गीतानगर । गीतानगर–६ केशरवागमा रहेको नवयुग ईं स्कुलले दोस्रो वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध सांस्कृतिक कार्यक्रम गरी मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबन्धु पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि प्याव्सन चितवनका पूर्वअध्यक्ष तथा सल्लाहकार लेखनाथ खनाल रहनुभएको थियो । उहाँले विद्यालयले छोटो समयमा धेरै नै फड्को मारेको बताउनुभयो ।
विद्यालयका कोर्डिनेटर राजबहादुर भुजेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै छिटै प्लस टुको अवधारणा ल्याउने बताउनुभयो । विद्यालयका शिक्षक विपीनचन्द्र सुवेदीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा विद्यालयमा योगदान पु¥याउने सफल व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजसेवी बोधराज पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण पाठक, असल अभिभावक श्याम भुजेल, सल्लाहकार संयोजक लेखनाथ बसेललगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्नेहरुले विद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।
वार्षिकोत्सव समारोहमा २०६९ सालमा एसएलसीमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालयका प्राचार्य नेत्रप्रसाद भण्डारीले लेखन तथा निर्देशन गरेको ‘दाइजो दिन्न’ शीर्षकको नाटकले अभिभावकहरुको मन जितेको थियो । विद्यार्थीहरुले लोक संस्कृतिमा आधारित गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए ।
Discussion about this post