औद्योगिक महोत्सवको तयारी अन्तिममा

अन‌ि यो पनि

भरतपुर । चितवन उद्योग संघको आयोजनामा यही फागुन १ गतेदेखि ८ गतेसम्म हुन लागेको तेस्रो राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी ९० प्रतिशत सकिएको छ । आइतबार बसेको स्टेरिङ कमिटीको बैठकमा सबै समितिका संयोजकहरुले आ–आफ्नो प्रगति प्रतिवेदन पेश गरेपछि करिव ९० प्रतिशत काम सम्पन्न भएको प्रचारप्रसार समितिका संयोजक राजु पौडेलले जानकारी दिनुभयो । यसैबीच प्रदर्शनी सफल बनाउन चितवनका राजनीतिक दलहरुले प्रतिबद्वता जनाएका छन् ।
राजनीतिक दलहरुले प्रदर्शनी उद्योग संघको मात्र नभई सबैको साझा मेला भएकोले सफल बनाउन भरपुर सहयोग गर्ने प्रतिबद्वता जनाएको उद्योग संघका अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसका सचिव सुनिल श्रेष्ठ, नेकपा एमालेका जगन्नाथ थपलिया, एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक घनश्याम दाहाल ‘अविनास’, राप्रपाका जिल्ला अध्यक्ष रामहरि कँडेल, नेकपा–माओवादीका मोतिराम ढुंगाना, उद्योग संघका पूर्वअध्यक्ष हरिप्रसाद सुवेदी, खिमलाल भण्डारी, सल्लाहकार नारायणसिंह कुँवर, सोमराज मरहठ्ठा, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शिवदत्त भट्ट, प्रचार–प्रसार समितिका संयोजक राजु पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

मुख्य समाचार

पहिरोले पुरिएका डोजर चालकको शव सदरमुकाम ल्याइयो

धादिङ, ६ असार । धादिङको रुबिभ्याली गाउँपालिकाको तिप्लिङ स्थित अताखोलामा पहिरोले पुरिएर ज्यान गुमाएका  सिन्धुपाल्चोकका राजु पराजुलीको शव हेलिकप्टर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया