनीहरुको नमुना जहाज सोमबार भरतपुरको एक होटलको स्वीमिङ पुलमा पत्रकार सम्मेलन गरेर प्रदर्शन गरिएको थियो ।
‘व्याट्रीबाट चल्ने जहाज चलाउन सौर्य उर्जाको साहरा लिइएको छ । सोलारबाट व्याट्री चार्ज हुन्छ’ अन्वेषक काफ्लेले भने । जहाजको डिजाइन पानीमा अवरोधहरुलाई पार गर्न सक्ने खालको भएको उनले बताए ।
‘यसको तत्काल व्यवसायिक उत्पादन पनि सम्भव छ’ विद्यार्थी काफ्लेले भने । नेपालका नदी र तलाउहरुमा यसलाई चलाउन सकिने उनले बताए । पानीभन्दा तल भएको अवरोधहरु पनि हेर्न मिल्ने उपकरणहरु यो जहाजमा जडान गरेको उनले बताए ।
‘पानीभन्दा तलको भाग हेर्न सकिन्छ । यसका लागि वायरलेस क्यामरा जडान गरेका छौं’ काफ्लेले जानकारी दिए । यसो भएमा सैनिकहरुले उद्धार कार्यमा पनि यस्ता जहाज उपयोग गर्न सक्ने काफ्लेको भनाइ छ ।
‘यस्तो जहाजमा बसेर दायाँ बायाँ अगाडि–पछाडिमात्रै होइन, पानीभन्दा तलको अवस्था पनि जानकारी लिन सकिन्छ । जहाजको बाटोमा आउने व्यवधानहरु त थाहा हुने नै भयो कुनै दुर्घटनाका बेला उद्धार तथा खोजीमा सेनाहरुले यस्तो जहाज उपयोग गर्दा लाभदायिक हुनेछ’ काफ्लेले भने ।
नेपालमा तत्कालका लागि पर्यटकहरु राख्न यस्ता जहाज उपयोग हुन सक्ने विद्यार्थी तिमिल्सिनाको भनाइ छ । ‘अहिले नै धेरैजना मान्छे राखेर रफ्तारमा हिँडाउन त नसकिएला तर पर्यटकीय आकर्षणको जहाज बनाउन भने सकिन्छ’ अन्वेषकमध्येका तिमिल्सिनाले भने ।
सोर्य उर्जा र रिमोटबाट चल्ने नमुना पानी जहाज प्रदर्शन गरिदै ।

Related Posts

Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

Chitwan Post

सर्लाहीमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

Discussion about this post

अन‌ि यो पनि

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी
विश्व

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना...

Read more
Chitwan Post

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्कविहीन

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बिमा

Chitwan Post

सर्लाहीमा पेस्तोलसहित एक व्यक्ति पक्राउ

Chitwan Post

सिसी क्यामेराको ‘औचित्य’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In