कुमरोज । कुमरोज गाविसमा किसानले पालेका गाईवस्तुमा खोरेत रोगको समस्या देखिएपछि खोरेत विरूद्धको भ्याक्सिन दिइएको छ । खोरेत लागेर गाईवस्तु मर्न थालेपछि कुमरोज भेटेरीनरी सेवाले अभियान नै संचालन गरेर गाईवस्तुलाई भ्याक्सिन लगाएको हो ।
विगत दुई महिनादेखि कुमरोज गाविसमामात्रै खोरेतका कारण १४ वटा गाई र बाच्छी मरिसकेका छन् ।
सेवा केन्द्रले एक हप्तादेखि सुरू गरेको खोरेतविरूद्धको भ्याक्सिन अभियान आइतबार सम्पन्न गरेको छ । एक हप्ताभित्र गाविसका सम्पूर्ण वडामा रहेका किसानका गाईवस्तुलाई निःशुल्क भ्याक्सिन लगाइएको कुमरोज भेटेरिनरी सेवाका व्यवस्थापक दीपक प्रसार्इंले जानकारी दिनुभयो । सहकारी संस्था कुमरोजका अध्यक्ष तेजप्रसाद बर्तौलाको प्रमुख आतिथ्यतामा भएको थियो ।
Discussion about this post