भरतपुर । ज्ञानेश्वर युवा समाज मंगलपुर र ब्ल्याक रोज ग्रुपको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजका संयोजक युगदर्शन चापागाईको सभापतित्व एवम् मगलपुर गाविस सचिव वुद्धिपूसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा १२ महिलासहित ४१ जनाले रक्तदान गरेका थिए ।
रेडक्रस चितवनका उपसभापति विजयराज भुसालको विशिष्ठ आतिथ्य रहेको कार्यक्रममा मंगलपुर उपशाखा सभापति भरत अधिकारी, बद्रिप्रसाद चापागार्इं, श्रीराम घिमिरे, त्रिलोचन कँडेल, देवी आचार्य, केशव पाण्डे, आशबहादुर गुरूङ, नारायण अधिकारी, सुरवीर पोखरेललगायतले समाजले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
Discussion about this post