ADVERTISEMENT
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१७ फाल्गुन २०७७, सोमबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

नवलपरासीलाई पहिलो खोपयुक्त जिल्ला बनाइने

by चितवन पोष्ट
२०७० माघ २६, आईतवार ०२:३४ गते
in समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

गैंडाकोट पूर्ण खोपयुक्त गाविस  [divider]
-विधुर ढकाल
गैँडाकोट । नवलपरासी जिल्लालाई पहिलो पूर्ण खोपयुक्त जिल्लाको रुपमा विकास गर्ने उद्देश्य जिल्लाका सरोकारवाला निकायहरु लागि परेका छन् । हरेक बालबालिकालाई खोप प्रदान गरी सबैको पहँुचमा खोप पु¥याएर घोषणा गरिने पूर्ण खोपयुक्त जिल्लाका लागि ५५ वटा गाविसहरुलाई पूर्ण खोपयुक्त गाविसको रूपमा घोषणा गरिसकिएको छ ।
नेपालभर १६ जिल्लाका १४५ गाविसलाई पूर्ण खोपयुक्त गाविसको रुपमा घोषणा गरिएकोमा नवलपरासीका मात्र ५५ गाविसलाई पूर्ण खोपयुक्त गाविसको रुपमा घोषणा गरिएको छ । जिल्लामा ७२ वटा गाविस र एक नगरपालिका रहेका छन् ।
यही क्रममा शनिबार मात्रै जिल्लाको गैंडाकोट आदर्श गाविसलाई पूर्ण खोपयुक्त गाविसको रुपमा घोषणा गरिएको छ । गाविसमा आयोजित घोषणा सभामा बोल्दै नवलपरासीका स्थानीय विकास अधिकारी रामुराज कडेरियाले जिल्लालाई यही चैतभित्र पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गर्ने तयारी भइरहेको बताए ।
गंैडाकोट गाविसलाई पूर्ण खोपयुक्त गाविसको रुपमा घोषणा गर्नको लागि गैँडाकोट उपस्वास्थ्य चौकी गैँडाकोटबाट आर्थिक वर्ष २०६८÷०६९ मा बीसीजी खोप ५८१ जनाले लिएका थिए । त्यस्तै, १६ जनाले भरतपुर अस्पतालबाट यो सेवा लिएका थिए ।
त्यस्तै, डीपीटी हेपवी हिप–१ सोही गाविसका ६१० र बाहिरबाट आएका १६, डीपीटी हेपवी हिप–२ सोही गाविसका ५९८ र बाहिरबाट आएका ४, डीपीटी हेपवी हिप–३ सोही गाविसका ६०३ बाहिरबाट आएका ९ जनाले लिएका थिए । त्यस्तै, दादुराको खोप सोही गाविसका ६६२ र बाहिरबाट आएका २८ जनाले लगाएको उप–स्वास्थ्य चौकीका प्रमुख नारायण सापकोटाले जानकारी दिए । त्यस्तै ५८० जना गर्भवती महिलाले टीटी खोप लिएको उनले बताए ।
करिब ४५ हजार जनसंख्या भएको गैँडाकोटका एक वर्षमुनिका बालबालिका ५९४, दुई वर्षमुनिका एक हजार २५५ गर्भवती महिला ६९० र १५ देखि ४५ वर्ष उमेर समूहका महिला आठ हजार ५८७ रहेका छन् । उनीहरु सबैले खोप लगाएको बताइएको छ ।
यसैबीच कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सुगम गाविस भइकन पनि स्वास्थ्य क्षेत्रमा सरकारबाट गैँडाकोट उपस्थित भएको गुनासो गरेका छन् । उनीहरुले जनघनत्वको अवस्थालाई हेर्दा गैँडाकोटमा स्वास्थ्य चौकी वा प्राथमिक उपचार केन्द्र हुनुपर्नेमा उपस्वास्थ्यचौकीको भरमा यहाँका बासिन्दा रहेको बताए ।
कार्यक्रमका अध्यक्षसमेत रहेको गैँडाकोट गाविस सचिव गोविन्द सिग्देलले गाविसमा १५ वेड क्षमताको अस्पताल स्थापनाको लागि गाविसले जग्गा दिने बताउँदै जिविस तथा जनस्वास्थ्य कार्यालयलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी कडरियाले गैँडाकोट उपस्वास्थ्य चौकीको भवन बनाउन र त्यसलाई १५ शैया क्षमताको अस्पतालको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बताए ।
त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मुकुन्दराज गौतमले गैंडाकोट उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नतिको लागि नीतिगत अवरोध नभएको बताउँदै प्रक्रियालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्ण खोपयुक्त गाविस घोषणा कार्यक्रममा सहयोग पु¥याउने १२ जना स्वयम्सेविकालाई प्रोत्साहनस्वरुप एक–एक वटा साइकल र प्रशंसापत्र प्रदान गरिएको थियो ।
घोषणा सभाअघि गैँडाकोटको थुम्सी र भृकुटीचोकबाट विभिन्न संघ सँस्था, विद्यार्थीलगायतको सक्रियतामा बाजागाजा र झाँकीसहित निस्किएका छुट्टाछुट्टै ¥याली सभास्थल पुगेका थिए ।

विषयमा ज्ञान नभएका वक्ता !

गैँडाकोट । गैँडाकोट आदर्श गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा कार्यक्रममा त्यहाँका राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे । उनीहरुले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा यस्तो लेखिएको थियो, ‘पूर्ण खोपयुक्त गाविस घोषणा’ तर अचम्म के भने तीन राजनीतिक दलका प्रतिनिधिहरु अधिकाशंले यसैलाई उल्टो अर्थ आउने गरी मञ्चबाट भाषण गरे ।
आफँैले आफँैलाईसमेत बधाई दिन भ्याएका उनीहरुले ‘पूर्ण खोपमुक्त गाविस’ भन्दै ठीक विपरीत अर्थ निक्लने भाषण गरेका थिए । सानादेखि ठूलासम्म राजनीतिक दलका करिब १० प्रतिनिधिहरु मञ्चमा उक्लिए, तर कसैले शुद्धरुपमा यसलाई बोल्न सकेनन् । यसरी कार्यक्रम आयोजकले मञ्चमा बोल्नको लागि वक्ता चयन गर्दा त्यसलाई सार्थक दिने खालका वक्ता चयन नगरी राजनीतिक भाग पु¥याउँदा कार्यक्रमलाई नै खल्लो बनायो ।
[divider]प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्दै स्थानीय प्रतिनिधि । फोटोः प्रमिला अधिकारी ।

Related Posts

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

Discussion about this post

अन‌ि यो पनि

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार
अर्थ

फेसबुक कम्प्युटर सप्लायर्सद्वारा पर्सामा शाखा विस्तार

खैरहनी । चितवनको नारायणगढबाट सेवा प्रदान गर्दै आइरहेको फेसबुक कम्प्युटर सप्लायर्सले जिल्लाको पर्सामा शाखा विस्तार गरेको छ । दोस्रो शाखाको...

Read more
निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

निलगाईको आक्रमणबाट एक जनाको मृत्यु

Chitwan Post

डोजरले फालेको माटाले पुरेर मृत्यु

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

सामाजिक क्षेत्रमा लामिछानेको लगाव : विपन्नको शिक्षादेखि उपचारसम्म सहयोग

आहार र बासस्थान अभावले गैँडा भारत जाने जोखिम

निकुञ्जका गैँडा बासस्थान खोज्दै पश्चिमतर्फ

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रदेश
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In