भरतपुर । सिद्ध महायोग ध्यान साधना केन्द्र भरतपुरले कवर्ड हलमा सोमबारदेखि तीनदिने सिद्ध महायोग स्वास्थ्य ध्यान साधना शिविर सुरु गरेको छ ।
योग शिविरको १००८ श्री वैण्ण्ँव डा. कृष्णदासजी महाराजले उद्घाटन गर्नुभएको थियो । योग शिविरकी संयोजक सावित्री पाठक बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी तिलक पौडेल विशिष्ट अतिथि रहनुभएको थियो । उपसंयोजक भरत सापकोटाले स्वागत मन्तव्य राख्नुभयो ।
कार्यक्रममा पतञ्जली योगपीठ नेपालका पूर्वक्षेत्रीय प्रचारी कमलप्रसाद ओली, डा.यदुनाथ पोख्रेल, बागेश्वरी आध्यात्मिक परिषद्का शैलेन्द्र पिया, रामपुर क्याम्पस उपप्राध्यापक कल्याणी मिश्र, जिल्ला प्रशासन कार्यालय भरतपुरका कमल काफ्ले, ज्येष्ठ नागरिक समाज उपाध्यक्ष हेमा अर्याललगायतको उपस्थिती रहेको थियो शिविरमा योगगुरु डा.कृष्णदास महाराजले दिव्य कुण्डली शक्ति, महाशक्ति कुण्डली जागरणलगायतका विषयमा महायोग साधना दीक्षासमेत दिन हुने भएको छ ।
Discussion about this post