ADVERTISEMENT
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ फाल्गुन २०७७, शुक्रबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

प्रधानमन्त्री सुशील कोइरालाको जीवनी

by चितवन पोष्ट
२०७० माघ २८, मंगलवार ०२:३६ गते
in राजनीति
0
0
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ, २७ माघ । सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँग्रेसका सभापति सुशील कोइराला संघीय गणतान्त्रिक नेपालको छैटौँ प्रधानमन्त्रीमा चयन हुनुभएको छ । सन्त नेताको रुपमा परिचित ७४ वर्षीय कोइराला अविवाहित हुनुहुन्छ ।

राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइराला सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आइरहनुभएको छ । यही मार्गबाट हिँडेर आगामी एक वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जनतालाई दिने प्रण गर्नुभएको छ ।
बुबा बोधप्रसाद कोइराला र आमा कुमुदिनीदेवी कोइरालाबाट विसं १९९५ साउन २८ गते सिन्धुलीको दुम्जा गाउँ विकास समितिमा उहाँको जन्म भएको थियो । बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उहाँ २००७ सालको जहानियाँ राणा शासनको अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी हुनुभएको थियो ।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको सिङ्गो अगुवाइ गर्नुभएका नेपाली काँग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उहाँले नजिकबाट हेर्नुभएको थियो । यसपछि विसं २०१२ मा उहाँ नेकाको सदस्यता लिई पार्टीको काममा होमिनुभयो । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उहाँले पार्टी सदस्यता लिनुभएको थियो ।
विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उहाँ भारत निर्वासनका जानुभयो ।
“राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो” भन्ने कोइरालाले प्रवासबाटै राजा महेन्द्रले लागू गरेको पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लाग्नुभयो । पार्टीले तत्कालीनरुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उहाँले नेकाका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको साथमा रहेर काम गर्नुभयो ।
विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा उहाँ निर्वासनबाटै पक्राउ पर्नुभयो । पक्राउपछि उहाँलाई दिल्ली जेलमा राखिएको थियो । अत्यन्त क्रुर र अमानवीय रुपमा उहाँलाई जेलमा राखिएको हुँदा उहाँले जीवनको सबैभन्दा ठूलो दुःख त्यस समयमा भोग्नुपरेको थियो ।
छ वर्ष जेल जीवनपछि उहाँ रिहाइ हुनुभयो । रिहाइपछि जनमत सङ्ग्रहका समयमा उहाँ बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्कनुभयो । त्यसपछि उहाँ सभापति विश्वेश्वरप्रसाद कोइराला, नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लाग्नुभयो । जननायक बिपी कोइरालाको निधनपछि पार्टी कामका लागि उहाँ युरोपियन मुलुकमा खटिनुभयो ।
यस क्रममा उहाँ सोसलिस्ट इन्टनेसनलको उपाध्यक्ष समेत बन्नुभएको थियो । त्यसपछि उहाँ स्वदेश फर्किएर पञ्चायत व्यवस्थाका विरुद्धको आन्दोलनमा होमिनुभयो । विसं २०४६ को प्रथम जनआन्दोलनमा पनि उहाँको योगदान अतुलनीय थियो । त्यसपछि विसं २०४८ को संसदीय निर्वाचनमा उहाँ बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित हुनुभएको थियो । उसबेला उहाँलाई मन्त्री पदका लागि आग्रह गरिँदा उहाँले पदभन्दा पार्टीलाई माथि राखेर पार्टीकै काममा नै खटिनुभयो । उहाँले हालसम्म कुनै सार्वजनिक पद धारण गर्नुभएको छैन ।
विसं २०५६ मा सम्पन्न संसदीय निर्वाचनमा उहाँ पुनः सोही क्षेत्रबाट सांसदमा निर्वाचित हुनुभयो । विसं २०६२–६३ को जनआन्दोलनमा उहाँले अहम् भूमिका निर्वाह गर्नुभएको थियो ।
विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उहाँ बाँकेबाट पराजित हुनुभयो । त्यसपछि विसं २०७० मङ्सिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उहाँ बाँके र चितवनबाट सभासद्मा विजयी हुनुभएको छ । त्यसपछि पार्टीको संसदीय निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै संसदीय दलको नेता बन्नुभएको छ ।
    पार्टी यात्रा
विसं २०१२ मा नेकाको पार्टी सदस्य लिनुभएका नेता कोइराला २०३५ सालमा पार्टीको केन्द्रीय सदस्यका बन्नुभएको थियो । पार्टीभित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि हुनुहुन्छ ।
सारभूत कुरा मात्र बोल्ने र बोलेका कुरा व्यवहारमा लागू समेत गर्ने नेताका रुपमा उहाँ परिचित हुनुहुन्छ । त्यसपछि उहाँ पार्टीको महामन्त्रीका रुपमा काम गर्नुभयो । उपसभापति र कार्यवाहक सभापति हुँदै पार्टीको १२ आँै महाधिवेशनबाट उहाँ पार्टीको सभापतिमा निर्वाचित हुनुभयो ।
    सम्पादक कोइराला
नेता कोइरालाले कुशल पत्रकारको रुपमा काम गर्नुभएको थियो । पार्टीको मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादक समेत हुनुहुन्थ्यो । प्रजातान्त्रिक समाजवादका बारेमा उहाँले लेख्नुभएका रचनाले पार्टीलाई नयाँ उचाइ पु¥याएको छ । उहाँका रचना पार्टीका तत्कालीन शीर्ष नेताहरू विश्वेश्वरप्रसाद कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले समेत अध्ययन गर्नुभएको थिए ।
    भ्रमण
कोइरालाले बेलायत, अमेरिका, फ्रान्स, चीन, भारतलगायत युरोपियन मुलुक भ्रमण गर्नुभएको छ । रासस

Related Posts

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

वैज्ञानिक समाजवादी युवा लिगको राष्ट्रिय भेला चितवनमा

ओलीको रक्षा गर्ने बेला आयो : सुरेन्द्र पाण्डे

ओलीको रक्षा गर्ने बेला आयो : सुरेन्द्र पाण्डे

Discussion about this post

अन‌ि यो पनि

एकैदिन २५ जना फरार अभियुक्त पक्राउ
प्रमुख समाचार

गैँडाको खाग तस्करी गरेको आरोपमा पक्राउ

काठमाडौँ । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान...

Read more
प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा

नेकपा आधिकारिताको फैसला फागुन २० मा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

चितवन भेटेरान कप : सेमीफाइनल खेलको समीकरण पूरा

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

सहपुरका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In